अघि सम्म उहाको यो बर्णनमा हराएको थिए तर जव उहाको अन्तिम वाक्य सुने,न मलाइ रिसाउन आयो न म खुसि नै हुन सके|
उहाले बर्णन गरेको हरेक शब्द संगै म एउटा मानिसको कल्पना गर्दै थिए, एउटा मान्छेको रुप देखि व्यवहार सबै सिर्जना गरिसकेको थिए मनमा,उ कस्तो देखिन्छ,उसको अवाज कस्तो छ सबै सोचिसकेको थियो मेरो दिमागले तर उहाले जब एयरफोन भन्नु भयो,मेरो सबै कल्पनाहरु खेर गए| रिसाउन चाही खोजेकी हु मैले पनि तर सकिन,संगै बस्ने भनेकै अबको १ घण्टा थियो, किन खल्लो बनाउनु यो पल|
उहाले मलाई मेरो घर सम्म छोड्न आउनु भयो र त्यसपछि जानु भयो आफ्नु घर तिर तर उहासंग बिताएका यो सात दिनको सम्झनाहरुले चाही छाड्न मानेन मेरो साथ| घरबाट निक्लिदा म एक्लो निक्लिएकी थिए,फर्किदा बिस्वासको माया साथमा लिएर फर्किदै छु|
घरमा आमालाई देख्ने बित्तिकै आफै आखा रसाएर आयो मानौ आखा हैन कुनै पानीको मुहान हो| पहिलो पल्ट थियो आमा बाबा संग यति धेरै समयको लागि टाढा भएको,टाढा हुदा माया गाढा हुन्छ सुनेको थिए,हो रैछ| आमालाई देख्ने बित्तिकै उहाको अन्गालोमा गएर कैद भए, यो महसुसको लागि म जीवनको सारा खुसि त्याग्न तैयार छु| त्यसपछि सिधै आफ्नु कोठा गए अनि त्यसपछि घरको एक एक कुना घुमेर भ्याए तर बाबालाइ देखिन|
“बाबा खै त?” आमा र बाबाको माया मलाई उत्तिकै लाग्छ,बाबालाई नदेखेपछि यो प्रश्न स्वाभाविक नै हो मेरो|
“काठमान्डौ जानु भएको छ,भोलि मात्र आउनु हुन्छ|” आमाले यति भन्दा मन भित्रको खुसीको ठाउ डरले लियो, बाबाले मलाइ कहिँ देख्नु त भएन नि म काठमाण्डौमा हुदा|
“कहिले जानु भएको?” रहरले हैन डरले गर्दा उत्पन्न प्रश्न भएको प्रश्न हो यो|
“आज बिहान|” आमाले यति भन्दा अघि छोडी गएको खुसि फेरी फिर्ता आयो मनमा|
“अनि किन जम्मा दुइ दिनलाई जानु भएको?” मनमा आएको अर्को प्रश्न,सोधे मामुलाई|
“तेरो बिहेको कुरा गर्न,केटा काठमाण्डौको|” आमाले यति भन्दा एकछिन शब्द बिहिन भए,केहि शब्द आएन ओठमा,मन भित्र भने शब्दको भेल नै थियो|
“नजिस्किनु न,भन्नुस न|” सके जति बल गरे, अनि यति शब्द ल्याए आफ्नु ओठमा|
“त संग किन जिस्किनु नि म, उहाहरु पनि भोलि आउदै हुनु हुन्छ तलाई हेर्न भोलि|” मामुले यति भनेपछि मैले केहि बोल्न नै सकिन| मन नै बिरक्त भएर आयो,बिस्वासलाई पनि फोन गर्न मन लागेन| बेलुका पनि खाना खानलाइ मात्र कोठाबाट निक्लिए| ममुसंग पनि बोल्न मन लागेन,आखिर यति ठुलो निर्णय लिनु अघि मलाई सोध्नु त पर्छ नि| बिहान उठ्दा सिरानीमा आशुको दाग थियो|
