Part 60

एकछिन बसेर कहाँ जाने भनि योजना बनाउन खोजेउ, तर उसलाई मैले भनेको कुनै ठाउ मन परेन र उसले आफुले भने कुनै ठाउको नाम नै भनिन| अभ कहाँ जाने न् उसलाई थाहा छ न मलाइ | अन्तिममा यो तय भयो कि, पहिले केहि खाने अनि त्यसपछि भृकुटी मण्डप जाने, फन पार्कमा| सिटी सेन्टरतिर कुनै रेस्टुरेन्ट खुलेको थिएन, उसले त्यहाँ बाट हिडाएर फेरी डिल्लीबजार लगी र त्यहाँ एउटा रेस्टुरेन्ट भित्र छिरेउ हामि|आजको दिन के भन्नु, सुरुमा कहाँ जाने भनेर टुंगो थिएन, त्यो टुंगो गरियो| अभ खाजा कहाँ खाने भनेर पनि टुंगो थिएन,त्यो पनि टुंगो लगाइयो| अभ के खाने भनेर सोध्दा “मलाई जे भए पनि हुन्छ भन्छे|” तर हरेक पल्ट मैले खानको नाम लिएपछि,उसको उत्तर उही “यो त नाई,अरु की भन्नु न|” एक त आफै नभन्ने र मैले भनेको नि नाई भन्ने, केहि भएपनि रिस उठ्न लाग्यो मलाई | केहि नलागेर एक प्लेट मोमो र एउटा फ्राई राइस मगाइयो| अनि त्यो संगै दुइटा स्प्राइट पनि |

उसलाई भेट्नु अघि एउटा सानु डर थियो, मेसेज र फोनमा जति पनि बोल्थिएउ हामि तर भेटेको बेला हामि दुवै चुप हुने त हैन | तर चुप हुने काम न् उसले गरि न् मैले, दुवै जना केहि न् केहि कुरा निकालेर बोलि हाल्ने | कहिले म उसको कुरा सुन्ने र कहिले उ मेरो| बोल्दा बोल्दै अनगिन्ती पल्ट एकअर्काको हातको स्पर्श भयो हामि बीच, कहिले उसले मेरो हात छुन पुग्ने र कहिले मैले | सुरु सुरुमा झुकिएर छोइएको हात हाम्रो, अभ जानी जानी एक अर्का संग जोडिन लाग्यो| कस्तो मज्जाले खुलेको हामि एकअर्का संग| रेस्टुरेन्टबाट निकिदा ११ बाजी सकेको थियो र खाना खाने बित्तिकै कहिले पनि हिड्ने बानि नभएको मेरो, किन किन पेट दुखेर आउने| त्यसैले म गाडी चढ्न खोज्छु तर उसको जिद्दी, हिडेर जाने अरे| किन भनि प्रश्न पनि गरे र उत्तरमा “ गाडीमा चिनेको मान्छे भेटिन्छन|” आयो| हैन बाहिर सडकमा हुदा र भित्र रेस्टुरेन्टमा हुदाको उनि कति फरक, भित्र हुदा निस्फिक्री थि उनि र बाहिर आउदा लाग्दैथियो उसलाई कुनै सोचको जन्जिरले जकडेर राखेको छ | उसले भने जसरिनै हिडेर गइयो फनपार्क|

त्यहाँ पुग्नु अघि नै, लग भाग शंखरदेव कलेजबाट मेरो पेट दुख्न सुरु भैसकेको थियो, आन्द्रा चुडिएला जसरि| तर उसलाई केहि नभनी चुप चाप लगेर उसको पछी लागे| फेरी उसलाई बाटोमा संगै हिड्न पनि नहुने, संगै नहिडेपछी अभ बोल्ने कुरा पर जाओस्| त्यति लामो बाटो एक्लै हिडेको जस्तो भयो, मलाई थाहा छ त्यो बाटो ,पेट दुखेको तालमा,कसरि कट्यो| फेरी बिस्तारै हिड्न पाए पनि दुखाइ केहि कम हुन्थियो होला तर उनको गति पनि निकै चाडो थियो, थप केहि गार्हो भयो यसले गर्दा| फन पार्क पुगेर टिकेट पनि लियौ र एकछिन गएर एउटा बेन्चमा बसेउ, लग भाग ५ मिनेट पछी मेरो दुखाइ पनि हरायो| आज किन हो किन उ संग रिसाएर पनि रिसाउन सकेको थिन, तर उसले रिस उठ्ने काम चाही धेरै नै गर्दै थि| भेटे देखि जे कुरामा पनि नाई भन्ने, यहाँ पुगेसी पछी नि, यो पिंगमा जाम भन्दा नि नाई, कोलम्बस जाम भन्दा नि नाई, डुंगामा जाम नि नाई| हरे कस्तो बच्चा संग सम्बन्धमा गासिन पुगे भनेर एक पल्ट आफैलाई नमज्जाको गालि पनि गरे|

“सुन्, ठुलो पिंग जाम अनि त्यसपछि भुत घर |”

“नाई नजाने,मलाई डर लाग्छ|”

“दुवै, ठुलो पिंग पनि र भुतघर पनि |”

“त संग चस्मा छैन,केहि देख्दिनस, के को डर|”

“डर आखाले देख्दा भन्दा न देख्दा धेरै लाग्छ, डर मनबाट लाग्ने हो|”
“तेरो मनमा त म छु, त्यो डर बस्ने ठाउ नै छैन|”

कति फकाए उसलाई, अनेकौ कुरा गरि| एकछिन पछी के के गर्ने भनेर सल्लाह गरियो, जम्मा 3 ठाउ जाने भैयो, सुरुमा ठुलो पिंग, त्यस पछी कोलम्बस,अनि त्यसपछि भुतघर| एउटा कुरा चाही बडो अचम्मको लाग्यो मलाई, मैले रेस्टुरेन्टबाट नै बिचार गरेको, उसको हातमा जून बेला पनि पसिना आउने रैछ| थाहा छैन किन, सोधम कि जस्तो लाग्यो तर यो प्रश्न बेलुका फोनमा सोध्नलाई जोगाए|

त्यो ठुलो पिंगमा चधेपछी उसले समातेको मेरो हात, नझर्ने बेला सम्म छोडिन| फेरी आफु पनि बोलिन र मलाई पनि केहि बोल्न दिन| कथा उही थियो कोलम्बसमा पनि, उ मेरो हात समातेर आखा चिम्म गर्ने र म उसलाई हेरी रहने| उसको हातमा पसिना फेरी के साह्रो आएको, मेरो हात पनि भिज्यो| अहिले सम्म जे हुदै थियो सबै खास थियो मेरो लागि | एकछिन सम्म उसलाई जिस्काएर बसे र उस्ले प्रतिउत्तरमा केहि भन्नै सकिन|

अभ पालो थियो भुतघरको, उसले त्यहाको ढोका सम्म पुग्दा पनि नाई नाई भन्न छोडेकी थिन| भित्र पसेउ हामि, त्यप ठाउ अध्यारो र हाम्रो मन उज्यालो, फेरी पनि हाम्रो हात एक अर्कामा लतपतिएका थिए, जस्तै सम्भोग गर्दा सर्प हरु एक अर्कामा लिप्त हुनछन| अभ त्यहाँ भित्र एउटा यस्तो पल आयो, जुन पल मलाई हजार पल्ट बाच्न भनेपनि नाई भन्दिन म | भुतघरको बिचमा थिएउ हामि, अगाडी बाट केहि उसको खुट्टामा अल्झियो, त्यसपछि उ सिधै मेरो अंगालोमा र हाम्रो ओठ एकअर्का संग जोडिन पुगे| एकछिन सम्म उसले पनि अन्गालो बाट निक्लिन खोजिन र मैले नि अन्गालो झन् कस्दै थिए, यता अंगालो झन् कसिदै गयो र हाम्रो ओठ एक अर्कासंग खेल्न लागे, ओठ पछी जिब्रोले पनि हलचल मचाउन थाल्यो| लिप्त भयौ हामि एक अर्काको अंगालोमा र अन्गालो संगैको चुम्बनमा| त्यहाबाट पनि निक्लिएउ हामि र फेरी भोक लागिसकेको थियो, र रेस्टुरेन्ट पसेउ| धन्न आज ब्रस गरेको चाही काम लाग्यो|

रेस्टुरेन्टको एक घण्टा जतिको बसाइ पछी, अभ घर जाने निधो गरियो|
म गाडीमा जाने भन्छु, उ नाई भन्छे, यो कुरामा उसलाई जित्न सकिन| त्यहाँबाट हिडेर मैतिदेबी लागेउ हामि, जहाँ भेटेको थिएउ त्यहि| अघि भने उ हिड्दा नबोल्ने, फर्किदा के भयो भनि भनेर सुनाउने केहि खास कुरै छैन| त्यसपछि उ आफ्नु घर लागि र म साथीकोतिर|

Previous article
Next article

Latest Posts