“ जिमनाथ दाजु, साफा हिरो बनादिए आजु हमराके|” मेरो र त्यो दाजुको जाउ संग संगै जस्तो थियो, दाइ संग भेटेर यो भाषा बोल्न अत्ति मज्जा आउने |
“साफा चिक्ना बनादिम् कि एक मा हान्ने दारी ?” दाजुको बोलिमा नेपाली र भोजपुरी दुवै मिसिएको हुने|
“दारी एकमे कर्दिय, और कपाल माग करिय|” मैले चाही नेपालि मिसाउन खोजिन| मैले भने जसरि नै गरिदिए दाजुले | ६० रुपे दिए दाजुलाई र घर तिर आए|
अभ नुहाउन पर्ने,अरु दिन भएको भए, पानि तताउन १० मिनेट लाग्थ्यो र नुहाउने मन बनाउन १र्को १० मिनेट र नुहाएर निक्लिन ५ मिनेट| निष्ठाको मायाको न्यानोपनले होला आज पानि तताउनु परेन, र नुहाउन चाही पुरै १५ मिनेट लाग्यो| नुहाएर कोठा छिरे, एउटा पछी अर्को लुगा, फेरी त्यो खोलेर अर्को, आज किन कुनै पनि लुगा आफैलाई मन नपरेको बुझ्न गार्हो| एकछिन यसरि नै बित्यो, र अन्तिममा फेसबुकको प्रोफाइल फोटोमा जे लुगा छ त्यहि लगाउने बिचारमा पुगे र त्यहि गरे| अभ बाकि थियो टाउकोमा अत्तर लगाउन र जिउमा जेल | उल्टो भएछ, जिउमा अत्तर र कपालमा जेल, आज धेरै उत्सुक भएर जे पनि उल्टो पुल्टो गर्दै छु म पनि | अरु बेला हफ्ता दिन सम्म गनाउने मोजा लगाएर पनि बस्न सक्ने म, आज भने नया मोजा लगाए र जुत्ता लगाउन बाहिर निक्लिए| जुत्ता लगाएर र ब्याग बोकेर ढोकामा पुगेको मात्र के थिए, एउटा कुरा याद आयो|
ब्रस गर्न बिर्सेछु, जुत्ता खोलेर फेरी भित्र पसे र ब्रस गरि निक्लिए फेरी| के थाहा आज यो थुतुनोको काम मोमो चपाउने मात्र नभएर अरु केहि पनि हुन्छ कि, आफु पुरा तैयारी भएर हिड्नै पर्यो| ठिमी चौक पुग्नु र चाहबेल जाने गाडी आउनु, संग संगै भयो,गएर अन्तिममा बसे| मलाइ यो मैतिदेबी भन्ने ठाउ किन अचकल्टो लाग्ने, त्यहाँ पुग्न दुइटा गाडी चढ्नै पर्ने, सुरुमा चाहबेल सम्म एउटा अनि त्यहाँबाट मैतिदेबी हुदै रत्नपार्क जाने गाडी चढ्नु पर्ने| झन् सुरु सुरुमा यति थाहा नहुदा, कि मा बानेस्वर सम्म गाडी चढेर जान्थिए र त्यहाँ बाट हिडेर नत्र भने बानेश्वर सम्म एउटा गाडी,त्यहाँबाट पुरानो बानेश्वर सम्म अर्को गाडी अनि त्यहाबाट फेरी हिडेर मैतीदेवी | आजको दिनमा पनि दुखेसो कति पोख्नु, अभ आजको लागि राम्रो कुरा मात्र उल्लेख गर्छु| मैतिदेबी पनिं पुगियो र साथिकोबाट गिफ्ट पनि लिएर आफ्नु ब्यागमा हाले र कुर्न लागे निष्ठालाई, मैतीदेवी चौकमा|
समय भने पक्का निष्ठा, भनेको समयमा पुगी| खोइ मैले चाही उसलाई किन देखिन तर उसले चाही आफै मलाई देखेर हात हल्लाउदै म तिर आइ| आएर अन्गालोमा बाध्छे कि भन्ने आशा कम थियो तर बोल्नु पर्ने त हो नि, म निर पुग्ने बित्तिकै “चुप लागेर मेरो पछाडी हिड्नुस है , म संग केहि नबोल्नुस एकछिन|” उसको ताल देखेर एकछिन अचम्म लाग्यो तर अचम्म मानेर के गर्नु, उसले भने जसरि नै उ भन्दा केहि पछाडी हुदै हिड्न लागे| त्यहाबाट उसले मैतिदेबी मन्दिर हुदै, सानु गौचरन निकाली र त्यहाबाट सिटि सेन्टर| बल्ल त्यहाँ पुगेसी, सिटि सेन्टरको मुनि भएको बेन्चमा उ बसी र मलाई पनि बस्न इशारा गरि| फेरी कति चाडो चाडो हिड्ने उ, आफु स्वा:स्वा: भए|
“हैन के ताल हो तेरो, पुरै म्याराथन जस्तै गरिस् त?” उसको ताल म्याराथन भन्दा केहि कम थिएन, यत्ति भन्दै बसे उसको छेउमा|
“अनि त्यहाँ मलाई चिन्ने कसैले देखेको भए क हुन्थ्यो नि, त्यसैले केहि नबोली यहाँ आएको|” हैन जब त्यति डर लाग्ने भएको भए, किन यहा मैतिदेबी बोलाएको त,सिधै यहाँ बोलाको भए नि आइ हाल्थिए नि| बुझ्न नसक्ने हुन्छ निष्ठाको कुरा पनि |
“आज हामि कुन मुभि हेर्ने भयौ त ?” अभ सिटि सेन्टर यसै कारणले त ल्याएकी होलिन् नि उनले |
“हैन,हजुरलाई कसले भन्यो हामी मुभि हेर्छौ भनेर?” उसको यो जवाफको अपेक्षा नै थिएन|
“हेर्ने हैन र ?” यो प्रश्न भन्दा पनि मेरो आश्चर्यपन थियो|
“हजुरको टाउको, मैले चस्मा नै ल्याएको छैन, कसरि हेर्नु मुभि?” उसले यति भनेपछि बल्ल उसको कुरा बुझे मैले पनि |
“त्यसो भए के गर्ने त आज दिउसो भरि?” मेरो अर्को प्रश्न उनि सामु|
“खोइ,मलाइ थाहा छैन|” उसलाई के चाही थाहा हुन्छ के |
एकछिन बसेर कहाँ जाने भनि योजना बनाउन खोजेउ, तर उसलाई मैले भनेको कुनै ठाउ मन परेन र उसले आफुले भने कुनै ठाउको नाम नै भनिन| अभ कहाँ जाने न् उसलाई थाहा छ न मलाइ | अन्तिममा यो तय भयो कि, पहिले केहि खाने अनि …
