Part 68

“प्रतिक्षाको डायरी| तिमीलाई दिन भनेकी थिइ|” शोभाले एउटा डायरी ल्याएर मेरो हातमा थमाईदीई| मेरो मनको सबै सोचहरु एकछिन पलायन भए| प्रतिक्षाको डायरीको पहिलो पाना, लेखिएको छ “मेरो सानी|” उसले आफ्नो डायरीलाइ सानी नाम दिएकी रैछे| सायद उसले डायरी पहिलो पल्ट लेखेकी हो, २ पाना मात्र छ|

“ सानी, मनको सबै बात बताउछु भनेर तिमीलाई ल्याएको थिए| तिमीलाई भन्नु पर्ने कुरा कति छ| प्रकाशको बारे पनि  भनेको छैन तिमीलाई, बिस्वासको बारेमा पनि भनेको छैन| जीवनमा कति उतार चढार आए, केहि भन्न पाएकी छैन तिमीलाई|  अरु बखत सुनिदिने र बुझिदिने धेरै थिए, त्यसैले तिमीलाई समय पनि दिन पाइन मैले| तर आज सुन्ने कोहि भएनन् र सुने पनि बुझ्ने कोहि भएनन्, त्यसैले तिम्रो याद आयो तिम्रो|

पहिलो पल्ट तिमिलाइ आफ्नो मनको बात बताउदै छु| बिस्वासबाट नै सुरु गर्छु र बिस्वासमा नै अन्त्य गर्छु है मेरो कुरा | बिस्वाससंगको पहिलो भेट, मलाई उहा एकरत्ति पनि मन पर्नु भएको थिएन| कस्तो छुच्चो जस्तो लाग्थियो उहाँ, तर मान्छेलाइ पहिलो भेटमा नचिनिदो रैछ| उहाँ संगै बस्न लागेपछि बल्ल उहालाई बिस्तारै बुझ्दै गए| अनि बल्ल थाहाभयो, उहा मान्छे मैले सोचे भन्दा निकै भिन्न हुनुहुदो रैछ|

सानी, म तिमीलाई कसरि भनौ what I felt about him. हुन्छ नि, उहाको हरेक चिज मन पर्न लाग्यो मलाई| I was falling for him. तर उहालाई भन्न सकिन| भनौ पनि कसरि, उहाले के सोच्नु हुन्थियो होला| पर्खे, एक दिन, दुइ दिन अनि आफुलाई सम्हाल्न सकिन| बिस्वाश is all I want in my life| हो यहि feel गर्न लागे मैले| उहालाई भने आफ्नो मनको सबै भावना तर उहाले स्विकार्नु भएन| म जति चाहन्थिए उहासंग नजिक हुन, उहा त्यति नै मलाई स्विकार्नु हुन्न|

सम्बन्धको पहिलो पाइला नै मैले चाले| उहाले कति पन्छिन खोज्नु भयो तर मैले नै उहालाई ल्याए आफ्नो नजिक| उहाले नचाहदा नचाहदै पनि मैले नै उहालाई जबर्दस्ती सम्बन्धमा गासिए| उहाले हुन्न हुन्न भन्दा भन्दै पनि, मैले नै उहालाई आफुसंग नजिक ल्याए| नगरकोटमा पहिलो पटक, कसरि भनौ सानी तिमीलाई| नगरकोटमा मेरो मनले मात्र हैन, मेरो शरीरले पनि उहाको माया खोज्न लाग्यो| But he was never into it. उहाले मान्नु नै भएको थिएन, तर उहालाई convince गरेर मैले उहासंग पहिलो पल्ट ओछ्यानमा पनि एक भए|

मायाको सुरुवात मैले गरे, बिस्तारै he also started to love me… तर मनमा जहिले एउटा मात्र डर थियो, कहिँ यो माया मैले कर गरेर त हैन नि? उहालाई अहिले पनि अतितले सताउदै थियो| बेला बेला के सोच आउने भन्दा, he has not moved on from his past. I compelled him into the relationship. म उहाको माया नभएर जिम्मेवारि त हैन भनि पनि सोच्ने गर्थिए| तर जब उहाको माया सम्न्झिन्थिए, यो सबै सोच हराउथियो र उहासंग भबिस्य कल्पना गर्न लाग्थिए|   सम्बन्ध कुनै समयमा केहि चिसिएको पनि थियो तर मायाको न्यानो पनले मनको चिसोलाइ बसी खान दिएन|

I always believed in destiny. त्यसैले त होला बिस्वास निष्ठा बहिनीले गर्दा बिस्वास बुटवल आउनु भयो| प्रकाशलाइ चिने अनि प्रकाशबाट मैले निष्ठा बहिनिलाइ चिने| अनि त्यहि प्रकाशले गर्दा मैले आफु काम गर्ने अफिस फेरे र बिस्वासलाइ चिने नया अफिसमा|  बिस्वासले गर्दा नै म काठमाण्डौ पनि पुगे| प्रकाशले मलाई नै माया गर्नु हुन्छ थाहाछ तर यो मायाको अस्तित्व मजबुरी त हैन नि भन्ने चाही जहिले लाग्ने मलाई? जब काठमाण्डौ पुगे, अनि थाहाभयो निष्ठा बहिनीले अहिले सम्म पनि बिस्वासलाइ माया गर्छे| उसले अहिले सम्म पनि बिस्वासलाइ बिर्सिन सकेकी रैनछे|

निष्ठा बहिनीले भनेको एउटा वाक्य घुम्न लाग्यो दिमागमा “बिस्वासले मलाई अहिले पनि माया गर्नु हुन्छ तर अहिले अरु कोहि संग सम्बन्धमा हुनुहुन्छ| यदि त्यो सम्बन्धमा नगासिएको भए, बिस्वास मेरो हुनुहुन्थियो र हाम्रो पनि एउटा राम्रो जोडी हुन्थियो|”  सानी तिमीले बुझेको छौ नि नाइँ तर यो वाक्यले मलाई पिरोर्न लाग्यो| बिस्वासले मलाई माया गर्नु हुन्छ तर मेरो माया उहाको चाहना नभएर जिम्मेवारी र मजबुरी हो भन्ने सोच म माथि झन् हाबी हुदै गयो|

बिस्वास आफै आउनु भएको हैन मसंगको सम्बन्धमा| उहालाई मैले ल्याएको हो जबर्जस्ति, उहालाई ट मन नै थिएन| हुन्छ नि i forced him into relationship| यदि उहा मसंग relationship मा हुन्थिन भने, निष्ठा हुन्थी| मसंग सम्बन्धमा भए भन्दा निष्ठा संगको सम्बधमा उहा खुसि हुन्हुन्थियो| म कसरि आउन पुगे उहा र निष्ठाको बीच| म खुसि छु र बिस्वास नि खुसि हुनुहुन्छ हाम्रो सम्बन्धमा तर मसंग भन्दा निष्ठासंग बिस्वास भएको भए| निष्ठा खुसि, बिस्वास झनै खुसि, दुइ जनालाइ देखेर म झनै खुसि| जीवन भनेको खुसि ट हो| तर मैले गर्दा अनि मेरो बिस्वाससंगको सम्बन्धले गर्दा, निष्ठा दुखि छे, विश्वास चाहेको जति खुसि हुनुहुन्न र यो सबै देखेर म कसरि खुसि हुनु|

त्यसैले आज, म तिमीलाई यो सबै सुनाउदै छु सानी| यदि म भइन भने, बिस्वास खुसि हुनुहुन्छ, निष्ठा झनै खुसि र यो सबै देखेर म पनि खुसि| जीवन र सम्बन्ध दुवै मा चाहिने खुसि नै त हो | सानी सायद यो कुरा बिस्वासले बुझ्नु हुन्न,निस्थाले बुझ्दिन होला| तर तिमीले त बुझ्छौ नि| They are not genius but u r genius enough, त्यसैले त तिमीलाई पोख्दै छु यो सबै मनको कुरा|

मलाई आफु जस्तो नराम्रो मान्छे नै पाइन| बिस्वास जस्तो साचो प्रेमीलाइ मैले आफ्नो मायाको जालोमा फसाए| म काडा भए, निष्ठा र बिस्वासको माया को गन्तव्यको बाटोमा| त्यसैले I decided to end up my life and build a path of love…सानी, तिमीले बुझेउ नि? आत्महत्या जहिले मजबुरी हुन्न कहिले चाहना पनि हुन्छ| अनि खुसि पनि| आज म खुसि छु, निष्ठा अनि बिस्वासको लागि|

मैले जबरजस्ती बिस्वासलाइ आफ्नो सम्बन्धमा गासे| अब निष्ठासंग सम्बन्धमा गासिनु भनेर मैले उहालाई जबर्दस्ती गर्न मिल्दैन| तर मेरो चाहना बिस्वास र निष्ठाको नाम जसरि पर्यायबाची छ नि, उनीहरुको सम्बन्ध पनि त्यस्तै होस्| मैले उहालाई निष्ठासंग जानु भनेर जबर्जस्ति गर्न खोजे तर उहाले मान्नु भएन, त्यसैले सक्ने काम गरे| आफ्नी प्राण त्यागे| सानी, तिमीलाई भन्दै छु, अरुले नबुझे पनि तिमिले बुज्छौ जस्तो लाग्छ| सानी, आज पहिलो पल्ट अनि अन्तिम पल्ट तिमीलाई यो सबै भन्दै छु| जति हक तिमीमा मेरो छ नि, त्यति नै हक बिस्वासको पनि छ| मलाई पछी अभ तिमीलाई बिस्वासले मात्र छुनु हुनेछ| सानी, धन्याबाद मेरो कुरा सुनिदेकोमा| बिस्वासले ट त मेरो फोन नि उठाउनु हुन्छ| भयो सानी, म अरु केहि भन्दिन, नत्र तिम्रो यो पाना हरु पर्याप्त हुन्न| त्यसपछि तिमीलाई सौता हाल्नु पर्छ, जुन म चाहन्न| sorry सानी, m गएको ल| हाम्रो पहिलो अनि अन्तिम भेट सम्जन योग्य  भयो होला|”

प्रतिक्षाको डायरी पढ्दा, केहि शब्दहरु पहिले देखि भिजेको थियो उसको आशुले र केहि पानाहरु मेरो आशुले भिज्दै गयो| उसले भावना पोख्दा शब्द भिजेका थिए, अनि मैले उसको भावना बुझ्दा| उसको घरमा प्रतिक्षाको मृत्युको खबर दिन म सक्दिन, हिम्मत छैन मसंग| उहाको बाआमालाइ मैले आफ्नै बाआमा मान्छु| अब उहालाइ कसरि मैले यो सबै भनौ| शोभाले नै भनि यो सबै| हिजो रातभरि अभि र पंकजसंग थिए, रातभरि रक्सिमा मात्तिएको| अहिले प्रतिक्षाको मृतु, आफैलाई सम्हाल्न सक्ने हालतमा थिइन| मोबाइलमा पनि चार्ज नभएर, मोबाइल अफ छ|

बिहानको दस बजे, आर्यघाटमा प्रतिक्षाको लासलाइ दागबत्ती दिएको देख्दा मेरो मन पनि जलेको छ| प्रतिक्षा हैन, उसंग मेरो पनि मन मरेको छ| उसको मृत्युको कारण मैले बुझे तर उसले मलाई चाही बुझेको रैनछ| प्रतिक्षाले आफुलाई  मेरो मजबुरी सम्झिएको रैछे, तर उ मेरो माया हो| अनि निस्थालाई उसले मेरो माया सोचेकी रैछे, तर उको अन्तिम चाहना म अनि निष्ठासंगै हुनु, त्यो चाही मेरो मजबुरी हो| अब उसको लागि भएपनि निष्ठालाइ मैले अप्नाउछु, यो मेरो चाहना हैन मजबुरी हुनेछ|

सबै सकेर,चार्जर पन्कजकोमा छ, राति ९ उसकोमा गएर मोबाइल चार्ज गरे| एन्सेलको मिस्ड-कल नोटिफिकेसन सेवाले गर्दा थाहाभयो, निष्ठाले मलाई आज बिहान फोन गरेकी रैछे| मेरो मोबाइल अफ थियो| अब निष्ठालाइ मन होस् या नहोस् तर उसंग मलाई सम्बन्ध गास्नु छ, प्रतिक्षाको लागि भएपनि| मोबाइल अन गर्ने बित्तिकै एउटा एस.एम.एस पनि देखे, निष्ठाको नै हो| “ हजुरको फोन लागेन, मैले हजुरलाई पहिले भन्नु पर्ने थियो तर भनिन,म जादैछु| “ निष्ठाको यो मेसेजले भन्न खोजेको के? निस्थाले पनि प्रतिक्षाले पनि ? मनमा अर्को प्रश्न घुम्न लाग्यो| निष्ठालाइ फोन गरे तर अफ छ उसको फोन| अब के गर्ने? निष्ठाको साथि सृस्ति को नम्बर रैछ म संग| फोन गरे सृस्तिलाइ|

“नानु, निष्ठा कहाँ छे,उसकोको मोबाइल किन अफ?” समय खेर नफ्याली, मनको एक मात्र प्रश्न गरे सृस्तिलाइ|

“दादा निस्थाले हजुरलाई भनिन? उसको अमेरिकाको भिसा लाग्यो नि|आज ११ बजेको फ्लाइट छ उसको” सृस्तिले यति भनेपछि निष्ठा मेरो अघि आइ अनि उसले भनेको एउटा वाक्य आयो दिमागमा| “मसंग धेरै समय छैन” निस्थाले यहि भन्ने गर्थी| मैले उसले भनेको यो कुरालाइ कहिले ध्यान दिईन, तर उसले के भन्न खोजेको बल्ल बुझे मैले| उ बाहिर जादै रैछे, त्यसैले उसले मलाई अन्तिम पल्ट बोल्न खोजेकी रैछे अनि भेट्न पनि| आफु बाहिर जानु अगाडी बाकीं रहेको सबै पल उसले खुसि भइ बाच्न खोजेको रैछे| तर मैले न निष्ठालाइ खुसि राख्न सके र न प्रतिक्षालाइ|

प्रतिक्षाको अन्तिम इच्छा त पुरा गर्नुछ मलाइ|  सृस्टि संग निष्ठाको मामुको नम्बर लिए र उहालाई फोन गरे| फोन लाग्यो, एयरपोर्ट भित्र १५ मिनेटमा छिर्ने रे| ट्याक्सी लिएर एयरपोर्ट पुगे, निष्ठा भित्र पसीसकेकी छे| एयरपोर्टमा निष्ठासंग भेट्न पाईन तर उसलाई हेर्न चाही पाए उनि ब्याग चेकिंगमा थिइ| म कस्तो पापी रैछु, न प्रतिक्षालाइ पाए आफ्नु जीवनमा अनि उसको अन्तिम इच्छा पुरा पनि गर्न सकिन| प्रतिक्षा दुनिया छाडेर मबाट पर गइ अनि उसको अन्तिम चाहना सात समुन्द्र पारि जादै छे|

प्रतिक्षाले भने जस्तै जीवनमा खुसि त चाहिने हो| प्रतिक्षाले आफ्नो जीवन त्यागेर खुसि भई, अनि निष्ठा नया जीवनको सुरुवात गरेर| म भने, तड्पीदै छु, प्रतिक्षालाइ पाउन नि सकिन न् उसको चाहना पुरा गर्न| निष्ठा र प्रतिक्षा दुबैले आफ्नो जीवनको खुसीको यात्राको सुरुवात गरे अब पालि मेरो|

The End

Previous article

Latest Posts