“पार्टी कहिले त हिरो?” एउटा पछी अर्को नाम अचम्म छ बा | फेरी के कुराको पार्टी मागेको पनि पत्तो छैन आफुलाई |
“के को पार्टी?” सोध्नु त पर्यो नि आखिर कुरा के हो, कि अनायसै जिस्काउदै छिन् मलाई |
“”एकैछिनमा नया girlfriend पायौ नि त “ जे कुराले म रातो पिरो भएको थिए,उसले त्यहि कुरा सहज रुपमा लिएर,हावामा मिसाइदीन, चुरोटको धुवा जसरि | मन चाही हलुको भयो मेरो |
“रौसि को नसा जसरि एकछिन मात्र हुने प्रियसी के काम, सधै भरिको भए कुरा अर्कै हो |” जिस्केर भए पनि मनको कुरा चाही उसको अघि राखिदिए मैले | चाहे उसले जसरि लिए पनि यो कुरालाई, मेरो काम मनको कुरा भन्नु थियो, त्यो मैले गरे |
“मेरो सामु प्रेम प्रस्ताब राखेको हो ?” दुइ तर्फी बोल्दा उसले जहिले मलाई पानि पानि बनाउने कुरा मैले पहिले पनि भनिसके | अभ हो भनु भने, उसले के सोच्दी हो, सिधा शब्दको प्रयोग गर्ने हो भने बोका नै भन्दि हो | हैन भनु भने मनले नै नमान्ने |
“साची यहाँ सिक्क फ्याल्ने ठाउ पनि छ हैन, जाम न त्यता |” केटि घुमाउन नजाने पनि कुरा घुमाउन चाही सिपालु थिए म | ३६० डिग्रीमा फन फनी कुरा घुमाउन सक्ने कला भने थियो मसंग | अरु जे भएपनि, मैले भनेको सबै कुरा एक बचनमा हुन्छ भन्थि उसले|
आफैलाई ठुलो बनाएको भने हैन तर हरेक पल्ट सिक्क फ्याल्दा ठाउमै जाने मेरो | पहिले पनि यो भइसकेको थियो र आज पनि त्यस्तै नै भयो | अभ यहाँ अचम्म चाही के भयो भन्दा,उसको पनि सबै सिक्कि ठाउमा गयो र तेस्रो सिक्का अड्डिने बितिकै उसले उफ्रिदै भनि “ Lets make a wish”. उसले जो भनेको हो ,मान्नु त पर्यो नै, मनमनै केहि मागे र उसले पनि मागी | आखाँ चिम्म गरेकी थि पक्कै मागेकै हुनु पर्छ |
“ Ice-cream खाने नि ” उसले भने पछी मैले हुन्न भन्ने कुरा नै हुन्न | गए र उसको लागि icecream ल्याइदिए र आफ्नु लागि भने dew |
“थ्यान्क यु,Girlfriend ले भनेको कति सजिलै मानेको |” उसले एउटा कुरा पाउनु मात्र पर्छ, सबै काम छोडेर जिस्काउन लाग्छे | अभ यहि कुरामा अझै कति जिस्काउने हो उसले | तर मन मनै चाही अत्तिनै खुसि हुदै थिए, बाहिर देखाउन नमिलेर मात्र हो | जवाफ त दिनु थियो उसलाई, केहि राम्रै जवाफ दिन्छु भनेर तैयार मात्र के भएको थिए, मोरो बादर आयो र उसको icecream लिएर गयो | साच्चिकै बादर रैछ, भन्न लागेको कुरा भन्न पनि दिएन |
कस्तो मज्जाले भन्न लागेको थिए “ मान्नु त पर्यो नै ,किन कि तिम्रो boyfriend जो परे ” तर भाग्यले साथ नदिएपछि कस्को के लाग्छ र |
कस्तो मज्जाले गफ गरेर बसेको, झ्याप्प आयो त्यो बादर र उनको हातमा भएको icecream लाइ झम्तियो | उसको औलाहरुले समातेर राखेको icecream, जब उसको हातबाट खस्यो, icecreamको पहिलो ठक्कर उसको छातीसंग भयो,दोस्रो उसको पैताला र तेस्रो भुइँ संग | भुइँमा खसेको icecream लिएर बादर भाग्यो र icecream संगै मैले बोल्ने वाक्य पनि | Icecream पुछिदिउ भनेर उसको छातीमा हात लागेको मात्र के थिए, उसले जिस्केर भनि हालिन् “छुने बहाना पायौ है ?” नियत मेरो सोझो नै थियो तर पनि समय र परिस्थिति केहि फरक |
यस पछी बल्ल थाहाभयो आज जे भए पनि दिन चाही मेरै थियो, भगवानले एउटा धोका बन्द गरे तर झन् अर्को भब्य धोका खोलिदिए | अघि देखि भन्न आतुर थिए यो वाक्य, गर्भको साथ बोले “ Girlfriend हैन तिमि मेरो ? जाबो त्यति छुन नि हुन्न ?” फेरी बोल्नु अगाडी सोचिन | पहिलो वाक्यमा खराबी केहि थिएन तर दोस्रो वाक्यले मेरो र बोकाको चरित्र लगभग उही बनाइदियो |
तर उसलाइ अभ यस्तो कुराहरु मज्जाले हजम हुन्छ भनेर म निस्फिक्री थिए | र मेरो यो सोचको पुस्टि उसको वाक्यले गरिदियो “ यति सजिलो छ र, कहाँ यति सजिलै हुन्छु र girlfriend?”
“त्यति सजिलोले चाही बनाको हैन है मैले तिमीलाई GF, अघि त्यति फोटो कसले खिचिदियो ?” अभ जे बोले नि हुन्छ उसंग भनेर ढुक्क थिए म |
“त्यहि त है गफाडी, खुब आउछ गफ |” अघि देखि गफ हान्ने र बोल्ने भने उ, अनि गफाडी चाही म? अचम्म छ बा! यस्तै केहि गफ बीच हामि एक अर्को ठाउ पुगेउ, जहाँ रुखमा टाँगिएको बोर्डमा लेखेको थियो “जोडी बस्न मनाही छ |” सायद उसले त्यो नदेखे पनि मैले चाही देखे र त्यहाँ बस्न मन नभई नभई पनि उसको करले गरेर त्यहाँ गएर बसेउ हामि | सरकारले भन्दा उसले धेरै कर लागको देख्दा अचम्म लाग्छ | फेरी नेपाली जो परेउ हामि , ज नगर भन्यो त्यहि गर्नु पर्ने, त्यहाँ जोडी हामि मात्र हैन अरु पनि थिए | भुलेको पो, हामि त जोडी नै पो हैन नि |
