मनमा अर्को खयाल आयो,यो लेख लेख्ने कहिँ हाम्रो बिस्वास सर त हैन नि ? त्यो नाममा थिचे,एउटा प्रोफाइल खुल्यो ,नभन्दै बिश्वासको फोटो देखे मैले प्रोफाइलमा| मेरो एउटा अर्को बानीको बारेमा भने मैले? एउटा कुरा भेट्नु मात्र पर्छ मैले,त्यसको जड सम्म नगई नहुने,साथीहरुले जिस्केर जासुस पनि नभनेका कहा हुन् र| अभ मलाई बिश्वास सरको सबै कुरा थाहा पाउनु पर्यो| सुरुमा साथीलाई सोधु कि लाग्यो,कसरि चिन्यो बिश्वासलाई भनि| फेरी कसरि सोध्नु, केहि अप्ठ्यारो पनि लाग्यो| ६ बर्ष भइसकेको थियो कलेज सकिएको र यो बीच एकपल्ट पनि दिवाससंग बोलेको थिन, तर अभ आफ्नु मनलाई थाम्न सकिन, ६ बर्ष पछी पहीलो पटक मेसेज गरे दिवसलाई, आखिर मनमा कुरा खेलाएर बस्न कहिले सक्दिन म| सुरुमा “के छ?” बाट सुरु भयो र बिस्तारै हालखबर सम्म कुरा पुग्यो| दिवस संग बोल्न त बोले तर अभ बिश्वास सरको बारेमा कसरि कुरा पुर्याउनु|
“कस्तो राम्रो लेख्न लागेछौ तिमीले|” भूमिका बनाएर बोल्ने सिप छ मसंग र अहिले त्यहि सिपको भरपुर सदुपयोग गर्दैछु म|
“के लेखे र मैले त्यस्तो?” थाहा छ मलाई उसले लेखेको हैन, उसलाई के थाहा मेरो दाउ के हो भनेर|
“त्यो गधा वाला तिमीले लेखेको हैन?” मैले चाहेको तिर बल्ल कुरा मोडियो,कम बाठी छु र म|
“ मलाइ आफ्नु नाम त राम्ररी लेख्न आउदैन कहाँ त्यो लेख्नु|” त्यो कुरा मलाइ पनि थाहा छ, उसले अझै सम्म मेरो दाउ बुझेनछ,कसरि बुझोस् पनि|
“कसले लेखेको हो त,कस्तो मन पर्यो मलाई?” मैले चाहेको गन्तब्य तिर बल्ल कुरा पुग्न लाग्यो|
“एउटा दाइले हो,बिश्वास भन्ने दाइले,साच्चि मन पर्यो हो तिमीलाई?” नाम मलाई पनि थाहा छ,अरु की भन्छ कि भनेको आफै सोध्नु पर्ने भयो,केटाहरु किन जहिले यस्तो कुरा नबुझ्ने हुन्छन के|
“अह,मन पर्यो,कस्तो राम्रो है|” अभ यो भन्दा अघि कुरा कसरि लग्ने मेसो नै पाइन मैले|
“मैले पनि फेसबुकबाट चिनेको हो त्यो दाइलाई,कति राम्रो राम्रो लेख्नु हुन्छ के दाइले|” हरे राम,राम्रो मलाई पनि लाग्यो,अरु पनि केहि भने हुन्छ नि| उसको कुरामा सहमति जनाए र कुरा यत्तिमै सकियो,दिवस संग बोलेर पनि केहि उपलब्धि भएन| अभ बिश्वासको प्रोफाइल खोलेर आफै सबै कुरा थाहा पाउनु पर्ने भयो मैले| अरुको प्रोफाइल खोलेर हेर्नु,मेरो लागि मन लाग्दो र डर लाग्दो,दुवै हो| सबै कुरा क्रमश थाहा हुनाले मन लाग्दो,र कहिले काही झुक्किएर पोस्ट लाइक हुन्छ,त्यो चाही डरलाग्दो| पहिलों पटक हैन मैले कसैको प्रोफाइल खोलेर जासुसी गरेको, पहिलो [पल्टको मज्जा र अहिलेको मज्जा, मजा चाही जहिले उत्तिकै हुने|
पहिलो फोटो खोले बिश्वासको,गालामा झप्प दारी र लामो कपाल,ठ्याक्क अहिले अफिसमा भेट्दा जस्तै,फोटोमा चाही केहि गम्भिर देखिएको छ, फोटो पछी त्यो फोटोको क्याप्सनमा आखा गयो,लेखिएको थियो “संघर्ष बीच अड्किएको गन्तब्य कसलाई पो मन पर्छ|” यति हेर्पछी म पक्का भए, बिस्वास सर चाही गम्भीर स्वभावको मान्छे हुनु हुदो रैछ| स्वाइप गरे र अर्को फोटो आयो, पुल माथिको फोटो, दारि र कपाल उही थियो तर अहिले चाही अनुहार गम्भीर हैन हसिलो,र क्याप्सन चाही “हिड्ने मान्छे लड्छ,घुम्ने मान्छे बस्छ,अनि फोटो खिच्छ|” अघि सम्म गम्भीर लागेको मान्छे,अहिले फेरी गम्भीर लाग्न छोड्यो| जुन मज्जा अरु कोहीको प्रोफाइल लुकी लुकि हेर्नुमा छ,त्यो मज्जा को बयान कसरि गरु म|फेरी स्वाइप गरे र अर्को फोटो आयो,दारी र कपाल उही, सानो मुस्कान मुहारमा, लेखिएको थियो “माया र याद कहिले शुन्या भएन|” फोटो र क्याप्सनले मान्छे कस्तो छ भनि अनुमान लगाउन निकै मुश्किल काम रैछ| १ घण्टा जतिको थप परिश्रम पछी,केहि थप जानकारी पाए,बिस्वास पहिले काठ्मान्डुमा बस्नु हुदो रैछ,उहा पढेको कलेजको नाम नि थाहा पाए, अरु केहि रचना पनि पढ्ने मौका मिल्यो, तर छुट्याउन गार्हो,आखिर उहा मान्छे गम्भीर स्वभावको हो कि हैन|
यति बिचमै दिवसको मेसेज आयो, त्यो मेसेजले मेरो निन्द्रा र सातो पुत्लो संगै उदायो|
To be continue…
