उसले फोन राखी र त्यसका साथ एउटा सानो आशाको बिउ पनि छरेर गइ| आखिर के चाही खोजेकी उसले,मैले बुझिन र रक्सीले बुझ्न पनि दिएन| रक्सीको गिलास हेरेको गिलास खालि थियो,मेरो जीवनको पाना जस्तै| रक्सि नपुगेको हैन, पुरै झ्याप थिए तर अझै पिउन भने मन थियो तर आफ्नु कोठाबाट उठेर पसल सम्म पुगेर, रक्सि किनी ल्याउने हालतमा थिन म|म बसेकै होटेलको पल्लो कोठामा पनि केटाहरुको हुल थियो र उनीहरु पनि आफैमा रमाउदै थिए| उनीहरुको बोलीमा पनि रक्सीको मात पुरै झल्किदै थियो र त्यहि मातमा रात कटाउने सोच होला उनिहरुको पनि| कोहि गाउदै थिए र कोहि आफैमा बहस गर्दै थिए,आफ्नु रक्सि सकिएपछि पल्लो कोठामा के हुदैछ सुन्न बाहेक मसंग केहि विकल्प नै थिएन| एक्लै हुदा अझ धेरै उकुस मुकुस भएर आयो, किन निसासिएको महसुस गर्न लागे अचानक खाई| छतमा गए,एकछिन भएपनि शान्त हुन मन लाग्यो| छतमा पहिले देखि नै एउटा केटाहरुको हुल थियो र उनीहरु आफैमा रमाउदै थिए|म भने उनीहरु भन्दा केहि पर गएर एक्लै बसे र ताराहरु गन्न लागे, र त्यहि तारामा भुल्दै गए|
“दाजु पनि झ्याप हो कि के हो?” तारमा भुलेर आकाशमा उड्दै गरेको मलाइ,यो आवाजले फिर्ता ल्यायो त्यो छतमा|
“अलिकति मात्र,छोड्न लागिसक्यो,छुदै नछोईकन|” उसलाई जवाफ फर्काउन नै गार्हो पर्यो|
“किन एक्लै बस्नु भएको आउनु हामि संगै बस्नु,दाइलाई एउटा गिलास दे त|” आफुलाई बोल्न गाह्रो हुदै थियो,भाइहरुले संगै पिउन बोलाए| एकछिन हुन्न भने आफैलाई,तर रौसिलाई नाई भन्न सकिन र गए भाइहरु बीच घुलमिल हुन| कुरै कुरामा कुरा हुदै गयो,केहि उनि हरुले भनेको कुरा सुने र केहि आफुले भने| रक्सि पनि कस्तो अचम्मको कुरा,एकैछिनमा नाजिक्यायो त्यो भाइहरु संग मलाई| गफ संगै एउटा भाइले गितार झिकेर बजाउन लाग्यो र सबै गाउन लागे,र म पनि|
“दाजु अभ हजुर एउटा गित गाउनुस|” कस्तो अप्ठेरोमा पार्यो भाइले, कसरि गाउनु त्यति मान्छे अगाडी बसेर, हुन्न् नै भने तर सबैले कर गर्न लागे र मेरो केहि सिप नै लागेन|
“कविता भन्दा हुन्छ?” सोध्न त सोधे तर आफुलाई आफैले लेखेको कुनै कविता पनि याद थिएन| के सोचेर बोले खै,आफैलाई थाहाछैन|
“आम्बो,किन नहुनु नि दाजु|” उनीहरुले सहमति जनाए तर मसंग भन्नलाई केहि थिएन| मनमा चाही थियो तर मनमा भएको कुराको कुनै आकार नै थिएन, तर जसो तसो आकार दिदै भन्न लागे|
“धेरै दिन भयो,धेरै क्षिन गयो,
निक्कै भिन्न रहयो,मनै खिन्न भयो,
हुन त सबै ठिक छ,तर पनि मनमा बिख छ,
तर सबै ठिक पनि छैन,माया बाकि पुरै बिख पनि हैन ,
दुखी छैन म तर मन मेरो खासै खुसि पनि छैन,
जबर्दस्तिको हासो सायद खुसि पनि हैन,
मैले हरेक पाइलामा एउटा नया साथ भेट्छु,
त्यो साथमै आफ्नु जीवनको आभास देख्छु,
फेरी किन दुइ पाइला पछि त्यो साथ छुट्छ,
हासी रहेको मुटु किन अचानक दुख्छ,
ल आफै सोच न, 4 बर्सको सम्बन्ध,
अचानक टुट्दा कसलाई पो मन पर्छ,
फेरी माया पनि कति चाडै रित्तिने रैछ,
बिना कुनै कारण सम्बन्ध सिद्धिने रैछ,
कति सजिलै भनि उसले अभ हामि छुट्टिनु पर्छ,
एक थियौ तर अभ अलग भएर टुक्रिनु पर्छ,
थाहाछैन गल्ति उसको हो कि गल्ति मेरो मात्र पो हो,
अहिले सम्म बुझिन आखिर हामि बीच गल्ति पात्र को हो,
उस्ले छाडेर गइ तर याद चाही दिएर गइ,
पिडा दिएर गई बिस्वास लिएर गइ,
उ खुसि नै होलि आफ्नु दुनियामा,मा याहा कहानी भन्दै छु,
उ हासेर बाच्दै होलि,म यहाँ तड्पिएर मर्दै छु||
मैले भनेको सुन्ने त्यहाँ अगाडी भाइहरु थिए तर कसैलाई देखिन मैले आफ्नु अघि यति भन्दा,देखे त केवल निष्ठालाई,जो मेरो अघि आएर मलाई हेर्दै हास्दै थि र मेरो कवितासकिने बित्तिकै फेरी कहाँ हराई हराई| आखा छामेको,आखाबाट आशु आउदै थियो र भाइहरु सबै चुप लागेर बसेका थिए| एकछिन अचम्म लाग्यो,झ्यापको तालमा के पो भनेछु लाग्यो केहि बेर| तर अचानक सबै आएर मलाई अन्गालो हाल्न लागे र म संगै उनि हरु पनि रुदै रैछन| कतो पापी रैछे, मलाई त रुवाएर गइ गइ तर मेरो शब्दमा आएर अरुलाई पनि रुवाइ|
बिहानको 4 बजे बल्ल ओछ्यानले आफु तिर तान्न लाग्यो,मलाई मात्र हैन सबैलाई| निन्द्रा खुल्न पनि दिउसोको एक बजे मात्र खुल्यो| भोक लागेको थियो एकदम, एक थाल भात पेट भित्र नगएसम्म अरु केहि सोच्नै सकिन| आज काठमान्डू फर्किने बिचार गरेको थिए तर निष्ठाले भेट्ने भनेको थि, एकदिन अझै बढ्यो चितवनको बसाइ| निष्ठाले आफै फोन गर्छु भनेकी थि त्यसैले मैले पनि कहिले कहा भेट्ने भनेर उसलाई दोहोर्याएर सोधिन पनि| बरु एक फुल रुस्लान लिएर होटेल तिर लागे र साथमा केहि प्याकेटको माछा र चिप्स पनि लिए| चुरोट किन्न भुलेछु,एक प्याकेट चुरोट पनि लिए र होटलको कोठामा बसेर फेरी पिउन लागे| साझको ६ बजे फोन आयो निष्ठाको दिउसो भरि पर्खेर बसेको हो उसलाई,भर्खर फोन गरि उसले| उसले फोन गर्ने बेलासम्म मलाइ रक्सि मत्त्याउना सुरु गरिसकेको थिए|
“कहाँ हो हजुर?”
“होटलको कोठामा छु|”
“हजुरले आज पनि रक्सि खानु भएको हो?”
“किन आज एकादशी हो र?”
“ह्या नाम के हो हजुर बसेको ठाउको?”
“होटेल ह्याप्पी होम?”
“कहा छ यो फेरी?”
“पुल्चोक (चितवनको) भन्दा अलिकति भित्र|”
“त्यसरी भनेर मलाई थाहा हुन्छ र गोरु,मलाई म्याप पठाउनु|”
उसले भने जसरि नै उसलाई म्याप पठाए र आफु भएको कोठा नम्बर पनि भने| उ कोठामा आउन मानेकी थिन र म यति मात्तिएको थिए,कोठाबाट निक्लिने हालत थिएन मेरो| यादछैन मलाई मैले उसलाई कोठामा आउनु कसरि मनाए तर मनाउन चाही मनाए|
उ कोठा भित्र पस्नु,मैले उसको मुस्कान देख्नु र म रक्सीको मातले ढल्नु सबै एकैपल्ट भयो|
