Part 57

एक एक गरि कपडा अघिनै खुली सकेका थिए,बाकि थियो त मात्र उहाको मायाको तीरले मेरो शरीर छेड्न|यसको लागि पनि उहा तैयार हुनु भयोर बाकि बाकि थियो त केवल उहाले तिर आफ्नु बाणबाट छोड्न तर पछी हट्नु भयो| उहाको मनमा अचानक के आयो थाहाछैन, तर जे आयो त्यसले अहिले हामि बीच रहेको बातावरणबाट माया खोस्ने खोज्दै थियो| अघि सम्म हामि माथि माया हाबी थियो,म माथि त्यो माया अहिले पनि हाबी नै छ तर उहा माथि केहि अरु कुरा हाबी हुन पुग्यो| अघि सम्म केहि नसोची कैयौ पाइला हामीले संगै चालेउ,अहिले भने उहा घोरिएर मेरो छेउमा बस्नु भएको छ| मैले आफ्नु हात उहाको छाति माथि लगेर औलाले चित्र कोरेको झैँ गर्दै,उहाको ओठ चुम्न खोजेर तर उहाले आफ्नु एउटा हातले मेरो अनुहार पर पार्दै आफ्नु पनि केहि पर जानु भयो|
“के भयो हजुरलाइ?के सोच्नु भएको?” उहाको दिमागमा आखिर के कुरा चल्दै छ, जसले हामि दुबैलाइ रोकिदियो अघि बढ्नबाट,मलाई पनि जान्न मन लाग्यो|
“केहि हैन?म जान्छु आफ्नु कोठामा|” हामि एक हुनलाइ मात्र केहि पल पर थिएउ,तर अहिले आएर उहाले अलग्गिएर आफ्नु कोठा जाने कुरा गर्दा मेरो मनमा पनि धेरै पकुराहरु खेल्न लागे|
“केहि हैन भने किन अचानक हजुरको व्यवहार फेरियो?” उहाले आफै केहि भन्नु हुन्न थाहाछ,सबै कुरा मैले नै सोध्नु पर्छ,र त्यहि गर्न लागे|
”सबै प्रश्नको जवाफ हुदैन|” उहाको यस्तो जवाफ सुन्दा मन चसक्क भएर आउछ,मैले बुझ्दिन भनेर उहाले नभन्न खोज्नु भएको कि मलाइ त्यस लायक नै सम्झिनु हुन्न|
“खोजे भगवान भेटिन्छन,मेरो प्रश्नको उत्तर कसो नभेटिएला|” म मान्छे जिद्दी हो,आज उहाले मेरो जिद्दीपन देख्नु हुन्छ,देख्नु त पहिले पनि देखिसक्नु भएको छ तर आज अलि बेसी नै जिद्दी हुदैछु म|
“त्यसो भए पहिले भगवान खोज ,अनि त्यहि भगवानसंग जवाफ माग|” म जति जिद्दी हुदै थिए,उहाको जवाफ त्यति रुखो|
“मैले भगवान भेटिसके,मेरो भगवान हजुर हो,अब बाकि छ त केवल जवाफ भेट्न,त्यो पनि हजुरसंगै छ|” उहालाई उहाको पारामै जवाफ फर्काए|
“मलाई भगवानको दर्जा नदे,म त्यति काबिल छैन कि कसैको भगवान बन्न सकु|” रुखो जवाफको आश थियो मलाई तर उहाको जवाफ निकै फरक आयो|
“त्यो दर्जा दिनु अघि सोच्नु पर्थियो होला सायद मैले, अब सोचेर केहि फाइदा छैन|”
“अहिले जमानामा भगवान बदल्न पनि मिल्छ, सच्या आफ्नु गल्तीलाई|”
“हजुरलाई लाग्छ म त्यति स्वार्थि छु जसले भगवान फेर्न सक्छ|”
“यहाँ कुरा स्वार्थको हैन, ठिक र बेठिकको हो|”
“कुरा ठिक बेठिकको हैन,कुरा मनको हो|”
“मन र माया,यसको कुरा नगर,पहिले नै मरिसके यी मेरा लागि|”
“मन अनि माया अजम्बरी हुनछन,झरेर जान्छन अनि फेरी पलाउछन्,तर मरेर कहिले जादैनन्|”
“म मरुभुमी हो,यहाँ फेरी केहि पलाउछ भनेर आश गर्नु बेकार हो|”
“बिस्वास भए मरुभुमीमा पनि पुष्पको बगैचा उम्रिन्छ|”
“फुलको क्षनिक सुन्दरता पनि भयानक लाग्न लाग्छ जब त्यस भित्र लुकेका काडाले दिएको दाग हरपल आखा अगाडी हुन्छ|”
“हेर्ने नजरमा फरक पर्छ,के थाहा त्यो दाग नभएर जीवनको नया चित्र हो कि|”
“पहिले नै चित्र बनिसक्यो भनेर बुझिस् त,पुरानो चित्र माथि नया चित्र बनाउनु असम्भब छ|”
“मलाई चित्र नया बनाउनु छैन,अहिलेकै चित्र भित्र के छ बुझ्नु छ|”
“यो चित्रको भित्र एउटा गिध्ध छ जसले मलाई लुछ्दै छ, किन जानी जानी आफ्नु पनि यो पिडामा मुछ्छिन खोज्दै छस्|
“मैले भने नि,केहि कुरा गर्नु अघि सोच्नु पर्छ,गरिसकेपछी हैन,हजुरलाई माया गर्न थालिसके,अब सोचेर केहि हुन्न|”
“मैले भने नि,जे गर तर मलाई माया नगर,म निको मान्छे हैन तेरो लागि| किन जानी जानी दुख रोज्दै छस्|”
“मैले रोजेको हजुरलाई हो, हजुर संग जे आउछ त्यो सबै स्वीकार छ मलाई|”
मलाई थाहाछ,उहासंग बोल्न लागे भने उहाले कहिले पनि जित्न दिनु हुन्न| त्यसैले आफ्नु वाक्य सकिने बित्तिकै आफ्नु ओठ लगेर उहाको ओठमा जोडिदिए र उहालाई अंगालोमा हाले| फेरी सुरु भयो हाम्रो यात्रा,जुन अघि बिचमा रोकिएको थियो| मेरो जीवनको खालि क्यानभासमा उहाले रंग भर्दै जानु भयो र हामि फेरी पनि एक भयौ,मन बाट अनि शरीरबाट पनि,अनि बन्यो एउटा नया चित्र हाम्रो मायाको|

Previous article
Next article

Latest Posts