Part 58

मलाई थाहाछ,उहासंग बोल्न लागे भने उहाले कहिले पनि जित्न दिनु हुन्न| त्यसैले आफ्नु वाक्य सकिने बित्तिकै आफ्नु ओठ लगेर उहाको ओठमा जोडिदिए र उहालाई अंगालोमा हाले| फेरी सुरु भयो हाम्रो यात्रा,जुन अघि बिचमा रोकिएको थियो| मेरो जीवनको खालि क्यानभासमा उहाले रंग भर्दै जानु भयो र हामि फेरी पनि एक भयौ,मन बाट अनि शरीरबाट पनि,अनि बन्यो एउटा नया चित्र हाम्रो मायाको|

हामि एक हुनु अघिको एक एक पल दुरुस्तै छापिएर बसेको छ मेरो मस्तिस्कमा तर जब हामि एक हुन लागेउ,त्यो पलको कुनै सम्झना छैन छ त केवल महसुस| बिहान उठ्ने बित्तिकै सबै भन्दा पहिले मैले के गरे थाहाछ? हिजो बिस्वाससंग बिताएको एक एक पल फेरी महसुस गर्दै छु र फेरी त्यो पलहरु बाच्दै छु| म उठ्दा मेरो छेउमा बिस्वास हुनु हुन्थिएन,सायद चुरोट र कफीको लागि मुनि जानु भएको होला,म पनि रिसेप्सन तिर लागे,उहालाई भेट्ने आशमा| सुरुमा देखे शोभालाई,उसलाई देख्दा खुसि लाग्यो,सन्चो भएछ उसलाई,उसकै छेउमा संजोक थियो| अरु सबैलाई देखे तर मनभित्र रहेको मान्छेलाइ आफु सामु देखिन, मेरा आखाहरू अब ब्यस्त भए बिस्वासलाई खोज्न, तर असमर्थ रहे यी मेरा आखाहरू| शोभालाई थाहा छ कि बिस्वास कहा हुनुहुन्छ भनि सोध्यो मलाई यो मनले, मनले मलाइ जे सोध्यो अब त्यहि कुरा मैले शोभालाई सोध्नु पर्ने छ| म शोभा छेउ मै गएर बसे यो कुरा सोध्न,संजोक चाही फ्रेस हुन्छु भन्दै हिड्यो|

“बिस्वासलाइ अझै कोठामा नै हो?” मैले जे कुरा शोभालाई सोध्न लागेकी थिए,शोभाले उल्टै त्यहि प्रश्न अलि भिन्न पारामा सोधी मलाई|

“खै म पनि उहालाई खोज्दै छु,बिहान म उठ्दा हुनहुन्थिएन मेरो कोठामा|” भन्न नहुने कुरा बोल्यो यो मुखले, त्यो पनि शोभाको अघि,अब उसले जिस्काएर मलाई हत्तु बनाउछे|

“तेरो कोठामा?तिमिहरु……..?” उसलाइ बिचमै रोके र उसलाई पुरा कुरा भन्न नदि आफैले केहि भने|

“त्यस्तो केहि नसोच,हिजो म झ्याप भएर उहाको कोठामा निदाएको छु र उहा मेरो कोठामा सुत्नु भएछ|” शोभाले मेरो यो कुरा पत्याउदिन थाहाछ तर कोशिस गर्न पछी परिन म|

“निदाएको हो कि निदाउन नसकेको,ह्म्म्म्म|” मलाइ थाहाथियो,शोभाले अब उसले जानेको र उसलाई मज्जा आउने काम गर्छे,मलाई जिस्काउने काम|

“चुप,बिस्वास आउनु भयो,उता हेर पछाडी|” धन्न बेलैमा बिस्वास आउनु भयो र शोभाले अरु केहि थप मलाई जिस्काउन पाइन| “म पनि कोठामा जान्छु|” यति भन्दै शोभा लागि आफ्नु कोठा तिर र बिस्वास मेरो छेउमा आएर बस्नु भयो|

“कहा जानु भएको यति बिहानै?” मेरो यो प्रश्न असारको झरी झैँ स्वाभाविक नै थियो|

“तेरो लागि यो लिनलाइ|” यति भन्दै उहाले आफ्नु गोजीबाट निकाल्दै मेरो हातमा केहि थमाईदिनु भयो| हेरेको औषधी थियो,तर के को बुझिन मैले|

“किन र? के को हो?” जे थाहा थिएन,उहालाई केहि सोधे|

“हिजो जे भयो,त्यसले धेरै कुरा निम्त्याउन सक्छ,म तलाई शोभालाई ल्याएको जस्तै यहाँ ल्याउन चाहन्न|” उहाले यति भनेपछि मैले सबै बुझे र मेरो मनमा अरु धेरै कुरा खेल्न लागे| मन भित्र भित्रै धेर कुरा सोच्न लागे,भुले बिस्वास मेरै छेउमा हुनु हुन्छ,एकछिन सम्म केहि बोलिन|

“अनि सुन,हिजो जे भयो,सायद चाहेको भए हामीले रोक्न सक्थिएउ तर रोकिनौ हामीले,तर अब के हुन दिने र नदिने हाम्रो हातमा छ बुझिस्|” म निकै खुसि थिए अघि सम्म तर उहाको यो एउटा वाक्य काफी भयो मेरो खुसीलाई सोचको बादल बीच धेर्नलाइ|

“हजुरले के भन्न खोज्नु भएको?सिधा कुरा गर्नुस|” उहाबाट जे सिखे त्यहि गरे,उहा जस्तै रुखो हुदै जवाफ फर्काए,रुखो भएर हैन,रिसाएर|

“म को हु,म के हु,मलाइ आफै थाहाछैन| मेरो बारेमा झन् तलाई केहि कसरि थाहा होस्,म आफै केहि बाट भाग्न खोज्दै छु,कहिँ बाट उठ्न खोज्दै छु,कोहीबाट लुक्न खोज्दैछु|”

“यो सम्बन्ध रोजेको मैले हो,हजुर संगको पिडा मैले रोजेको हो, हजुरले हैन|म यहा हजुरलाई आफ्नु बनाउन आएकि हैन, म यहाँ आफुलाई हजुरको बनाउन आकी हु,म हजुरलाई केहि कुरामा पनि जकड्न चाहन्न,मेरो लागि हजुर र म सम्बन्धमा छौ| हजुर पनि यहि सोच्नु,पछी केहि कुरामा चित्त नबुझे मलाई भन्नुस,छाडेर जानु मलाई,म केहि भन्दिन,किन कि यो सम्बन्ध मेरो चाहना हो,म यसलाई हजुरको पासो बनाउन चाहन्न|”

उहाले केहि भन्न नचाहेको हो कि नसकेको थाहाछैन मलाइ,अनि थाहा पाउनु पनि छैन| मलाई यति थाहा छ,अब मैले केहि पाइला चाली सके,पछाडी आउन सक्दिन|

Previous article
Next article

Latest Posts