Part 8


“मतलब?” प्रियंकाले पनि पन्कज्को जवाफको अर्थ बुझ्न सकिन र अचम्मित हुदै प्रश्न गरिन्|
“मतलब यो हो कि……”
***
“मतलब यो कि तिमि जस्तै म पनि मुर्ख हो| जसरि तिमि मलाई माया गर्छौ, म पनि अरु कसैलाई माया गर्छु|” आफ्नो जवाफलाइ साधारण राख्यो पंकजले|
“अनि उनले पनि तिमीलाई माया गर्छिन्?” प्रियंकालाइ खिन्न महसुस हुनुपर्ने तर उनि उत्साहित भइन् पंकजको प्रेमिकाको बारे जान्न|
“उनले पनि मलाई माया गर्ने भएको म मुर्ख हैन भाग्यमानि हुन्थिए|” आफुले जसलाई माया गर्यो उसले पनि तिमीलाई माया गर्छ भने तिमि भाग्यमानी हौ| तर उसले अरु कोहीलाई माया गर्छ थाहाहुदा हुदै तिमि उसलाई माया गर्छौ भने तिमि मुर्ख हो| पन्कज्को सिधान्तमा कसैले सहमति पनि कसरि नजनाओस्|
“मतलब उनले अरु कसैलाई माया गर्छिन्?” प्रियंका अघि सम्म आफ्नो प्रेम कथा रच्न खोज्दै थिइन्, अहिले अरु कसैको प्रेम कथा सुन्दै छिन्|
“मैले भने नि, म मुर्ख हो| उनि अहिले कहाँ छिन् र उनको जीवनमा कोहि छ कि छैन मलाई केहि थाहा छैन|” पंकजले प्रियंकालाइ सनिराको बारे भन्दैछ| बिचार पंकज, माया गरेको मान्छे संग माया जिकिर गर्न पनि पाएन| माया नै अधुरो रहयो उसको|
“साच्चिकै तिमि मुर्ख रहेछौ| मुर्ख हैन पटमुर्ख| मलाई सबै भन, सुरु देखि अहिले सम्म|” प्रियंकाले पंकजसंग खुलेर आग्रह गरिन्| अब पन्कज्को इच्छा उसले सनिराको बारे प्रियंकालाइ के के भन्छ| पंकजले केहि लुकाएन, खुला किताब बनिदियो र सबै बतायो सनिरा र उसको बारे|
“कहिले सम्म पर्खिन्छौ सनिराको लागि? के थाहा उनि आउने हो कि हैन फर्केर|” प्रियंकाले जे भन्दैछिन्, त्यसमा पनि असहमति जनाउन गाह्रो छ|| यहाँ तर्क पेश हुदैछ आफ्नो बिचारको| बिचारको लडाई भन या प्रदर्शन, तर बात गहकिलो हुदैछ|
“पर्खाइको मजा तिमीलाई कसरि बुझाउ तिमीलाई| यति मजा छ कि उनि नहुदा पनि उनि यहि छिन् महसुस हुन्छ| तिमीलाई मन परेको चिज, जारी ढिलो आउछ, त्यति खास बनिदिन्छ|” पंकजको दिमागलाइ उसको मनले हाबी गरेको छ भन्ने प्रमाणित हुन्छ उसको यो वाक्यले|
“ अनि पर्खाइ खेर गयो भनि? सनिरा आइन भने? या आएर पनि तिम्रो माया स्विकारिनन् भने?” प्रियंकाको सबै प्रश्न त्यत्तिकै जायज छ जति पन्कज्को भावना|
“ मलाई उनि चाहिन्छ भन्ने पनि छैन| उनको माया चाहिन्छ भन्ने पनि छैन| अहिले मेरो माया अधुरो छ, उनलाई मेरो माया जिकिर गर्नु छ र आफ्नो माया पुरा गर्नुछ| उनको साथ अनि माया नभए पनि हुन्छ, मात्र मेरो माया जिकिर गर्नु छ उनलाई|” पागल प्रेमीको पर्यायबाची शब्द कसैले सोध्यो भने पंकज भनि भनिदिए हुन्छ|
“ तिमि त टाइट्यानिकको ज्याक भइसकेछौ, मायामा पुरै डुबेको| यस्तो यात्रामा छौ, बीच बाटोमा पुगेर अलपत्र हुन्छौ|” प्रियंकाले सम्झाउन खोज्दैछिन् पंकजलाइ|
“ तिमीलाई कसरि बुझाउ म? सनिरालाइ पाउनु मेरी गन्तब्य हैन, उनलाई माया जिकिर गर्नु मेरो गन्तब्य हो| गन्तब्य सधै सुन्दर नै हुनुपर्छ र?” पन्कज्को यो प्रश्न अनि प्रियंका निशब्द भइन्| अनि केहि यस्तो जवाफ आयो…….

Previous article
Next article

Latest Posts