Part 63

उहा कुन बेला उठ्नु भयो थाहाछैन ,म ८ बजे उठ्दा उहा झ्याल छेउको कुर्चीमा बसेर कफी र चुरोटको साथमा रमाउदै हुनुहुन्थियो| एउटा हातले आँखा मिच्दै ,अनि अर्कोमा भित्रि लुगा लिएर बाथरुम भित्र पसे म| हिजो रातको रक्सी र उहाको माया,दुवैको मिश्रणको नशाले अहिले सम्म छाड्न मानेको थिएन, नुहाए पछी केहि भएपनि कम हुन्छ कि भन्ने आशा लिएर बाथरुम पसेकी हु म| नभन्दै साच्चिकै निकै हलुको भयो जिउ, अघि सम्म टाउकोमा रहेको दुखाइ ,अहिले कहाँ छ थाहाछैन|
“ल चाडै तैयार हो,बाहिर जानु छ|” म कुन बेला निक्लिन्छु भनि पर्खेर बस्नु भएको रैछ नत्र निक्लिने बित्तिकै यस्तो किन भन्नु हुन्थियो|
“कहाँ जाने हो आज?” उहाले बाहिर नभनी ठाउको नाम भनेको भए मैले यो प्रश्न सोध्नु नै पर्थेन|
“जहाँ भएपनि हो नि,प्रश्न सोधेर बसिस् भने चाही अबेला हुन्छ|” उहालाइ किन हामि कहाँ जाने भनि भन्नलाइ यति गार्हो भएको|
“मलाई भोक पनि लागेको छ,पहिले केहि खाएर मात्र जाने|” उहाले प्रश्न पो नसोध भन्नु भएको, मनको कुरा भन्न पाउछु नि|
“थाहाछ तलाई भोक लागेको छ, के खान मन छ?” म संग यति दिन बसेर यति पनि थाहा पाउनु भएन भने म ज्यान लि हाल्थे नि उहाको|
“कफी अनि जाम-पाउरोटी|” बिहानको खाजामा जाम पाउरोटी नै रुचाउने गर्छु म|
“तेरो छेउको टेबलमा हेर त|” उहाले यति भन्ने बित्तिकै मेरो छेउको टेबल नियालि हेरे, एउटा प्लेटमा जाम,पाउरोटी अनि थोरै आलु थियो,यति भएपछी म दङ्ग भए तर एउटा कुराको कमि चाही महसुस भयो|
“अनि कफी चाही खै नि?” हो कफीको कमि महसुस भएको हो मलाइ|
“त्यो चाही आउदै छ,अघि मगाएको भए चिसो हुन्थियो नि त|” उहाको दिमाग चाही मेरो ओन प्लस भन्दा छिटो चल्छ के|
सुरुमा खाजा अनि त्यसपछि तैयार भए, अनि लागेउ हामि गन्तब्य तिर,त्यो गन्तव्य तिर जसको बारेमा मलाई छेउ टुप्पो केहि थाहाछैन| गफ संगै बाटो पनि कति चाडै कटेको,पुगेउ हाइ गन्तब्यमा| गन्तब्य पुगिसक्दा पनि त्यो ठाउको नाम के हो थाहा छैन मलाइ| उहालाई सोध्न त सोधे तर उहाले एकछिन भन्दै पन्छिनु भयो उत्तर दिन बाट,एक प्लट हैन कैयौ पल्ट| नाम थाहा नभएपनि ठाउ चाही अत्तिनै मन पर्दै गयो,एउटा ठुलो स्तुपाको छेउमा थुप्रै साना साना अन्य मन्दिरहरु,अनि त्यहाबाट काठमाण्डु पुरै देखिने,त्यो पनि एकै नजरमा| मनले मानेन र फेरी सोधे उहालाई ठाउको नाउ,तर उहाले आफै थाहापा भनेर फेरी पनि पन्छिनु भयो| अरु मान्छेलाई सोधेको भए सजिलै थाहा हुन्थियो तर घुम्न आएको ठाउको नाउ पनि थाहाछैन भनेर भन्दा के सोच्ने हुन् भन्ने लाजले त्यो उपाय पनि काम लागेन| उहालाइ कति पल्ट फेरी पनि सोधे कति पल्ट तर उहाले फेरी पनि नाम भन्नु भएन,जिद्दी गरे तर पहिलो पल्ट हो मेरो जिद्दीपनले उहालाई केहि असर नगरेको| एकछिन उहा संग रिसाउदै र साथै यो ठाउको वातावारणमा रमाउदै अघि हामि घुम्दै थियौ|
“यो स्वयम्भु हो|” घुम्दै जाड़ा एउटा ठाउमा पुग्ने बित्तिकै मेरो मुखबाट यो वाक्य यति ठुलो आवाजमा निक्लियो,वरिपरिका मान्छे मलाई हेर्न लागे,लाजले भुतुक्क हुन पुगे म| जहाँ म उभिएकी थिए,त्यहाँ एउटा बोर्ड देखे जसमा लेखिएको थियो “यहाँ जोडीहरु बस्न मनाही छ|”| यो देख्ने बित्तिकै म पक्का भए,म अहिले स्वयम्भुमा छु| “नपलाएको माया”मा यो कुरा उल्लेख भएको थियो र देख्ने बित्तिकै ठाउ चिन्न सजिलो भयो मलाई| अब त्यहा उल्लेख भएको हरेक पल बाच्न मन लाग्यो मलाई|
“चिनीछस् त|” 
“अब त्यो सिक्का फ्याल्ने ठाउमा नि जाने नि हामि|”
“अनि आस्क्रिम नि खाने होला हैन?” 
“बाठो,छुने बहाना खोजेको होला है|”
“तलाई लाग्छ केहि छुन बाकि छ?” उहाले यति भन्दा कस्सम मेरो गाला राता भएर आए र म केहि बोल्न सकिन|
२ बजे सम्म हामि स्वयम्भुमा नै बसेउ, एउटा कथाको पात्र भइ| आज जति खुसि म कहिले भएको छैन होला,यहि खुसि ब्यक्त गर्दै मैले उहालाई भने “आज म पनि कुनै कथाको पात्र भएको जस्तै महसुस भयो|”
“कथाको त्यो पात्र बन्न नखोज जो कथामा आधारित हुन्छ,त्यो पात्र बन्न खोज जसमा कथा आधारित हुन्छ|” उहाको यो वाक्यले फेरी एक पल्ट मन जित्यो,मा यहि एउटा छ तर कति पल्ट जित्नु भएको उहाले| स्वयम्भुमा नै खाना पनि खाइयो र खाजा पनि| अब बेला भयो स्वयम्भु छाडी अरु ठाउ जाने|
“त कोठामा बस्छ्स कि म संगै जान्छस|” उहाको यो प्रश्नले मेरो मनमा अरु थुप्रै प्रश्नको बाढी आयो,उहा कहाँ जान लाग्नु भयो अब जहाँ म गए नि हुन्छ न् गए नि|

Previous article
Next article

Latest Posts