Part 56

बिहान निन्द्रा खुल्यो| उठ्ने बित्तिकै, घडी हेर्छु, भर्खर 4:३० भएको छ| निकै चाडो निन्द्रा खुल्यो आज| मनमा हलचल छ, मन उदास छ, मन अत्तालिएको छ, मन निराश छ, मनमा धेरै प्रश्न छन्, निन्द्रा चाडै नखुलोस पनि किन| सुबोध भोलि जान्छ, अनि म यहाँ एक्लै हुन्छु| यो ओछ्यानमा एक्लै हुन्छु| यो कोठामा एक्लै हुन्छु| यो घरमा एक्लै हुन्छु| जीवनमा एक्लै हुन्छु| मसंग हुन्छ त केवल, यो एक्लोपन अनि मनका यी प्रश्नहरु| भोलि देखि मलाई कसैले अंगाल्ने छैन, कसैले चुम्ने छैन, कसैले मेरो हात समाउने छैन, कोहि मेरो गनगन सुन्दै रात भरि बस्ने छैन, कोहि मेरो पाइलासंग पाइला मिलाउदै हिड्ने छैन, कसैले एक टक भएर मलाई हेर्ने छैन| हत्तेरी, म के भएको| सुबोध सधैको लागि जान लागेको हो र! किन यसै अत्तालिन्छ मेरो मन| आजको दिन बाकि छ| म यसलाई खास बनाउन सक्छु| आज चाही एक पल पनि रिसाउन्न अनि चिदिन्न पनि|

सुबोध निदाएको छ| मस्त निन्द्रामा छ| मन हर्ने रुप देख्दै छु उसको| उसलाई एक टक भएर हेर्न लागे| उसको अनुहार नियाल्न लागे| उसको दाया पलकमा सानो दाग छ, केहिले कात्तिएको जस्तो| उसको दाया र बाया आखि भौं झन्डै झन्डै जोडिएका छन्| एक औलाको एक दार पनि छैन उसको दुइ आखि भौं बीच| उसको दारी बाकि तर जुँगा पातलो रैछ| फेरी बाया पट्टिको जुँगामा भन्दा दाया पट्टिको जुँगामा रौ कम जस्तो लाग्यो| भाग्यमानिको निधार ठुलो हुन्छन भन्छन, उसको पनि निधार ठुलो छ| उसको केहि कपाल खैरो रैछन| उ सुत्दा पनि थोरै मुस्कुराउदै छ जस्तो देखिन्छ| उ अहिले मेरो लागि किताब भएको छ, उसको अनुहार पढ्दै छु| सुबोधमा यसरि हराएछु, ५:३० भइसकेछ| सुबोधलाइ बिउझाउनु उचित लागेन|

सुबोधलाइ प्यान केक मन पर्छ| उ विउझिदा, कफी र प्यान केक तैयार गर्न लागे म| कफी सकिएको रैछ| होटेल नजिकै छ, कफी लिएर आए| कफी, प्यान केक, ससेज तैयार पारे| बेडरुम पुगे, सुबोध अझै पनि निदाएको छ| गएर उसलाई अँगालोमा हालेर म पनि उसंगै पल्टिए| उसको हातले पनि आफुलाई अँगालो हाले| अरु दिन भन्दा भिन्न छ आज उसको अँगालोको न्यानोपन| अनन्त माया छ उसको अँगालोमा| यहि अंगालोमा, यसरि नै, पुरा जीवन बिताउन सक्छु| सुबोध बिउझियो, अनि मलाई हेर्दै मुस्कुरायो| मेरो अनुहारमा आज माया अनि निरास्ता दुवै छ, उसले पक्कै पनि देखेको हुनुपर्छ| उसले मलाई चुम्यो र हामि फेरी आखा चिम्ली अँगालोमा कसियौ| दुवै फेरी निदायौ र निन्द्रा खुल्दा आठ बजेको छ| 

प्यान केक, ससेज अनि कफी. सबै हिउ जस्तै चिसो भइसकेका छन्| फेरी पनि तताउनु पर्ने भयो| मैले पकाए, सुबोधले तताउदै छ| एउटा प्यान केकबाट, उसले र मैले पालै पिलो खादै छौ| प्यान केकको स्वाद मिठो हो कि उसको ओठको स्पर्शले यसलाई मिठो बनाइदियो, निकै स्वादिस्त छ| प्यान केक संगै उसको औला पनि बिस्तारै टोकीदिए| दुवै चल्न लागेउ, दुवै एक अर्कासंग खेल्न लागेउ| भान्साबाट ओछ्यानमा पुगियो तर मलाई पत्तो छैन| एक अर्कालाइ बहुला जसरि चुम्न लागेउ अनि यत्तिकैमा होटेलबाट फोन आयो|

“आज होटेल नजान मिल्दैन?” मैले फोन राखेको अर्को पलमा नै सुबोधले आफ्नो मनको चाहना म सामु राख्यो| उसले नभनेको भए पनि म होटेल जादिन थिए| आजको दिन उसंग नै समय बिताउन मन छ| हरेक पल उसलाई अँगालोमा कसेर, उसलाई मन भित्र राख्न मन छ| मलाई जे मन छ, उसलाई पनि त्यहि अँ छ| उसलाई पनि मसंग समय बिताउन मन छ| खुसि हुने थप एक कारण भेटे मैले|
“जान्न तर मैले भनेको मान्ने भए| किन? के? कसो? केहि सोध्न पाउदैनौ|” सुबोधको सामु केहि शर्त राखे| शर्त राख्नुको उदेश्य एक मात्र छ, उसलाई आफूबाट एक पलको लागि पनि पर हुन दिनु छैन| 

“जे भन मान्छु| मर भनेउ भने पनि मरिदिन्छु|” सुबोधको सहमति जनाउने तरिका निकै भिन्न छ| उसको शब्दले म अत्तालिए पनि, के भनेको उसले यस्तो?

म: “थु थु भन| यस्तो कुरा बोल्नु हुन्न| मर्ने कुरा गरेउ भने, म आफै तिमिलाइ मारीदिन्छु||” 

सुबोध: “ यस्तो कुरा बोल्नु हुन्न भनेर आफै बोल्ने? तिमीले अघि के भन्दै थियौ भन|”
म: “आज तिमि दिउसो भरि मसंग हुनुपर्छ| लेख्न पनि पाउन्नौ|”
सुबोध: “जाबो यति| तिमीले नभनेको भए पनि, म आज तिमिसंग नै बिताउछु भनेर बसेको हो|”
म: “अनि अझै एउटा कुरा छ| काठमान्डौ पुग्ने बित्तिकै मलाई फोन गर्नु पर्छ|”

सुबोध: “काठमाण्डौ पुगेकै दिन भन्दिन| भोलिपल्ट चाही गर्छु| मोबाइल छैन मसंग, मोबाइल पनि किन्नु छ त्यहाँ गएर| एक दिन म बिना बस्नु पर्छ तिमि|”

सुबोधले यति भन्दा मैले हुन्छ भन्नु नै पर्यो| कसरि नस्विकार्नु मैले उसको शब्द, जब उसले दिएको कारण जायज छन्| ११ बजे हाइ दुवै तैयार भयौ| भाउजुलाइ भेट्न गयौ दुवै| भाउजुले कति ख्याल राख्ने दुबैको| सुबोध काठमाण्डौ जादैछ भनेको थिए मैले भाउजुलाइ, भाउजुले उसको लागि उपहार पनि तैयार पार्नु भएको रैछ| मेरो र उसको फोटो भएको फोटो फ्रेम| शान्तमा एक अर्कामा डुब्न मन छ, बेलुकाको ५ बजे सम्म हामि शान्ति स्तुपामा नै बसेउ| समय बित्दै जान्छ अनि उ झन् प्यारो लाग्दै जान्छ| मन झनै एक्लिन्छ अनि झनै निराश बनिदिन्छ| आफु निराश भए पनि, सुबोधलाइ यो कुराको पत्तो हुन् दिन मैले| स्तुपाबाट फर्किदा, लेक साइडमा उसको मनपर्ने ठाउमा कफी खाने योजना छ| मैले अरु केहि पनि सोचेको छु| आफु कार पार्क गर्ने समय सम्म उसलाई एटि.ए.एमबाट पैसा झिक भने| अनि कार पार्क गर्ने बहानाले म केहि अगाडी बढे| मसंग धेरै समय छैन| जम्म ५ मिनेट| नत्र उ एक्लो हुन्छ, अनि उ अत्तालिन्छ पनि| उसको लागि एउटा मोबाइल किने अनि हत्तारमा नै फर्किए पनि| उ मलाई पर्खिएर बसेको छ|

सुबोध: “कति समय लगाएको?”

म: “तिम्रो बाजे, कहिँ ठाउ नै नपाउने| बल्ल बल्ल पार्क गरे|”

 कफी पछी हामि हाम्रै होटेल पुगेउ| मैले उसलाई अहिले सम्म पनि मोबाइल दिएको छैन| बेलुका दिन्छु भनि सोचेको छु| बेलुका जब कोहि हुन्न, म अनि उ मात्र|  बिहान होटेलबाट फोन आएको थियो नि मलाई, केकको बारे सोध्न| मैले सुबोधको लागि केक तैयार बनाउन लगाएको छु| होटेलमा धेरै मान्छे बीच केक काटियो, उ खुसि, उ संगै म पनि खुसि| उ रक्सी पिउन लाग्यो| मैले भने आज नपिउने निर्णय गरे| रक्सि निकै अचम्मको झोल हो, खुसिलाइ दोब्बर गर्दिन्छ अनि दुखलाई पनि| म खुसि देखिन खोज्दै छु तर खुसि छैन म| निराश छु, अनि यदि मैले आज रक्सिको एक चुस्की पनि लिए भने, म रुने छु| रुदै सुबोधलाइ बिदा गर्नु छैन| अनि म रोए भने उसलाई नराम्रो लाग्नेछ| 

घर पुग्दा १0 बजेको छ| सुबोधलाइ अझै होटेलमा रमाउन मन थियो तर मलाई उसंग समय बिताउन| उसलाई मन नभएपनि मैले जिद्दी गरेर उसलाई घर ल्याएको हो| घर पुगे बित्तिकै उसलाई मोबाइल दिए| उ खुसि हुन्छ सोचेको थिए| उ खुसि भयो तर मैले सोचे जति खुसि देखिन उसको चेहेरामा| उसलाई मोबाइल मन नपरेको हुनुपर्छ या मैले उसलाई मोबाइल दिएको| एकछिन गफ, एकछिन अन्गालाको न्यानोपन, अनि म फ्रेश हुन वासरुम गए| फर्किदा उ निदाईसकेको छ| उ निदाउछ भन्ने अनुमान मैले पहिले नै गरिसकेको थिए| उ नशामा मग्न थियो, अरु दिन भन्दा धेरै पिएको थियो| बिहान ९ बजेको फ्लाइट छ, ८ बजे सम्म एयरपोर्ट पुग्नु पर्छ उसले| 7 बजेको अलार्म लगाए र म उसको अँगालोमा निदाए|

बिहान आखा खुल्यो| ९ बजेको छ, मैले अरार्म बजेको चाल पाइन| म यस्तो लापरबाह कसरि हुन सक्छु, सुबोध जाने दिनमा मलाई आफ्नो निन्द्राको ख्याल किन रहेन| सुबोधलाइ भेट्न पनि पाइन| उ गइसक्यो|

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts