फोटोमा जसरि नै जीवन भरको लागि आफ्नु मन भित्र कैद गर्न मन छ उहालाई| बसन्तपुरबाट निक्लिदा लगभग ६ बज्न लागेको थियो,धेरै बेर बसिएन् त्यहा| अब यहा बाट कहा जाने भन्ने कुरा आउन लाग्यो मेरो दिमागमा|
“अब हामि कहा जाने, होटेल हो?”
“होटेल एकछिनमा जाने हो,त्यस अघि अर्को ठाउ जाने|”
“स्वयम्भु हो?”
“त्यहाँ भोलि जाने भनेको हैन तलाई|”
“त्यसो भए कहाँ जाने हो?”
“मलाइ काठमाण्डौको सबै भन्दा मनपर्ने ठाउ| त्यहाँ म एक्लै घन्टौ सम्म पनि बस्न सक्छु|”
“कहा हो त्यस्तो ठाउ?”
“भन्दिन,सिधै जाउ,अनि थाहा पाउछस्|”
मनमा एउटा बेग्लै उत्सुकता उत्पन्न भयो,आखिर कुन ठाउ हो त्यो जहा बिस्वास घन्टौ सम्म रम्दै बस्न सक्नु हुन्छ,त्यो पनि एक्लै| पक्कै कुनै क्याफे हुनुपर्छ,जहा मिठो कफी र चुरोट पाउछ| कहिँ कुनै रक्सि खाने ठाउ हो कि, म चाही यो दुइटा ठाउ मध्य एउटा हो भन्ने पक्का भए| बसन्तपुरबाट निक्लिएको मात्र के थियौ,जाम सुरु,बसन्तपुरमा मान्छेको घुइचो र सडकमा गाडीको| बसन्तपुरबाट जमल पुग्दा १० मिनेट बेसी लाग्यो,जमलबाट दरबारमार्ग हुदै बिस्वासले ज्ञानेश्वर पुर्याउनु भयो| मलाइ यो सबै ठाउको नाम पहिले देखि याद भएको हैन,जामले गर्दा बाटोको एक एक होर्दिंग बोर्ड पढ्न भ्याए र नाम कण्ठस्त पार्न पनि| ज्ञानेश्वरमा उहाले कार रोक्नु भयो,सायद उहाले भनेको ठाउ आयो,म आत्तुर छु उहालाइ मनपर्ने ठाउ हेर्न|
तर हैन रैछ यहाँ पनि उहाले भनेको ठाउ,मलाई गुलियो मन पर्छ कि नाई सोध्नु भयो र मैले मनपर्छ भनेपछि,”त यहि बस्” भनेर कृष्ण पाउरोटी भित्र छिर्नु भयो| के त्यस्तो गुलियो कुरा ल्याउन लाग्नु भयो भनि फेरी सोचमा परे, केक हो कि जस्तो लाग्यो,बाहिरबाट हेर्दा यो पसलमा केक बाहेक केहि देखिन| लगभग ५ मिनेट जातिमा उहा फर्किनु भयो,हातमा दुइटा कागज कप जस्तो लिएर|
“यो choco lava,मलाइ असाध्यै मनपर्छ|” कस्तो मख्ख हुदै भन्नु भएको,उहाले भनेको सुनेर नै मलाइ मिठो लागिसक्यो,चाख्न बाकि नै छ| वरिपरी पाउरोटी जस्तो थियो भने बिचमा चक्लेटको लेदो, चकलेट पगालेर बिचमा भरेको जस्तो,अलि तातो अनि एकदमै मिठो| एक चम्चामा हाल्ने बित्तिकै मोहोनी लाग्यो choco lava संग,मुखमा हाल्ने बित्तिकै मुखमै घुलियो|त्यहाबाट फेरी बिस्वासले कार स्टार्ट गर्नु भयो र अबको गन्तब्य भने पक्कै पनि उहाले भनेको ठाउ हुनु पर्छ| त्यहा बाट सिधै गौशाला निक्लिएउ हामि र त्यहाबाट पशुपति| कस्तो रमणीय हुने रैछ पशुपति बेलुका पख|
आरति हुदै थियो,माहोल नै कर्णप्रिय छ| कानलाई आनन्द पुर्याउने भजन, मनलाई हलुको बनाउने माहोल्र र वरिपरी मान्छेहरु जो हामि जस्तै रम्दै थिए,यस भन्दा धेरै केहि भन्न जानिन मैले पशुपतिको आरतीको बारेमा| कोहि नाच्दै थिए भने,कोहि रम्दै थिए,बेग्लै शान्तिको अनुभव हुने यो ठाउमा,आरतीको दृश्य झन् कसरि बखान गर्नु मैले,साच्चिकै घन्टौ सम्म बस्न सक्ने ठाउ रैछ| पशुपतिमा आरति पछी मान्छेहरु बिस्तारै कम हुदै गए पनि,मनमा छाएको शान्ति र आनन्दियपण भने बरकरार नै छ|
“चिया पिउछस्?” कफी मनपर्ने मान्छेले यति भनेको सुन्दा अचम्म लाग्यो,आखिर उहालाई के भयो अचानक|
“हजुरलाई कफी मनपर्छ हैन?” मनको कुरालाई शब्दमा ब्यक्त गरे|
“कफी मनपर्छ,यसको अर्थ यो हैन कि चिया मन पर्दैन|” उहाले भनेको कुरा पनि ठिक मान्यो यो मनले,उहाले चिया नमिठो अहिले सम्म भन्नु भएको थिएन,यो मैले आफै सोचेको कुरा पो हो|
“लेखकलाइ बोलेर चाही सकिन्न है|हुन्छ पिउने तर मन्दिरमा पाउछ र?” रम्दै दिएको जवाफ हो यो|
“मलाई काठमान्डौमा मनपर्ने ठाउ मध्य यो एउटा हो|” यति भन्दै उहाले मेरो हात समाउदै पशुपतिबाट बाहिर लाग्नु भयो| फेरी पनि सधै झैँ मेरो मनमा कुरा खेल्न लागे र मेरो मनले धेरै अनुमान गर्न लागे| लगभग ५ मिनेट,५ मिनेट मै पुगियो उहाले भनेको ठाउमा,”चियाघर” लेखिएको थियो बोर्डमा | नाम नै मन पर्यो,ठाउ नाम भन्दा राम्रो थियो,अनि चिया झनै मिठो| सबै भन्दा मन परेको कुरा चाही, मटकाको कपले हरुले सझिएको छ यो ठाउमा,अनि हरेक कपमा केहि न केहि लेखिएको|एक कप हैन दुइ कप चियाको मजा लिएउ हामीले,पहिलो कप मसला चिया र दोस्रो भने मटका चिया|
“मटकामा केहि लेख्ने हो?” बिस्वासले यति भन्दा मेरो रेडिमेड जवाफ आयो “म लेखक परिन|”
“नाम लेख्न आफ्नु|” उहाले यति भनेपछि म पनि नाम लेख्न लागे,मेरो मात्र हैन हामि दुबैको| आजको दिनको अन्तिम ठाउ यहि थियो,यहा बाट हामि लागेउ हामि बस्ने होटेल तिर|
