यसपछि म सुत्न गए र मामा पनि,सुत्नु अघि २ बजिसकेको
थियो, बिस्वासको
मेसेज आयो ठ्याक्क “गुड
नाइट
” लेखिएको थियो,यति
भए पनि मन बुझाउने ठाउ भेटे र निदाएछु|
बिहान उठेर खाजाको लागि भान्सामा पुगे, म भन्दा अघि सबै अरु पुगिसक्नु भएको थियो| त्यहाँ कुरा पनि म काठमाण्डौ जानु पर्छ भन्ने हुदै थियो, मैले जे कुरामा आफैले निर्णय लिन सकेकी थिन, त्यो बिषयमा अरु सबैले निर्णय लिइसक्नु भयो,अचम्म हैन त| आफुलाई कफी आफै बनाए अनि दुइटा कुकिज लिएर आफ्नु कोठा गए र तैयार हुन लागे|
बिस्वासले घर अघि पुगेपछि फोन गर्नु भयो र म पनि निक्लिए घरबाट| अफिस पुग्नु अघि कफीको लागि उहाले सधै जस्तो क्याफे अघि बाइक रोक्नु भयो| निलो रंगको टि-सर्ट अनि कालो रंगको ग्रंज प्यान्ट,आज उहालाई हेरी रहन मन लाग्ने भएर आउनु भएको छ| उहाको हातमा जहिले स्मार्ट घडी हुने गर्थियो,त्यो राम्रो त देखिन्थियो,तर आज उहाको हातमा अर्कै घडी थीयो र त्यो घडी पहिले को घडी भन्दा धेरै सुहाएको छ उहाको हातमा|
“हिजो क भन्नु छ भन्नु हुन्थियो,भन्नु न|” उहाले हिजो केहि भन्नु छ भन्नु हुन्थिय,दिमागमा त्यहि कुरा आयो र सोधे उहालाई|
“केहि हैन, त संग समय बिताउन मन भएर हो|” उहाले यो कुरा झुठ बोल्दै हुनु हुन्छ भन्ने थाहा पाइसके मैले, उहालाई संगै समय बिताउन मन भए,यसरि भन्नु हुन्थिएन,सिधै भन्नु हुन्थियो|
“हजुरलाई झुठ राम्ररी बोल्न आउदैन,कोशिस पनि नगर्नुस्,भन्नुस अब के कुरा भन्न खोज्नु भएको हो हिजो|” उहाको जति मिठो झुठ,मेरो त्यति नै मिठो जवाफ|
“कफी सक्यो, अफिस जाउ अब|” आखिर के कुरा रैछ उहाले भन्न नै खोज्नु भएन, सुन्नलाइ मन आत्तुर भयो तर उहाले बहाना बनाउन लाग्नु भयो| उहालाई झुठ बोल्न न आएपनि बहाना बनाउन चाही मज्जाले आउछ|
“नाई पहिले भन्नु अनि मात्र उठ्छु म|” उहा बहाना बनाउन खप्पिस हुनु हुन्छ भने म जिद्दी गर्न,म पनि किन पछी पर्नु आफ्नु खुबी देखाउन|
मैले जति जिद्दी गरे पनि केहि लागेन,जिद्दी गर्दा गर्दै अफिसको समय पनि भयो र मैले अरु थप जिद्दी गर्न पनि सकिन| क्याफेमा जिद्दी गर्न नपाएर के भयो र, अफिस भरि उहासंग जिद्दी गरेर नै बसे| उहा पनि बहाना बनाएर नै बस्नु भयो मेरो हरेक जिद्दी पछी| धेरै जिद्दी गर्न पनि डर लाग्यो,कहिँ रिसाउनु हुन्छ कि भनेर,उहालाई पनि वाक्क लाग्दो हो|
अफिस पछी मैले कफीको लागि बाहिर जाने कि भनेर उहालाई सोध्छु भनेर बसेकी थिए तर उहाको काम नै ढिलो सकिने भयो| ढिलो भन्नाले ७ ८ बजे हैन ,११ बज्ने भयो,उहालाई पर्खेर बस्ने कुरै आएन| उहालाई पर्खेर बस्ने कुरै भएन, बाबासंग घर गए| जाने बेला बिस्वासलाई गालामा एउटा सानु सरप्राइज दिएर निक्लिए थिए अफिसबाट अनि उहाबत ओठमा त्यहि सरप्राइज पनि पाएकी थिए|
निन्द्रा लागेन, बिस्वासलाई खोज्दै छ यो मनले,उहाको स्वर सुन्न खोज्दै छ यो कानले, उहाको माया खोज्दै छ यो मनले तर उहा अफिसमा हुनुहुन्छ, उहालाई फोन गर्न पनि नमिल्ने ११ बजे सम्म| ११ बजे सम्म पर्खेर बसे उहाको लागि,अफिसबाट निक्लिदा उहाले फोन गर्नु हुन्छ कि भन्ने सोचेको थिए तर १२ बजि सक्दा पनि पर्खेर नै बस्नु पर्यो,अर्को आशा थियो घर पुगेर फोन गर्नु हुन्छ भनि| तर अझै फोन आएन, आफै फोन गर्न खोजे,त्यत्तिकैमा उहाको मेसेज आयो, “थाकेको छु ,सुतेको ल|”
थाक्नु त भयो होला,१४ घण्टा देखि हुनु हुन्थियो अफिसमा, कर गर्न मनले मानेन,”हुन्छ” लेखि पठाए र म नि ओछ्यानमा भएको मान्छे कुन बेला सपनाको संसारमा पुगे,याद नै भएन|
