“भेट्ने मान्छेलाई पो दिनु गिफ्ट, मेसेन्जरमा त एउटा फोटो पठाए भैगोनी जे को भए नि|”
“हजुरलाई कसले भन्यो भेट्दिनौ भनेर हामि|”
“अनि भेट्छु भनेर पनि भनेको छैनस नि त तैले|”
“हजुर कस्तो हो के,मैले भन्नु पर्ने त्यो पनि?”
“अनि कसले भन्छ त?”
“सुन्नुस बुडा, हजुर केटाहो, हजुरले यस्तो कुरा भन्नु पर्ने हो, बुझ्नु भयो|” पहिलो पल्ट हो उसले यति मज्जाले मलाई बुढा भनेको, कस्सम एकछिन बिहे भाको नै महसुस भयो|
“अनि सबै काम मैले गरेसी तैले चाही के गर्छस्?
“ हजुरले मलाई सोध्नु हुन्छ, मैले नाइँ भन्छु, अनि फेरी सोध्नु हुन्छ, अनि म फेरी नाइँ भन्छु|”
“नाइँ मात्र भनेर बस्ने रैछस् त, किन सोध्नु त्यसो भए मैले?” उसले बोल्दा बोल्दै बिच्चैमा प्याच्च बोले|
“गधा पहिले पुरै कुरा सुन्नुस न, अनि मैले नाइँ भनेपछि हजुरले फकाउनु हुन्छ, अनि म हुन्छ भन्छु, बुझ्नु भयो?”
“हैन सोध्ने नि मैले, फकाउने नि मैले, त चाही केहि गर्दिनस?”
“गर्छु नि, सुरुमा नाइँ भन्छु, अनि भन्छु, अनि फेरी हजुर संग घुम्न पनि जान्छु|”
“धेरै रैछ त तेरो काम पनि|”
“कहाँ यति मात्र हो. अनि हजुर संग बसेर एउटा प्लेट बाट मोमो खान्छु, सुरुको आधा म टोक्छु, अनि बाकि आधा हजुरलाई दिन्छु, अनि कफी पनि एक चुस्की हजुर खानु, त्यसपछि अर्को चुस्की मलाई दिनु|”
“अनि त्यसपछि?”
“अनि त्यसपछि घर आउने,सकियो|”
“अनि मोमो र कफी मात्र खाने? अरु केहि नखाने?” केहि कुरा घुमाएर सोधे मैले उसलाइ, के मेरो ओठले उसको ओठ छुन सक्छ कि नाइँ भनि|
“हुन्छ, लास्टमा पानिपुरी पनि खाम्ला नि|” आफु गर्छु मुडाको कुरा. उ गर्छे…
कुरा यसरि नै सकियो त्यो दिन पनि, उ सुत्न गइ तर म भने सोच्न लागे, के चाही दिने भनेर सोच्न लागे| भोलि शनिबारको दिन, भोलि नै गएर किन्छु भनि सोचे र के किन्ने भनेर पनि| गिफ्ट फेरी एउटा हैन, ७ वटा लिए| पैसा पुग्ने थियो, mig३३ बाट कमाएको पैसा जम्मा गरेको थिए र “Microsoft workers” भन्ने कमाएको पैसा चोखो थियो, छुन नि परेको थिएन|
रोजड़े को दिनलाई एउटा प्लास्टिकको गुलाफ लिए, कहिले नओइलाउने-हाम्रो माया जस्तै| प्रोपोजडे को लागि एउटा कार्ड किने र त्यसमा केहि मायाको वाक्यहरु मनबाट झिकेर भरिदिए| अरु सबै किन्दा खासै केहि लागेन, तर जब चकलेट लिन गए,३५० रे, अचम्म परे मूल्य सुनेर, कुरा मायाको थियो, त्यो पनि लिए| अभ “Teddy day” को पालो, सानु तर चुटुक्क परेको teddy लिए| प्रमिसडे मा के दिने सोच्न केहि समय लाग्यो, त्यतिकैमा एउटा सिसा भित्र केटाले केटीको हात समाएको सजाउने सामग्री देखे,लेखेको थियो “I will always be with you, and it’s my promise.” यो भन्दा केहि राम्रो गिफ्ट केहि हुनै सक्दैन लाग्यो र त्यहि लिए| “Hug Day” को लागि फेरी एउटा अर्को सजाउने मुर्ति जस्तो लिए, जसमा केटा र केटि अंगालोमा बाँधिएका थिए| “भ्यालेन्टाइनडे “ को लागि चाही एउटा साचो झुन्ड्याउने झुप्पा लिगे, जसमा लेखिएको थियो “माया”| “kiss day” को लागि चाहिं केही लिन, त्यो चाहिं भेटेको बेला नै दिन्छु सोचे। बानेस्वरको पिपलबोट छेउको गिफ्ट पसलमा रु १८६० बुझाएर आए| अनि सच्चि, साथि पनि संगै गएको थियो, खाजा खादा पनि ३२० तिरेको थिए, जम्मा गरेर २१८० खर्च भयो| फेरी बिर्से एउटा कुरा, ४० रुपे गाडी भाडा पनि, सबै मिलाएर २२२० रुपे खर्च भएछ|
अभ यो सबै आफ्नु घर लग्न पनि नमिल्ने, के गर्ने होला त अभ ?
