सच्चि अघि मैले भनेको थिएनी मलाइ मान्छेले चुरोट खाएको मन पर्दैन,चुरोट खाने बानि मन नपर्ने हो,मान्छे हैन | किन थाहा छ? किन भने सोभा पनि चुरोट खान्छे, मलाई उसको त्यो बानि मन नपर्ने हो, तर सोभा चाही मन पर्छे | फेरी बिश्वास मलाई मन पर्नु हुन्छ भन्न खोजेकि हैन नि मैले, उहाको बानि चाही मन पर्दैन|
“ल जाउ हिड अभ|” खाजा खान बसेको पनि एक घण्टा बढी भइसकेको थियो, हुन त खाजा अघि सकिएको हो, हाम्रो गफ बाकि थियो र सोभाको हातको चुरोट पनि|
“पख् न, यति चुरोट सकिन देन| भोलि नभई खाना मिल्दैन अभ|” सोभा चुरोट खाने हैन, धेरै नै खान्छे,अहिले पनि एकछिन कुर्न लगाई मलाई|
एकछिनको पर्खाइ,अनि उसको चुरोट सकियो र उसको चुरोटसंगै मेरो ७९० पनि| त्यसपछि सिधै सोभाको स्कुटर मेरो घरमा गएर रोकियो| घर पुगेर ढोका खोल्ने बित्तिकै,मेरो दिमागमा पनि एउटा कुरा आइपुग्यो,आज मामुको गालि खान्छु| एक त मैले मामुले हिड्ने बेला ल्याउन भनेको लड्डु ल्याउन बिर्सिए, दोस्रो मेरो पेट टन्न थियो,मामुलाइ मैले खाना खान्न भनेर पनि फोन गर्न बिर्सेए| अरु दिन घर पुग्ने बित्तिकै कोठा पस्ने मान्छे,आज चाही भान्सा तिर लागे म, मामुलाई माम खान्न भन्न लाई, धन्न केहि भन्नु भएन मामुले| अभ मेरो काम नै के थियो र घर पुगेपछि, दिउसो भरि केहि काम नगरेपनि थाकेको चाही थिए|
आफ्नु कोठामा पसेपछि,मेरो जम्मा दुइटा काम हुन्छ, कि उपन्यास पढ्ने कि फेसबुक चलाउने| अलि चाडै पुगेको भए,एकछिन गएर मामुलाई भान्सामा सघाउन हुन्थियो तर म पुग्दा भान्साको सबै काम सकीसकेको थियो| मोबाइल लिए र फेसबुक तिर मग्न भए, न्युज फिड स्क्रोल गर्दै जादै थिए, एउटा कलेजको आकल झुकल बोल्ने साथी,दिवसले एउटा पोस्ट हालेको थियो,सुरुको दुइ वाक्य मन पर्यो र पढ्दै गए अरु बाकि वाक्यहरु पनि| लगभग आधि पढ्दा,मनमा एउटा खयाल आयो, उसले यति राम्रो लेख्नन काहा बाट जान्यो कुन्नि| के थाहा पहिले बाट लेख्दो हो,मैले चाही आज पत्तो पाएको पनि हुन सक्छ| जे भएपनि मलाई मनपर्दै थियो मलाइ उसको त्यो लेख, म बाकि रहेको लेख पढ्न लागे र अन्त्यमा लेखिएको थियो. “क्रेडिट :बिश्वास|”
लेखिएको लेख थियो: “””न्वारणको नाम भने याद छैन तर बुवा आमाले राखिदिएको नाम “बिश्वास” नै हो तर यो नाम आफ्नु कानले सुन्न नपाएको पनि कति भयो कति| घरमा आमा-बाबाले गोरु बाहेक केहि भनेको याद छैन, साथीहरुको मुखमै बोका झुन्डिएको थियो, स्कुलमा सरले उल्लु भनेर नै बोलाउनु हुन्थियो, बच्चा बेला चक चके भएकोले हजुरबुवाले बादर नै भन्नु भयो, कुकुर पुजाको बेला जिस्केर कुकुर नि भन्न छुटाएका भने थिएनन् र उनीले पनि बडो मज्जाको पारामा गधा भन्थिन् | धन्न नया SIM लिदा आफ्नै नाम लेख्नु पर्छ नत्र आफ्नै नाम भुल्ने थिए होला मैले |
बेग्लै मिठास थियो उनको त्यो गधा भन्ने शैलीमा पनि | बुवाले लगातार नारायण गोपालको “केहि मिठो बात गर” सुन्दा जहिले झर्को मानि सोच्थिए “ह्या कति एउटा मात्र गीत सुनेको होला” तर आज म आफै त्यो ठाउमा छु कि उसले भन्ने गधा शब्द म लगातार जति दिन पनि सुन्न सक्छु | खुसि हुदा पनि गधा भन्छे,रिसाउदा पनि, जिस्केर भनोस या गिज्याएर तर उनले भन्ने हरेक गधा शब्दमा माया भने उत्तिकै नै थियो | उनीले गधा भन्दा कहिले काही मैले पनि ठट्यौली पारामा भन्थे “ मोरी, त्यत्रो नि छैन हौ “ र उनि लजाउदै भन्थी “छ्या लाज पचेको मान्छे “| मनै त हो जवाफ फर्कौउदै मैले भन्थीए “अभ मान्छे भए म ?गधा हैन ?”
धेरै किस्सा छन्,लेख्दै गयो भने पाना पुग्दैन कि भन्ने डर तर भनेकै बेला एउटा अझै भन्न मन लागि गयो | नुहाउन पसेको थिए, त्यत्तिकै बेला उसले फोन गरेकी थि र फोन भने कोठाको बिस्तरामा थियो र बुवा छेउ मै | बुवाले फोन उठाएर हेल्लो भन्न नपाउदै,उसले आफ्नु मुख फोडेर भनि हालिन् “ओइ गधा के गर्दै छौ ?” र बुवा पनि निकै मजासिलो मान्छे,हास्दै भन्नु भएछ “गधा बोल्दै छु, मेरो छोरा पाजी भने नुहाउदै छ |” यति भएपछी के चाहिन्छ र, एक हफ्ता गधा नै भनिन उसले |
दुध दिने भैसीलाइ पनि बुढो भएपछी म:म: बनाउछन,सबै समयको खेल पो हो | त्यसरी नि हामि बीच पनि समयले ठुलो खेल खेल्यो र जति मज्जाले जिस्केर गधा भन्थी उसले ,त्यतिकै नमज्जाले सच्चिक्कै जिबन भर यादको भार बोक्न बाध्य बनाएर छाडेर गई |”””
मनमा अर्को खयाल आयो,यो लेख लेख्ने कहिँ हाम्रो बिस्वास सर त हैन नि ? त्यो नाममा थिचे,एउटा प्रोफाइल खुल्यो ,नभन्दै बिश्वासको फोटो देखे मैले प्रोफाइलमा| मेरो एउटा अर्को बानीको बारेमा भने मैले?

