“म हजुरलाई कहिले पनि खुसि बनाउन सकिन, म कति नराम्रो मान्छे रछु|” अघिसम्म आखाबाट निरन्तर आशु बगाउदै गरेको उसले, अचानक यति भनेपछि, म एकछिन स्वर बिहिन भए| आखिर उसले के चाही भन्न खोजेकी, उसको मनमा के खेल्दै छ, आखिर यी शब्दहरु कहा बाट उब्जिए उसको मनमा, केहि थाहा छैन मलाई|
“किने के भयो र ,मैले म त संग खुसि छैन भनेको छु र?” उसको आखाबाट बगेको एक एक थोपाको आसुको जवाफ खोज्दै मैले प्रश्न गरे|
“अस्ति नगरकोट आउदा पनि मैले हुन्न भने र आज मैले हुन्छ भन्दा भन्दै पनि मेरो जीउले हुन्न भन्यो| हजुरलाई कति मन थियो होला,कति खुसि बोकेर आउनु भएको छ हजुर तर त्यो सबै कुरा मैले पुरा गर्न सकिन|” कहाँ सम्म के सोचेर भ्याइसकेकी रैछे उसले| उसले भनेको ठिक हो,ठुलो इक्षा बोकेर आएको हो म आज, तर उसले भनेको जस्तो त्यो इक्षा पुरा नहुदा,मलाई नराम्रो भने लागेको थिएन| गल्ति उसको हैन नि,उसको भए पो रिसाउनु, उसले मलाई कति माया गर्दी रैछे,उसको त्यो वाक्यबाट साबित भयो| भित्रि कुरा र भित्रि लुगा, मन मिल्ने मान्छेको अघि मात्र खोल्ने गरिन्छ| मेरो अघि उसको भित्रि कुरा खोलियो र लुगा चाही खुलेन| तर यो कुरामा मलाई केहि दुख लागेको थिएन उसले सोचेको जस्तो|
“ त संग बोलेको पहिलो पल देखि अहिले सम्म, म सधै त संग खुसि छु| त्यो तेरो पहिलो मायाको आवास देखि तैले मेरो जीवनमा ल्याएको प्रभाव, सबै मन पर्छ मलाई| पहिलो पल्ट तेरो हात छोएको खुसि र पहिलो पल्ट हाम्रो ओठ जोडिएको खुसीमा केहि अन्तर छैन| तैले मेरो अघि खितिति हास्दा होस् वा बाबालाई सम्झिदै आशु झार्दा,तलाई सधै साथ दिने कसम खाएको छु मैले| शरीर एक नभएर के भयो त लाटी,मन त एक छ नि | त संग भेट्नु अघि घन्टौ सम्म फोनमा बोल्दा पनि खुसि नै थिए म र आज घन्टौ सम्म एकअर्काको मायामा लिप्त हुन खोज्दा पनि खुसि नै छु| दुखि हुने मैले केहि कारण नै देख्दिन, त जस्तो माया गर्ने र बुझ्ने बुढी पाएको छु, यति हुदा पनि म खुसि हुन्न भने म मुर्ख हो के |” मनको एउटा एउटा भाव उसको अघि पोखे मैले, अचानक मेरो मनमा यति धेरै कुरा काहाबाट आयो थाहाछैन|
“तर हजुरको कति इक्षा र चाहाना पुरा गर्न सकिन नि मैले|”
“त मेरो चाहना होस्, र त संग सधै साथ रहनु मेरो इक्षा हो|”
“हजुरले यो सबै कुरा भनेपनि,हजुरको मनमा चाही रिस र दुख होला|”
“अरे लाटी,मेरो मनमा भगवानको सबै भन्दा राम्री कृति त छस्, अरु केहि अट्ने ठाउ नै छैन|”
“हजुरलाई नराम्रो लागेपनि मलाई त नराम्रो लागि राछ नि|”
“तलाई नराम्रो किन लाग्दै छ भने, तैले सोच्दै छस् कि म नराम्रो मान्दै छु,जब मैले त्यस्तो केहि सोचेकै छैन भने,त पनि नसोच्|”
अनेकौ कुराकानी बीच उसलाई मैले फकाए,फकाउन भने सजिलो थिएन तर कोशिस गरे र सफल पनि भए| स्थिति सबै सामान्य भयो फेरी र उसको मुहारमा मुस्कान फेरी फर्कियो| कुरै कुरामा उसले चुरोट पनि खाने इक्षा राखी, हुन्न भन्न सकिन| होटेलको रिसेप्शनमा गएर दुइ खिल्ली चुरोट ल्याए र एउटा लाइटर| चुरोट सल्काए र एक सर्को भित्र ताने,पहिलो सर्को भित्र जाने बित्तिकै, मेरो वर परको सबै धमिलो हुदै गयो| रौसि भन्दा चुरोटको नसा अलि बेग्लै हुने रैछ, रौसिले मन मस्त गर्थियो भने चुरोटले सबै धमिलो बनाएर लग्यो| निष्ठा भनि खोक्न लागि र एकछिन त रातो पिरो नै भइ उनि| धेरै कुरा बोच दुवै जना एक अर्काको अंगालोमा निदायौ|
बिहान उठ्ने बित्तिकै नगरकोटबाट पनि हिडियो, हिड्नु अघि पेट टन्न हुने गरि ब्रेकफास्ट गरेर | काठमान्डौ यानी उसको गाह्र पुग ११ बज्यो र म आफ्नु घर पुग्दा १२ बजेको ठ्याक्कै|
