सोच्न लागे म, दिमागमा जोड दिन लागे,दिमागमा सोचहरु अथाहा छ तर पनि दिमाग खालि भएको छ,कस्तो अचम्मको संयोजन हो यो| निष्ठाले pregnant छु भन्ने बित्तिकै म अत्तालिएको थिए तर निष्ठाको सामु दर्शाउन मिल्दैन थियो| उसको सामु सामान्य रुपमा प्रस्तुत गरे स्वयंलाइ अनि आफ्नु भावनालाई तर म भित्र भित्रै धेरै नकारत्मक र थोरै सकारात्मक सोचहरु सुचारु भइसकेका थिए| भबिस्य सोच्न थालि सकेको थियो मेरो मगजले,यदि यसो भए भने कसो हुन्छ र त्यसो भयो भने कस्तो हुन्छ भनि|
निष्ठालाई भेट्न जादा म खुसि भएर गएको थिए,केहि अरु कुरा सोचेर गएको थिए तर भयो केहि अरु| Ncell को त्यो ग्राहक जसले खुसि हुदै ५०को रिचार्ज हाल्छ तर ४० रुपे सापटीमा जान्छ, KBC को त्यो बिजेता जसको ३३% सरकारले लान्छ, त्यो प्रेमी जसको चोखो प्यारलाइ PR वालाले लान्छ, त्यो बिधार्थी जसको बन्दमा पनि पढ्न जानु पर्छ,त्यो ५०० cc बाइकको धनि जो सधै कोटेश्वरको जाममा फस्छ, मेरो हालत यस्तै भएको थियो| जो खुसि हुन खोज्छ तर चाहेर पनि खुसि हुदैन, सायद उसको भाग्यमा खुसि लेखिएकै छैन|
अब के गर्ने,के गर्नु पर्छ,कहाँ जाने,कहाँ जानुपर्छ, मलाई केहि थाहा छैन| गर्नुपर्ने काम धेरै छ तर सुरुवात खै कहाबाट गर्ने हो,केहि थाहा छैन मलाई|हो मलाई केहि थाहाछैन| बरु परिक्षामा जवाफ भेटिएला, नेपालमा कानुन भेटिएला, नेतामा देश प्रेम भेटिएला,लुम्बिनीमा बुद्ध भेटिएला, धोका नपाएको प्रेमी भेटिएला, देशको हराएको शान्ति भेटिएला, सिमानाको हराएको सिमाना स्तम्भ भेटिएला, हराएको मोजाको जोडी मोजा भेटिएला,पैसा तिर्न बाकि रहेको भेटिएला, सम्बन्धमा केटीको गल्ति भेटिएला तर मैले भने केहि मेसो भेटिन| आखिर कसलाई सोध्नु के गर्नु पर्छ भनि,कहाँ जानु पर्छ भनि|
अघिनै भेनिसके,दिमागमा धेरै नाम अनि जुक्ति थिए तर पनि दिमाग खालि थिए,त्यसैले झन् गाह्रो पर्यो थप केहि सोच्न| अनि दाइ आउनु भयो दिमागमा,गुगल दाइ, कस्तो ढिलो चलेको मेरो दिमाग| गुगल दाइ संग सबै समस्याको हल छ भनि कसरि भुल्न सक्छु म| अघिनै यति दिमाग लगाएको भए दुनिया थरि कुरा सोचेर त बस्नु पर्थेन| कोहि अविकल हुन्नन्,गुगल दाइमा यो कुरा कसरि भिन्न हुन सक्छ| दुइटा नाम भेटे औसधिको “Mifepristone” अनि “Misoprostol” तर कहाँ पाउछ भनि थाहा छैन| सामान्य औसधि पसलमा पाइन्न भन्ने कुरा चाही म पक्का पक्कि नै छु|
यो दिमाग चिज पनि अचम्मको,अघि सम्म ठप्प थियो,अहिले भने एक पछी अर्को जुक्ति निकाल्दै छ| एउटा भाइ याद आयो,उमेरमा म भन्दा 3 4 बर्ष कान्छो भाइ तर उसलाई यो फसाद आजको एक बर्ष अघि परिसकेको थियो| होटलमा बस्न पैसा छैन,दै यस्तो यस्तो आपत पर्यो सुनाउदै म संग केहि पैसा लागेको थियो सापटी| मान्छे याद आयो ,उसको नाम याद आयो तर उसको नम्बर फोनमा कहिँ भेटिन,फेसबुकमा पनि भेटिन त्यो भाइलाई| को सँग होला त त्यो भाइको नम्बर भनि सोच्न लागे,त्यस्तो कुनै नाम नै सोच्न सकिन जो संग त्यो भाइको नम्बर हुनसक्छ| त्यो भाइसँग नै हिडी रहने एउटा अर्को भाइको घर मेरै घर छेउमा छ,उसलाई नै गएर नम्बर माग्नु पर्यो भनि सोचे र त्यहि आशमा अर्को भाइको गए| धन्न घरमा रैछ मैले खोजेको मान्छे|
“भाइ सुनन,मलाई सलिनको नम्बर देउन|”
“किन र दाइ?”
“काम छ देउन|”
“तर दाइ सलिन काठमाण्डौमा छैन नि|”
“काठमान्डौ बाहिर भए पनि फोन त उठाउछ होला नि उसले|”
“९८०७०*****|”
“धन्यबाद भाइ|”
नम्बर पाए तर अब सलिन भाइलाई फोनमा कसरि भन्नु यो कुरा| केहि अप्ठ्यारो मान्यो मेरो यो मनले तर अहिलेको समय अप्ठेरो मान्ने र लाज मान्ने हैन,त्यसैले निसंकोच भएर फोन गरे सलिन भाइलाई, हरेको रिन्गसंग मेरो धुकधुकी पनि बढ्दै गयो,किन अनायासै आत्तिएको होला म?फेरी मलाई चिनेन भने अर्को आपत आइलाग्छ भन्ने सोच पनि उत्पन्न हुन लाग्यो दिमागमा|
“हेल्लो बिस्वास दाइ” भाइको यो वाक्यले पक्का भए,भाइले मेरो नम्बर चाही सेभ गरेर राखेको रैछ| उसले नचिन्ला भन्ने जुन् डर थियो सुरुमा,त्यो पनि बिलाएर गयो| केहि सामान्य गफ,जुन सबै संग हुन्छ,त्यसपछि म पुगे आफ्नु कुरामा| औसधि कहाँ पाइन्छ उसले भन्यो, भन्यो मात्र हैन औसधि आफै ल्याइदिने भयो उसले,उ अर्को हफ्ता आउने रैछ र आउदा औसधि पनि ल्याइदिन्छ| औसधि के कसरि प्रयोग गर्ने गुगलमा देखेको थिए र उसले त्यो कुरा झन् बिस्तारमा सम्झायो मलाई| धन्न बेलैमा मैले सहयोग गरेको रैछु र उसले पनि सहयोग गर्दैछ,गुण भुलेको रैनछ र उसको यो गुण पनि कहिले भुल्ने छैन मैले|
निष्ठालाई फोन गरि एक एक कुरा सुनाए मैले,उ खुसि हुन खोज्दै थिइ मेरो कुरा सुनेर तर खुसि हुन सकेकी थिन| आखिर कोहि अपाङ्गलाई अपाङ्ग सिटमा बस्न पाउदा खुसि लाग्छ होला र? कोहि बिधुवालाई आफ्नु बुढाको पेन्सन थाप्न जाड़ा खुसि लाग्छ होला र? जिउदो हुदा एक्लो रहेको मान्छे,मर्दा उसलाई खुसि लाग्छ होला मलामि भएपनि संगै हुन्छ भनि? निष्ठा पनि अहिले त्यस्तै भएकि होलि तर जति सक्दो उसलाइ त्यहाबाट तानेर बाहिर ल्याउन खोज्दै छु म|
भाइ आजको ८ दिनमा मतलब बिहिबार आउने हो,त्यसैले म अनि निष्ठा शुक्रबार भेट्ने भइयो| कहाँ अनि कुन बेला केहि टुंगो लागेको भने छैन| त्यो बेला सम्म मैले धेरै काम टुंगो लगाउनु छ| बुवा मामुको अघि आफुलाई सन्चो देखाउनु छ,मामु बाबालाई झुक्याउला तर डाक्टरलाई झुक्याउन सक्दीन, मंगलबारको रिपोर्टमा सबै कुरा सहि देखिनु पर्छ नत्र शुक्रबार निष्ठालाई भेट्नु असम्भव हो| त्यसैले म लागि परे सबै तिरबाट सबै कुरा मिलाउन|
मंगलबारको दिन,रिपोर्ट आयो तर सोचे जस्तो राम्रो ……
