“२ घण्टा हजुरको कोठामा जाम न त|” थाहा छैन मैले यो भन्नु उचित हो कि नाई तर मनको कुरा राखे उहा सामु,अब पर्खाइ थियो उहाको पनि सहमतिको| मैले सजिलै भने तर उहाको पो मिल्ने हो हैन,यति राति कोहि केटि आउदा घरपेटीले केहि भने भने उहालाई, मैले पो बोल्न सजिलो थियो,उहाले हो व्यवाहार मिलाउने,उहालाई गाह्रो पर्ने हो कि|
“हुन्छ, त्यो गरे पनि हुन्छ|” मैले के के सोचेर बसेकी थिए,उहाको यो उत्तरले मेरो बाकि सबै सोचहरुलाई खेड्यो र हामि हासी खुसि उहाको कोठा तिर लागेउ|
घरको गेट बाहिरबाट ताल्चा लागेको थियो,उहाले आफै खोल्नु भयो,यसको मतलब घरपेटी
हुनुहुन्न घरमा| कस्तो चुतुक्क परेको घर, एउटा सानु कम्पाउण्ड,त्यसभित्र चारैतिर
फुलबारी,अनि बिचमा एउटा एक
तल्ले घर, उहा बस्ने घर नै असाध्यै मन पर्यो मलाई| यस्तो घर मेरो पनि भए भनेर सोच्न
लागे म तर सोचेर यो
घर
मेरो हुन्न तयसैले थप सोच्न मन लागेन|
“घर धनि हुनुहुन्न आज?” मनमा यो प्रश्न थियो उहा बस्ने घर देख्ने बित्तिकै, सोधे उहालाई|
“घर धनि म आफै हु|” उहाले यति भन्दा कस्सम म ढल्न मात्र सकेकी थिन, तिन छक्क परे| उहाले जिस्किनु भएको कि उहाले यो कुरा साच्चिकै भन्दै हुनु हुन्छ,छुट्याउन गाह्रो पर्यो|
“कसरि?” मलाइ उहाको कुराले यति आश्चर्यमा पुर्यायो,यति भन्दा थप अरु केहि बोल्न नै सकिन|
“पंकज याद छ?उसको घर हो, उबाट नै किनेको हो मैले,कहानी लामो छ,पछी भन्छु|” उहाले यति भनि घरको मूल ढोका खोल्नु भयो र म फेरी पनि छक्क परे|
केटा मान्छे मात्र बस्ने घर,त्यो पनि एक्लो,कसरि यति व्यवस्थित हुन सक्छ|एउटा हल थियो, त्यहाँ एउटा ठुलो अनि दुइटा सानु सोफा अनि एउटा टेबुल थियो अनि मुनि सबै गलैचा| भित्ता भरि फोटो थिए, कुनै उहाको आफ्नै अनि कुनै उहाको बाबा-आमाको,मेरो पनि बाबाआमा नै भन्नु पर्यो| भान्सा पनि सफा थियो,हाम्रो घरको भान्सा भन्दा,तल्किदै थिए भाडाहरु, दाइनिंग टेबुल माथिको कपडामा समेत एउटा दाग थिएन|त्यसबाहेक एउटा कोठा थियो जुन उहाले खोल्नु भएन सायद एक्लो भएर प्रयोग मै आउन्न होला त्यो कोठा| अर्को कोठामा लग्नु भयो मलाइ जुन चाही उहाको कोठा जस्तो लाग्यो|
उहाको कोठाको झन् एक एक कुरा हिसाब गरेर मिलाएको जस्तो माने मैले| एउटा बक्स पलंग थियो जुन कोठाको दक्षिण पश्चिम भित्तामा टासिएर राखिएको थियो,त्यसको सामुने दुइटा दराज थिए पुर्बी भित्तामा,कोठाको पश्चिम तिर एउटा झ्याल थियो र पूर्वमा ढोका| उत्तर भित्तामा चाही एउटा कम्प्युटर राख्ने टेबुल थियो र अर्को चाही किताब हरुले भरिएको र्याक| दक्षिण तिरको भित्तामा रोनाल्डो अनि रियल म्याड्रिडको पोस्टर थियो अनि भुइमा चाही फेरी पनि गलैचा| उहा भन्दा उहाको कोठाले बेसी मोहनी लगायो मलाइ| बक्स पलंगको माथिलो भागमा अत्तरको ५ ६ वटा बोतल थिए र परिवारको केहि फोटोहरु पनि,फोटो फ्रेम भित्र|
कोठामा पुग्ने बित्तिकै म गएर ओछ्यानमा पल्टिए र म संगै उहालाई पनि हात समाएर ताने ओछ्यानमा र कुरा गर्न लागेउ हामि| कुरै कुरामा म उहाको माथि पुगे र मेरो ओठ उहाको ओठ माथि| ओठबाट सुरु भएर ,शरीरको हरेक अंग एक अर्का संग नजिकिन लागे र अंग संगै आत्मा पनि नजिकिन लाग्यो| यसरि तैयार भयो हाम्रो मायाको यात्रामा एउटा नया चित्र जुन आफै रंगिन छ, र यो रंगिन चित्रको रंगहरु बिस्तारै हाम्रो जीवनमा सर्दै छन् र हाम्रो जीवन पनि रंगिन बनाउदै छन्|
१०:४५ बाट हामि उहाको घरबाट निक्लियेउ र १०:५८मा मेरो घर पुगेउ| मामु मलाई पर्खेर बस्नु भएको थियो,बाबा भने निदाईसक्नु भएको थियो| कोठामा गए र अघि बिताएका एक एक पल सम्झिन लागे|
