सुरुवात देखि सुरुवात सम्म
सबै चिजको कुनै नै कुनै सुरुवात हुन्छ| मृत्यको सुरुवात जन्म, सपनीको सुरुवात निन्द्रा, सपनाको सुरुवात आश, भबिस्यको सुरुवात अतित, गन्तब्यको सुरुवात पहिलो पाइला अनि अन्त्यको सुरुवात सुरुवात आफै| सुरुवात सबैको हुन्छ, कुनै अदृश्य, कुनै अविदित, कुनै नकारिएको, कुनै लुकेको, कुनै लुकाइएको अनि कुनै छर्लंग| बिहानीले दिवा झल्काउछ भनि म पनि विश्वास गर्छु तर हरेक सुनौली बिहानीको सन्ध्या सुनौलो हुदैन|
समिक्षासंगको पहिलो भेट सम्झन लायक थियो तर त्यसमा केहि मिठास थिएन| दोस्रो भेट, उनलाई चिन्ने थोरै मौका पाए|
“तिमि पोखरा नै बस्ने हो?” मेरो यो प्रश्नको जवाफमा उनले आफ्नो घर “बिरगंज” भएको बताइन् र अहिले बसाइ चाही “काठमान्डौको पेप्सीकोला”|
अरे वाह! बिरगंज! दुवैको जन्म स्थल नजिकै नजिकै| नेपालि हो नि| एउटा सहर भनेर थाहा पाउनु मात्र पर्छ, कुन ठाउँ, कुन गल्लि, कुन घर, कस्तो घर, कुन स्कुल, कुन कलेज, आदि इत्यादि केहि सोध्न बाकि राख्दैनौ| झन् तराईको दुइ व्यक्ति, उही जिल्लामा बाल्यकाल बिताएका, अनि अहिलेको बसाइ पनि नजिकै| बोल्नलाइ बहाना चाहिने म यति खुल्दै छु, झन् बोल्न नपाउदा घाटी दुख्ने जस्ती थिइन् उनि, के के गफ भएन होला हामि बीच|
मिठो गफ र चिसो बियर, पर्फेक्ट कम्बो| कफीलाई हेला गरेको हैन तर बियरको गिलासले कफीको स्थान ओगटीसक्यो | अतिक्रमण र दमन गर्न कति सजिलो|
“लगावेलू जब लिपिस्टिक….” मदिराको नशा र भोजपुरी गितको मजा| जडियालाइ रक्सि देख्दा, गजेडीको नाकमा गाजाको बासना पुग्दा, टिकटक सेलेब्रिटीले फुलबारी देख्दा, युटुबरले ब्रेकिंग न्युज भेट्दा जसरि आफुलाई रोक्न सक्दैनन्, हामि दुबैले आफुलाई थाम्न नै मुस्किल पर्यो| अरे यार भोजपुरी गित, त्यसमा पनि ललिपप लागेलु, दुवै नाच्न सुरु| भोजपुरी गित बन्द, हाम्रो नाच्ने क्रम पनि|
त्यहाँबाट निक्लिएर हामि बाटोमा हिड्न लागेउ| मेरो मोबाइलमा अनेक गित बजाउदै उनि नाच्दै हिड्दै थिइन् र म उनलाई थोरै साथ दिदै थिए| “राजा राजा राजा, मिसिर जी, मिसकल मारातारु, खेत मे…” यस लगायत धेरै गित बज्यो मेरो मोबाइलमा| वरीपरिको मान्छेले हामीलाई हेर्दै थिए र मलाई थोरै अप्ठेरो लाग्दै पनि थियो तर रातको ९ बजेको छ हामि लेकसाइड पुग्दा| हामीलाई हेर्ने सबै आखा पहिलेबाट नै नशामा हुनुपर्छ| जसको कट्टु अहिले मुतले भिजेको छ, उसले अरुले बाल्यकालमा लम्पट भिजाउथियो भनि कहानी सुनाउन मिल्दैन नि| अरुले के सोच्दै छन् भनि मनमा थोरै रहेको संकोच पनि अब बाकि रहेन| म पनि समिक्षा सरि निस्फिक्री भए|
एउटा बन्द पसलको सतर अघि बसेर फेरी पनि गफ सुरु भयो| किशोर अवस्थाको पहिलो पहिलो स्मभोग, जति गरे पनि आनन्द उही नै महसुस हुने र जहिले अर्को राउण्डको लागि तैयार| हाम्रो गफ पनि यस्तै नै छ| बाल्यकाल फेरी बाच्दै छौ भन्दा पनि हुन्छ|
“तराइको स्कुल, त्यहाँको साथि, त्यहाँको शिक्षक,
बाल्यकालमा खेल्ने खेल, चुंगी, रबरब्याण्ड, क्रिकेट, ब्याडमिन्टन,
रम्नलाइ पिकनिक पुग्ने, घर बाट नै चामल र 10 रुपैया बोकेर,
मावोबादीको त्रास, मधेश आन्दोलनको डर, भूमिगत माफियाको बिगबिगी,
रोकिएको बिकास, रोकिएको मानसिकता र चरम सिमामा पुगेको भ्रस्टाचार,
गर्भमा मारिने छोरी, मान्छे मार्ने छोरा र बेचिएको जनशक्ति,
कसरि भबिस्य र घर सम्मको, दुवैको बाटो भत्किएको छ”
यस्तै गफहरु र बिषयले स्थान पाएका थिए हाम्रो बार्तालापमा| क्षन भरमै रम्दै र क्षन भरमै देश अनि प्रणालीको गफ, यस्तै थियो हामि बीचको माहोल| उनलाई पहिलो दिन मै यति धेरै चिने, मानौ उनि कुनै खुल्ला किताब हुन् र म किताबी किरा|
“कहाँ छस्?” साथिले फोनमा सोध्यो| होटेलको चाबी मसंग छ, उ बाहिर थुनियो|
“तिम्रो होटेल कहाँ छ?” छुट्टिने बेला भयो, बाटोमा एक्लै छाडेर जानु भन्दा होटेलसम्म पुर्याईदिने निधो गरे|
“मैले कोठा बुक गरेकै छैन|” कस्तो हावा केटि| घुम्न आएको मान्छे, अहिले सम्म कोठा लिएको छैन| बाटोमा रात कटाउने योजना पक्कै पनि छैन उनको| म बसेकै होटलमा कोठा लिने भनि उसलाई सुझाव दिए र उसको सहमति रहयो|
5 मिनेटको हिडाई र होटेल पुगियो| होटेलको रिसेप्सनमा कोहि छैनन्| 5 मिनेट पनि पर्खिन नसक्ने मेरो साथि फेरी| दोस्रो पटक फोन आयो|
“नमस्ते भाउजु|” बजिया एकदम नै हाउडे छ| फसाईहाल्यो मलाई| समिक्षालाइ भाउजु रे| रातो पिरो हुदै समिक्षा तिर हेरे मैले| उनको अनुहारमा मुस्कान छ|
“नमस्ते देवर बाबु|” समिक्षाको जवाफले म चकित| हैन यहाँ हुदै के छ| दुवै मिलेर म संग पो जिस्किदै छन हो?
त्यस्तो केहि हैन| समिक्षालाइ यस्तो अवस्थामा कसरि के बोल्नु पर्छ भनि राम्ररी थाहा छ| अत्तालिने, अवाक हुने केहि हुन्न सायद उनलाई| नत्र यस्तो अवस्थामा यसरि बोल्न निकै गाह्रो पर्ने| आफुसंग जे छैन नि, आफुलाई त्यहि मन पर्छ| मलाई समिक्षाको यो बानि र आत्म्बिस्वास मन पर्यो, अनि यो संगै समिक्षा पनि| मन परेको हो, माया गरेको हैन मैले| दुवै दुइ भिन्न कुरा हुन्| पछी माया पनि बस्न सक्यो तर अहिले त्यस्तो केहि छैन|
“कोठा त छैन| कहिँ पाइन्न आज त|” रिस्पेसनबाट यस्तो सुनियो| त्यहि पनि हरेस खानु भएन भनि ३ ४ होटेल पुगेउ तर त्यहाँ पनि केहि उभो लागेन|
“हाम्रो कोठामा बस्दा हुन्छ नि|” भन्न त मन थियो तर मेरो मनसाय अरु केहि छ भनि सोच्ने हुन् कि उनले| उनले यस्तो नसोच्नु पर्ने हो जस्तो लाग्छ तर चिनेको केहि घण्टामा नै कसैलाई चिन्छु भनि दाबि पनि कसरि गरु म|
“पोखरा सहर, सुन्दर फेवा ताल, जुनेली रात, यो रुख र यो रुख मुनि रात बिताउने मौका| जीवनमा यो भन्दा धेरै के चाहियो र|” एउटा केटि मान्छे, कोठा भेटेकी छैन र रात भरि बाहिर ताल छेउमा बिताउने कुरा गर्छिन्| म यहाँ उनको लागि यति चिन्तित छु तर उ भने निस्फिक्री| मनमा राखिन केहि र आफ्नै कोठा जाउ भनि प्रस्ताभ गरे| उनले नाइँ भनि र कारण चाही साथि र म भएको भनी| अप्ठेरो हुन्छ रे हामीलाई|
“हुन त हो है, यस्तो मौसममा दुइ जना रात भरि गफ गरेर बस्नुको मजा बेग्लै….” जिद्दी गरेर भए पनि म उनीसंग नै रात भरि बस्ने भए त्यो रुख मुनि…
“भोलि चेप्पिनु पर्छ है|” उनको बोलि बुझ्न गाह्रो बेला बेला
चेप्पिनु-
2323
Like
Commen
