Part 61

आजको दिनको अन्तिम ठाउ यहि थियो,यहा बाट हामि लागेउ हामि बस्ने होटेल तिर| चियाघरबाट हामि बस्ने होटेल धेरै पर छैन,मुस्किलले ५ मिनेटको दुरीमा छ,त्यसैले पुग्न अलि बेर पनि लागेन| दिउसो निक्लिएबाट केहि न केहि खाने कुरा परेकै थियो मुखमा,भोक नलागेको त्यसैले होला तर थकान भने औधि नै छ| अब यो शरीरलाई ओछ्यान भए केहि चाहिन्न,हो त्यो हालतमा छु म,लम्पसार भएर ओछ्यानमा पल्टिन मन छ अनि थोरै पिउन पनि| 
“सुन्नुस न,पहिलो दिन मैले खै कुन हो रक्सि पिए,हिजो बियर,आज के को पालो हो?” केहि फरक स्वाद खोज्दै थियो यो मेरो मनले|खासै स्वाद आउने चाही हैन रैछ रक्सीमा,स्वादले खान मन लागेको हैन,खान मन लागेको हो त्यसले दिने नशाको कारणले,त्यो नशामैछ जिन्दगि जस्तो लागेर आयो |
“तलाई के पिउन मन छ?” उहाले मेरो अघि निकै कठिन प्रश्न पस्केको जस्तो लाग्यो, मलाई यति थाहाछ कि रक्सीको बिभिन्न प्रकार हुन्छ तर नाम भने कुनैको पनि पत्तो छैन|
“कत्ति न म जहिले पिउने मान्छे जस्तो मलाइ सोधेको,हजुरले हो के पिउने भनि निर्णय लिने|” मेरो भनाइको तात्पर्य उही नै हो, मलाई रक्सिहरुको नाम थाहाछैन भन्ने तर भन्ने शैली मात्र फरक हो|
“आज ओल्ड दरबारको पालो त्यसो भए|” उहाले नाम त भन्नु भयो तर त्यो भनेको के हो पत्तो छैन मलाइ|
“त्यो भनेको के हो फेरी?” जे थाहाछैन त्यो बुझ्नु मेरो हक पनि हो अनि स्वभाव पनि|
“कति प्रश्न गरेकी के ,जे भए पनि हो नि|” उहा रिसाउनु भएको कि दिक्क हुनु भएको बुझिन मैले र बुझ्ने चाहना पनि छैन, मात्र चाहना थियो उहाले भनेको नामको अर्थ थाहापाउने|
“ह्या नाई के,भन्नुस न के हो?” मैले यति वाक्य भन्दा,मेरो ओठसगै हात खुट्टा पनि हल्लिन लागे,मैले हावामा हात खुट्टा बजार्दै थिए कुनै सानु नानीले जस्तै|
“किन चाहियो तलाई,जे भए पनि हो नि|” उहा न् रिसाउनु भएको रैछ न दिक्क हुनु भएको,उहा मलाइ जिस्काउदै हुनुहुदो रैछ|
“के थाहा बिष पिलाउन खोज्नु भएको हो कि हजुरले|” उहाले जिस्किन खोज्दा म कसरि पछी हट्नु,म पनि जिस्किन लागे उहासंग|
“बिष मैले पिलाउनु पर्दैन तलाई,मैले नाई भन्दा भन्दै बिष सेवन गरिहालिस् तैले|” उहा जिस्केको मानेकी थिए मैले तर अचानक उहाले कुरा खै कता मोड्नु भयो भयो|
“मैले कहिले बिष सेवन गरे?जे पनि भन्ने के हजुर|” उहाले कुरा मोड्नु भयो र यता मेरो मुड पनि मोडियो,झनक्क रिस उठेर आयो|
“म बिष भन्दा कम छु जस्तो लाग्यो तलाई?अहिले पनि समय छ,असर गर्न बाकि छ यो बिषले, सोच फेरी|” उहाले जे भन्न खोज्दै हुनु हुन्छ त्यो म मज्जाले बुझ्दै छु,नबुझेकी यति मात्र हो,उहाले जिस्केर भनेको कि साचिकै भनेको|
“आफ्नु स्वेक्षाले सेवन गरेको बिषलाइ आत्माले बिष हैन अमृत मान्दो रैछ| अब भन्नु खुरुक्क के हो ओल्ड दरबार भनेको|” 
“Whiskey हो| भयो अब हजुरलाई?” मेरो जिद्दीको अघि कहिले पो के नै टिक्न सकेको छ र,उहाले मेरो प्रश्नको जवाफ नभनी सुख पाउनु भएन|
“कुन बेला पिउने हो?” मेरो हरेक प्रश्न संगै एउटा बोट रोप्ने हो भने, संसारभरि अहिलको भन्दा दोबर रुख हुनछन होला|
“खाना खानु परेन? कति हत्तारिएकि त| हत्तारमा सबै निर्णय नलिने गर|” म अघिनै निक्ली सकेकी थिए उहाको गम्भीर कुराहरुबाट,उहा चाही अझै त्यसमै अड्किनु भएको रैछ|
“मलाइ भोक लागेको छैन,म खान्न खाना|” यो कुरा मेरो मनमा अघि देखिनै थियो,अहिले उहाले पनि थाहा पाउनु भयो|
“त्यसो भए म खाना खान्छु,अनि सुत्न जाने| मलाई चाही आज रक्सि पिउन् मन छैन|” उहाले के भन्न खोज्नु भएको मैले मज्जाले बुझे| मैले केहि बोल्ने ठाउ नै रहेन| उहासंगै खाना खान गए र त्यसपछी रुम तिर| रुम पुगेको एकछिन पछी एउटा भाइ आयो,हातमा एउटा किस्ती लिएर,किस्तीमा थियो एउटा बोतल,केहि बरफको टुक्राहरू र दुइटा गिलास|

Previous article
Next article

Latest Posts