“अघि तिमीले के मागेउ त्यहाँ?“ यो प्रश्नको पर्खाईमा थिए म | उसले पक्कै पनि सोध्छे थाहा थियो र सोचे जस्तै उबाट आयो यो प्रश्न | त्यसैले उत्तर तैयार थियो मसंग |
“भन्दिन ! किन भन्नु नि?” जति तैयार भएपनि मेरो उत्तर दिने पारा त्यहि हो |
“भन भन्दै छु |”
“के माग्यो नि भन्ने हो र,त्यो त मनमै राख्ने कुरा पो हो |”
“ अनि कसैलाई पनि भन्दिनौ र ?”
“ मनमा राखेको कुरा मनमा राखेको मान्छेलाई मात्र भन्छु |”
“त्यसै गफाडी भन्छु तिमीलाई , भन भनेको के मागेउ ?”
“ नाम भन्न पैसा लिने मान्छे, मनको कुरा त्यसै भन्छु होला?”
“के चाहियो भन त्यसो भए|” कानले उसको वाक्य सुनेपनि मेरो ध्यान चाही अलि पर बसेको जोडीमा थियो,उनीहरु चुम्दै थिए र एकअर्कामा हराएका थिए | नेपाली हु, डोजरले बाटो खन्दै गर्दा त घन्टौ हेरेर बस्ने बानि छ झन् अहिले त आफ्नै अगाडी एक जोडीले चुम्बन गर्दै थिए, नहेर्ने कुरै भएन | सायद कन्चनले देखिन यो कुरा र मलाई कोट्याउदै सोधिन् “के चाहियो भन त |”
मैले जे देखे उसलाई पनि त्यहि देखाउन मन लाग्यो र जोडी तिर हेरेर सानु स्वरमा भने “ उता हेरन| “ मैले भन्न खोजे एउटा,उसले बुझिन् अर्को | मैले केवल जोडीलाई हेर भन्न खोजेको तर उसले अनर्थ सोची छे |
“छ्या कस्तो मात्तिएको, you wanna kiss me ?” कस्तो अप्ठ्यारोमा पारि उसले | मन हुन्छ भन्ने थियो तर भनम कि नाई भयो | हुन्छ भन्ने बित्तीकै उ उठेर गई भन्ने डर पनि थियो | तर आज मसंग सबै कुरा सकारात्मक नै जादै थियो ,भगवान दाहिने भएर होला | सिधै हुन्छ भनिन तर आको मौका पनि नाफ्याली मुख खोले “ के लाग्छ तिमीलाई ?”
“मलाई केहि नि लाग्दैन?” उसको भनाइको पाराले केहि दोधारमा परे,आखिर उसको मनमा के छ भनेर | उसको मनमा जे भएपनि,मेरो मनमा उसले पलाएको झिनो आशा थियो र त्यो झिनो आशा झन् बढ्दै गयो |
“केहि लाग्दैन रे, तिमीलाई लाज लागिसक्यो|” हुन त मेरो वाक्य छेउ न टुप्पोको थियो तर उसले लजाएर आफ्नु नयन र मुन्टो संगै झुकाइन् | बुझ्नु पर्ने कुरा बुझे मैले र आफ्नु ओठ बिस्तारै उनि तिर लगे र उसको घाती समातेर केहि आफु तिर ताने र अभ उसको ओठको स्पर्स महसुस गर्दै थिए म | आज सम्म Strawberry मलाई कहिले मन परेन, न स्वाद न बासना | उसले अघि खाएको strawberry icecreamको स्वाद अहिले सम्म रैछ उसको ओठमा र आज जिबनमै पहिलो पल्ट मलाई strawberry को स्वाद मन पर्यो | उसले जति मज्जा लिएर त्यो icecream खान खोजेकी थि , मैले पनि त्यहि पाराले उसको ओठको स्वाद लिन खोज्दै थिए तर उसको र मेरो भाग्य उही, बादरले उसले स्वाद लिन खोजेको icecream लग्यो र उसले मैले स्वाद लिन खोजेको आफ्नु ओठ | एकछिन दुवै बीच अनौठो मौनता छायो र उनि अर्को तिर हेर्दै थिइन्|
मौनतालाई तोड्ने जिम्मा मेरै थियो र मैले भने “ आज ब्रस गरिनौ र तिमीले?”
“किन र “ कति सानु स्वरमा उत्तर देकि उसले | अघि सम्म बाघ उनि, अहिले परिबर्तन भईन्| पहिलो पल्ट हो मैले उसलाई यसरि देखेको,पुरै लजालु | अरु बेला भएको भए यो प्रश्नको उत्तर मलाई उल्लि बिल्ली बनाउने गरि आउथियो तर अहिले भने छोटो मिठो उत्तर आयो |
“अनि किन यति सानु किस नि ?” नेपालीले चान्स पाएपछि गर्छ नि ,हो म त्यहि चान्स खोज्दै थिए उ संग अझै केहि नजिक हुन |
“हेरन बाठो हुन खोजेको|” अघि सम्म उसले ओढेको लाजको बोक्रा बल्ल हटाउदै थिन |
“म बाठो रे ! पहिले भनन किन यति सानु किस ?” म भने त्यहि एउटा कुरामा मात्र अडिएको थिए | न् अड्डिनु पनि किन, उसको ओठको स्वाद पुगेकै थिएन |
“चुप भने नि |” उसले मलाई चुप लगाउने धेरै प्रयास गरि तर म कहाँ मान्थे र त्यति सजिलै | मैल जिद्दी गर्न भने चाहिं छोडिन |
“नाई के भन्दिन,मलाई लाज लाग्छ|” अघि भर्खर हटाएको लाजको बोक्रा फेरी उसले ओढी र थप लजाउन लागि | त्यतिकै सोधेको प्रश्न यहाँ सम्म पुग्छ भन्ने कसले सोचेको थियो र, तर अभ मलाई उत्सुकता थियो आखिर लाज के को भनेर ||
“लुगा लाको छौ के को लाज ,भन खुरुक्क|” मेरो उत्सुकता त्यो सिमा मा पुगी सकेको थियो कि अभ उसले के सोच्ली भन्ने खयाल नै गरिन मैले | गरिन भन्दा पनि खयाल नै रहेन |
“ नाई ,तिमीले जिस्काउछौ मलाई “ अभ यति सुनेपछि मलाई अघिको कुराको उत्तर नभई भएन | अभ फकाएर होस् या रिसाएर ,मलाई उत्तर जान्नु थियो |आखिर मेरो सानु प्रश्नको उत्तर ,जुन छ या छैनमा सकिन्थियो , उसले किन यति धेरै लम्ब्याइन | धेरै बेर मैले कोशिस गरे र अन्त्यमा उसले भनिन् “ है छनी…….”
