प्रतिक्षाले सोध्दै थिइ कहाँ जाने भनि तर उसलाई मैले सजिलै बताइन| हामि कुनै ठाउ जान लागेको हैन, एउटा संसारनै अटेको छ त्यहाँ| मेरो साथि भाइ, मेरो आमा-बाबा, मेरो घर, मेरो टोल र धेरै सम्झनाहरु| हामि मेरो घर जादैछौ| २ बर्ष पछी त्यहाँ पुग्दैछु जहाँ मैले जीवनको अनगिन्ती पल बिताएको छु| त्यहाँको एक एक मोडमा मैले जीवनको यात्रा गरेको छु, एक एक बाटोले मलाई जीवनको पथ देखाएको छ|
“हामि आज बेलुकाको फ्लाइटले बुटवल फर्किने| अफिसको कामले आएक हामि काठमाण्डौ|” मेरो घरमा यहि बहाना बनाएको छु भनि सम्झाए प्रतिक्षालाइ| उसको मनमा केहि प्रश्न उब्जियो मेरो यो वाक्य सुनेर तर मैले त्यसको जवाफ दिनु जरुरि ठानिन| आखिर उसले प्रश्न पनि त गरेकी हैन, मैले आफै अनुमान गरेको हो त्यो प्रश्न पनि|
दुइ बर्ष आफुलाई सम्हालेर यो ठाउ र परिवारबाट कसरि पर बसेको छु मलाइ मात्र थाहाछ| हरपल सम्झना न आएपनि, दिनमा एक पल्ट काठमाण्डौ फर्की आउ भन्ने सोच आउने मनमा| त्यो सोचलाई कसरी दबाउदै आएको छु नसोध मलाई| आमाबाट पर बस्ने चाहना हैन मेरो तर म भित्र भित्र मरेको आमालाइ थाहादिन मनछैन| फेरी आमाको माया मात्र हैन कसैसंग बिताएको अतितको याद पनि छ यो काठमान्डौमा| त्यसैले हो बुटवल पुगेको म| यदि परिवारसंग म एकदिन पनि बसे भने, मेरो मनले मलाई बुटवल फर्केर जान दिने छैन| डर छ मलाई, आमाको मायाले फेरी मलाई बाधेर राख्ने छ यो ठाउमा|
घर पुगियो, आमा-बाबाको मुहारमा जुन खुसि थियो नि, मानौ सुनको लेप लगाएको छ उहाको मुस्कानमा| आमाले मलाई अन्गालो कस्नु भयो र बुवाले एकसुरले मलाई हेर्दै हुनुहुन्छ| २ बर्ष पछी भेटेपनि फोनमा गफ हुन्थियो तर भाव उही नहुने फोनमा जुन अहिले छ| दुइ घण्टाले पुगेन, अझै बस्न मनछ आमा-बाबासंग तर यदि अझै बसे भने म बुटवल फर्किन सक्दिन| मरेर फेरी जीवन भरिएको जीवनलाइ एकपल्ट आफैले फेरी मारे र घरबाट निक्लिए|
“अब हामि कहाँ जाने?” प्रतिक्षाले अरु केहि प्रश्न गर्छे भन्ने सोचेको थिए| हजुर किन यहाँ नबस्नु भएको, हजुर किन बुटवल आउनु भएको? प्रतिक्षाले यस्तै प्रश्न गर्छे अनुमान थियो मेरो तर उसले थाहापाई होला,मैले उसका यी प्रश्नहरुको सहि जवाफ दिन्न|
“तलाई कहाँ जान मन छ?” काठमान्डौमा मैले धेरै जसो ठाउ पुगीसकेकोछु| उसलाई मन होला कुनै नया ठाउ पुग्न, त्यसैले उसलाई नै रोज्न दिए कहाँ जाने भनेर| उसले स्वयम्भु बाहेक अरु कुनै ठाउको नाउ लिनै सकिन|
स्वयम्भु भोलि जाने भन्दै आज चाही बसन्तपुर पर्यो हाम्रो रोजाइमा| मलाई चिया हैन कफी मनपर्छ तर बसन्तपुर पुगेपछि चाही म चिया खोज्छु| हातमा चियाको कप र साथमा कसैको मिठो गफ, हो यहि विशेषता हो बसन्तपुरको| सबै व्यक्तिको आफ्नै छुट्टै कथा छ , खुसि छ र भाव छ| वरिपरिको मान्छे देख्दा त्यहि महसुस हुने| मलाई पो मन परेको हो बसन्तपुर, प्रतिक्षालाइ राम्रो लाग्यो लागेन मलाई थाहाछैन| यदि मैले सोधे भने नि उसले मन पर्यो नै भन्छे भनि म ढुक्क छु| तयसैले अर्को ठाउ जाने निधो गरे|
काठमाण्डौ हुदा जम्मा दुइ अवस्थामा म चिया पिउछु| पहिलो म बसन्तपुरमा हुनुपर्यो अनि दोस्रो म चियाघरमा हुनु पर्यो| बसन्तपुर पछी हामी चिया घर पुगेउ, ६ खिल्ली चुरोट, दुइ कप मटका चिया अनि दुइ कप मसला चिया| चियाघरमा हामीले के के गरेउ भनि एक वाक्यमा यसरि बुझ्न सकिन्छ| प्रतिक्षाले फेरी प्रश्न गरि अब कहाँ जाने भनि|
काठमान्डौको बसाइ भनेको आज र भोलि मात्र हो, पर्सि त बुटवल फर्किदै छौ हामि| आजको पनि के कुरा गर्नु, ६ बज्न केहि समय मात्र बाकि छ| बाकि भनेकी भोलिको एक दिन र अहिलेको केहि घण्टा| सकेसम्म जान मिल्ने र जान पर्ने सबै ठाउ प्रतिक्षालाइ पुर्याउन मनछ| अबको यात्रा भनेको पशुपतिको| पशुपतिको साझको आरति, निकै रमणीय हुन्छ| मनको शान्ति खोज्दै पहिले पनि धेरै पल्ट पुगेकोछु यो ठाउ, प्रतिक्षालाइ पनि मन पर्नु पर्ने हो यो ठाउ|
आजको घुमघामको अन्तिम स्थान भनेको नै पशुपति| त्यहाँबाट सिधै होटेल पुगेउ हामि| म थाकेको छु, अनि भोको पनि| रक्सीको तृष्णा पनि मेट्नु पर्नेछ| भोको पेटमा रक्सीको एक थोपा पनि पेटमा पुगे भने, खाए भन्दा बेसी भमिट गरिन्छ| यता फेरी प्रतिक्षा खाना खान मन छैन भनि जिद्दी गर्दैछे| खाना नखाई रक्सीमा आखाँ पुर्याई उसले| सम्झी बुझाइ गरेर उसलाई खाना खान मनाए| रक्सि संगै मायाको नशा पनि उत्तिनै चढ्यो हामी माथि र हाम्रा ओठहरुले रक्सि गिलास मात्र हैन एक अर्कालाई पनि निकै पल्ट चुमे|
बिहानको समय, म सधै नै छिटो बिउझिन्छु| चुरोट र कफीको साथमा रमाउदै छु, प्रतिक्षा अहिले पनि सुतेकी नै छे| प्रतिक्षा उठेर तैयार हुने बित्तिकै हामि स्वयम्भु र गार्डेन अफ ड्रिम्स पुगेउ| यति गर्दै 3 बजि सकेको थियो| काठमाण्डौमा भएको बखत, अरु साथिहरुलाइ पनि भेट्नु पर्ने| त्यैले आज साथिहरु भेट्ने निधो गरेको छु मैले| प्रतिक्षालाइ चाही कस्तो लाग्ने हो खाही| “काल्म” रेस्टुरेन्टमा गएर बसेउ म र प्रतिक्षा, र त्यहि एक पछी अर्को गरि साथिहरु भेट्न आए मलाई| धेरै पछी भेट्दै छु साथिहरुलाइ| कतिले त प्रतिक्षालाइ भाउजु पनि भने, प्रतिक्षा लजाउदै थिइ| धेरै मध्य सलिन भइ पनि एक हो जो आज मलाई भेट्न आयो, उ चाही रिसाएको रैछ, बोलचाल कम भएको भनेर| उसलाई कसरि सम्झाउनु मैले, समय अनि परिस्थिति नमिलेको हो, तर पनि सम्बन्ध त पहिले जस्तै मजबुत छ नि|
मैले चाहेको सबै संग भेट भयो तर दुइ अझै आउन बाकि छन्| मेरो मुटुका टुक्राहरुलाई मैले जानी जानी अन्तिममा बोलाएको हो, उनीहरुसंग चाहे जति समय बिताउन पाइयोस भनि| मेरो मुटुको टुक्रा अभि र पंकज आए| उनीहरु मात्र यस्ता व्यक्ति थिए जसले प्रतिक्षालाइ पहिले देखि चिनेका थिए, भाले प्रतिक्षाले उनीहरुलाई नचिने पनि| त्यहाँबाट ठमेल जाने सल्लाह भयो र प्रतिक्षा पनि रमाउदै थिइ हाम्रो गफ र साथमा| ठमेल पुगियो र त्यसपछि दरबार मार्ग पनि| रक्सि एक्लै पिउदा त्यति मजा आउन्न जति साथिहरुसंग बसेर पिउदा आउछ| प्रतिक्षालाइ पनि यहि भयो सायद, उसले अरु दिन भन्दा धेरै नै पीईसकेकी छे र आफुलाई सम्हाल्न नसक्ने हालतमा छे| भनेनी सम्हाल्न नसक्ने हालतमा, किंग्स लाउन्जमा नाच्न खोज्दा उ ढली नशाले र ……
