Part 64

“त कोठामा बस्छ्स कि म संगै जान्छस|” उहाको यो प्रश्नले मेरो मनमा अरु थुप्रै प्रश्नको बाढी आयो,उहा कहाँ जान लाग्नु भयो अब जहाँ म गए नि हुन्छ न गए नि|

“हजुर कहाँ जान लाग्नु भएको हो र?” भोकोले खाना खोजेझै म पनि उहाको जवाफको प्रतिक्षामा छु|

“आज काठमान्डौ बसाइको अन्तिम दिन,साथिहरुलाइ भेट्नु पर्यो नि|” उहाको यो वाक्य र उहाले हामि काठमान्डौ आउने बित्तिकै आफ्नु साथीलाई भनेको वाक्य आयो मस्तिस्कमा “फर्किनु अघि भेट्छु है|” बितेको ५ दिन,उहा मसंग मात्र हुनु हुन्छ,अब एकदिन साथीलाई दिन खोज्दै हुनु हुन्छ, यसमा मेरो आपत्ति हुने कुनै स्थान नै छैन|

“मलाइ जे गरे पनि हुन्छ|” मन मनै मलाइ जान मन थियो तर उहाले साथिहरुसंग केहि समय बिताउन खोज्नु भएको होया,कसरि त्यो खोस्नु मैले| मलाइ जान मन लागेकोमा चाही दुइटा कारण छ| उहालाई आफ्नु सामु मात्र हैन,उहाको साथीहरु अघि कस्तो हुनुहुन्छ त्यो हेर्न मन लाग्नु पहिलो कारण हो भने कोठामा एक्लै बस्न मन नलाग्नु दोस्रो कारण हो| तर मन मार्न सिक्दै छु म,उहाको खुसिको लागि|

“त फेरी कोठामा एक्लै के गरेर बस्छस्? कोठामा एक्लै झ्याउ मानि बस्नु भन्दा मेरो साथीहरुको गफ सुनेर एकछिन पाक बरु|” सायद उहाले मेरो मनको कुरा बुझ्नु भयो,मन भित्र रहेको मनले चाहेको मान्छेले मन भित्रको कुरा त बुझ्नै पर्यो नि| उहाले पनि त्यसै गरि मनको कुरा बुझेको हुनुपर्छ, मैले एकछिन सम्म देखाउनलाई भएपनि नाई नास्ती गरे तर उहाले मेरो अघि यति तर्क राख्नु भयो,मैले उहासंग जान्छु भन्नै पर्यो|

“तर जाने चाही कहाँ हो?”सायद म सास कम फेर्छु र प्रश्न धेरै सोध्छु,तर म यस्तै छु|

“जहाँ भए पनि तलाई नाम किन चाहियो? उसलाई सबै ठाउ थाहा भए जस्तो|” सुन्दा होच्याएर भनेको जस्तो सुनिएला तर मायाले भन्नु भएको हो उहाले,त्यो माया म उहाको आवाजमा बकाइदा महसुस गर्न सक्छु|

“मलाई लगेर बेच्नु भयो भने, नाई मलाई भन्नु कहाँ जाने हो?” उहाले मायाले भन्नु भयो र मैले जिस्किदै मायाले भने|

“तलाई लाग्छ तलाई कसैले किन्छ?किन्ने मान्छेलाइ उल्टै पैसा दिनु पर्छ|” मैले के जिस्किन सुरु गेरकी थिए ,उहा पनि पछी पर्नु भएन|

“कस्तो मात्तिएको हो के बाइ हजुर, ठाउको नाम भन्नु हुन्छ कि म रिसाउ|” उहासंग रिसाउन पनि मायाको साथ मात्र रिसाउन सक्छु,धेरै बेग्लै बनाएको छ उहाको मायाले|

“काल्म रेस्टुरेन्ट जाने हो,महारानी भयो अब?” उहा अलि कति मात्र भएपनि बिच्किनु चाही भएकै हो तर त्यो भन्दा धेरै माया भरिएको थियो त्यो महारानी शब्दमा|

“कहाँ छ त्यो ठाउ?” गुन्द्रुक बनाउदा त्यो भाडामा जति धेरै साग कोचेको हुन्छ नि खलबच्चाले ठुरेर,त्यसभन्दा धेरै प्रश्न छन जस्तो लाग्छ म भित्र|

“टंगालमा छ,अब केहि सोध्ने हैन त्यहि गएर सबै बुझ्छस्|” उहाले यति भनेको लग भग ३० मिनेटमा पुगियो उहाले भनेको ठाउ| त्यहाँ पुग्नु अघि मैले नसोधे पनि उहाले धेरै कुराहरु आफै भन्दै जानु भयो,जस्तै “नेपालको पहिलो भाटभटेनी त्यहि छ,बालुवाटार पनि नजिकै छ त्यहाँ बाट,हामि बस्ने होटल पुग्न त्यहाबाट १० मिनेट लाग्छ” |

पुग्ने बित्तिकै उहाले दुबैलाई कफी भन्नु भयो, अनि चुरोट पनि| यो पालि मैले भन्न बिर्सेकी हैन तर नभनेकी हु, उहा संगै भएर होला यतिका दिन,म पनि चुरोट रुचाउछु अचेल| एउटा मान्छेले कति परिवर्तन ल्याउछन् जीवनमा कुनै सकारात्मक कुनै नकारात्मक, थाहाछैन यो सकारात्मक हो कि नकारात्मक तर परिवर्तन चाही अबस्य हो| १५-२० मिनेट बितेको थियो होला त्यहाँ हामि पुगेपछि,त्यत्तिकैमा उहाको दुइटा साथि आए र गफ सुरु भयो उहाको, गफ संगै कफी पनि| सुरुवात थियो त्यो,उहाको साथिहरु पनि कति धेरै| साथीसंग भेट्न जाने भन्दा 4 ५ जना होलान् सोचेको थिए तर म गलत रैछु, उहाको साथिहरु संग म खासै बोलिन,नबोलेपछि मेरो काम उहाको साथिहरु गनेर बस्ने| गन्दै गए,कुल मिलाएर ७ वटा समुह आए उहालाई भेट्न, अनि सबै मिलाएर ३८ जना,अनि त्यसबीच उहाले ७ कप कफी र १३ वटा चुरोट खानु भयो| ए साच्ची मैले पनि ७ कप कफी अनि 3 त चुरोट खाए यहि बीच|

सबैलाइ म चाही उहाको मिल्ने साथि हु भन्दै चिनाउनु भयो,कत्तिले त मेरो परिचय पाउनु अघिनै मलाई “नमस्ते भाउजु” भन्दै सम्बोधन गरे,लाज र खुसि संगै एकैपल्ट महसुस गरे मैले त्यो बेला| मेरा गाला केहि बेरको लागि भएपनि रातै भए भाउजु भनि सम्बोधन गरिदा| सबै साथीको कुरा सुन्दै जादा,उहाको भेट सबै संग लगभग दुइ वर्ष पछी मात्रै हुदै छ,यो दुइ बर्ष उहाले कोहि संग पनि भेट्नु भएनछ र उहा कहाँ हुनु हुन्छ भन्ने कसैलाई पनि थाहा रैनछ| अर्को कुरा के पनि थाहा पाए भने,अहीले उहाले चलाई रहेको फेसबुक नया रैछ,जुनमा कुनै पनि पुराना साथिहरु छैनन्| अरु पनि धेरै कुरा छन् तर सायद केहि महत्व राख्दैनन् ति कुराहरुले| उहाको साथीहरुको त्यो सातौ हुल गएपछि, एकछिन सम्म कोहि आएनन् उहाको अरु साथिहरु र यसै बीच मेरो एउटा प्रश्न चाही आयो “अरु नि कोहि आउदै छन् र?कि हामि जाने हो|”
उहा थोरै मुस्कुराउनु भयो र छातीमा हात राख्दै भन्नु भयो “आउदै छन् दुइ जना,मेरो मुटुको टुक्राहरू|”

Previous article
Next article

Latest Posts