Part 88

रातभर बिस्वाससंग बोलेर सुते, भोलि शनिबार हो,ढिलो उठेपनि हुन्छ,त्यसैले निस्फिक्री भएर बोल्न मिल्यो| भोलि हिलपार्क जाने प्रस्ताभ राख्नु भयो विश्वासले र मैले नकार्न सकिन, अनि भोलि सम्झी सम्झी निदाउन पुगे|

बिस्वाससंग घुम्न जाने कुरा राति मात्र तय भएको थियो, बिहान आमा उठाउन आउनु भयो र चिया पनि संगै लिदै आउनु भएको थियो| चिया मेरो लागि मात्र हैन,आफ्नु लागि पनि ल्याउनु भएको थियो, यसको मतलब आमाले गफ गर्न खोज्दै हुनुहुन्छ| सामान्य कुरा कानी हुदै गयो आमासंग, “एक्लै कसरि बस्छस्, अहिले सम्म एक्लै बसेकी छैनस् घर भन्दा बाहिर,फेरी तेरी साथि पनि त जस्तै छे खयाल राख्नु एक अर्काकी|” यस्तै धेरै कुरा मा पिर मान्दै हुन्हुन्थियो आमा| आमालाई मैले एक्लैले बुझाउन हम्मे हम्मे परेको थियो, ठ्याक्क बुवाको आगमन भयो मेरो कोठामा, “छोरी ठुलो भइसकी,सक्छे अब,सधै हामीले बाधेर पनि हुन्न नि यसलाई|” यस्तै कुरा गरेर बाबाले आमालाई बहलाउन लाग्नु भयो|

“काठमाण्डौ जानु अगाडी लुगाहरु,सामानहरु किन्नु पर्छ होला नि|” आमाको माया भनेको आमाको माया हो, माले आफ्नु जति हिनता लाग्दैन,उहालाई मेरो त्यसभन्दा धेरै चिन्ता लाग्छ|

“कहाँ यहाँ लुगा किन्छ त,उतै किन्छु आमा|” काठमान्डौ देशको राजधानी,त्यहाँ जति यहाँ कहाँ पाउनु लुगाको प्रकारहरु,त्यसैले उतै किन्छु भनि सोच्यो मनले|

“उता महँगो हुन्छ,यहि बाट किनेर लग जे जे लग्नु छ,उता गएर पैसा खर्च गर्ने पनि हैन|” आमाले फेरी थप्नु भयो,अब यसको जवाफ मसंग भने छैन|

“छोरीले भनेको पनि ठिकै हो नि,यहाँ आउने सबै लुगा पनि काठमाण्डौ बाट नै आउने हो,किन यहाँ किन्नु|” बाबाले जहिले पनि यस्तो कुरामा चाही मेरो साथ दिनु हुन्छ|

“तिमीहरु बाउ छोरीलाई मैले भनेको कहिले लाग्दैन है|” आमा रिसाको जस्तो गर्नु भयो र मैले चाहिने सबै समान हरु यहि बाट बोकेर लग्नु पर्ने कुरामा मैले सहमति जनाएपछि मात्र आमाको रिस कम भयो|

“आज शनिबार| त,म अनि बाबा जाउ न तेरो लागि लुगा किन्नलाई|” आमाले कस्तो फसादमा पार्नु भयो,आज बिस्वाससंग घुम्न जाने कुरा थियो,अब आमालाई नाई भन्न पनि नमिल्ने र फेरी बिस्वास्लाई नाई कसरि भन्नु| अब फेरी मैले बहना खोज्नु पर्ने भयो,बहाना चाही के बनाउनु भयो|

“म अहिले अफिस जानु पर्छ,मेरो काम बाकि छ| तिन बजे पछी मात्र निक्लिन्छु अफिसबाट,हजुर हरु उतै आउनुस न,घुम्ने पनि अनि फ्लिम पनि हेरम्ला|” बहाना त बनाए तर के बनाए बनाए,अब मामु बाबाले चाही के भन्नु हुने हो| बाबा आमाले केहि नभनी हुन्छ भन्नु भयो,एकछिन त अचम्म लाग्यो,नाई भन्नु हुन्छ होला भनि सोचेको तर एकैपल्टमा मान्नु भयो| म पनि घरमा अफिसको लागि भनेर १० बजे निक्लिए, बिस्वास सधैको ठाउमा मलाइ पर्खेर बस्नु भएको थियो, आज अरु दिन भन्दा भिन्न देखिएको थियो उहालाई,भिन्न हैन निकै भिन्न, निकै नै भिन्न| चारकोशे जस्तै गालालाइ पुरै चिल्लो बनाउनु भएको थियो, उहाको गालामा एउटा दारी थिएन,पहिलो पटक उहालाई यसरि देखेको,दारी बिना| उहालासी दारी पालेकै सुहाउने रैछ भन्ने कुरा चाही मैले बल्ल आज महसुस गरे|उहाको त्यो रुप देखेर,आफ्नु हासोलाई थाम्न सकिन र हास्न लागे,एकछिन सम्म हासे र केहि बेर पछी चाही आफैलाई नराम्रो लागेर आयो,उहाले के सोच्नु भयो होला,मैले हास्नु पर्ने कुरा पनि केहि थिएन|

“किन काटेको नि दारि?” उहा रिसाउनु भएको छ कि नाई भन्ने कुरा मेरो यो प्रश्नको जवाफ आउन साथ थाहा हुन्छ|

“के गर्नु, केटा परे, काट्न सक्ने भनेको दारी मात्र हो,त जस्तो कुरा काट्न आउदैन|” कस्तो मात्तिएको उहा,मलाई कुरा काट्ने रे, हुन्छ नि तरिका|

“मैले हजुरको कुरा कहिले काटे?कोसँग काटे?” उहा अघि रिसाउनु भयो किन भएन थाहाछैन,मलाई चाही उहाको कुराले रिस उठ्न थाल्यो|

“त्यो अरुलाई भन्ने वाला कुरा काट्ने भनेको हैन लाटी, त्यो भनेको नमान्ने वाला कुरा काट्ने भनेको मैले|” उहाले के भन्नु भएको रैछ,मैले के बुझेछु|अघि उहालाई देखेर हासे,अहिले आफै माथि हासो उठेर आयो|

“त्यो त मेरो हक हो|हजुरले भनेको जति पनि नमान्न मिल्छ मैले तर मैले भनेको हजुरले सबै मान्नु पर्छ|” डुब्न लागेको जहाजमा पनि हासी हासी डुब्दै छु म, जहाँ मेरो कुनै हक नै छैन त्यहाँ नै म आफ्नु हक जताउदै छु|

हिलपार्क जानु अघि पहिले सधैको क्याफेमा गइयो| “दुइ कफी र एक चुरोट” भने मैले| बिस्वस्लाई चित्त बुझेनछ जस्तो छ मैले एउटा मात्र चुरोट भनेको,त्यसैले उहा केहि अचम्मित पनि हुनु भयो र म तिर हेर्न थाल्नु भयो|

“किन एउटा मात्र चुरोट?”

“मैले चुरोट छोडेको|”

“चुरोट छाडेको?किन?”

“न सुरु गर्ने बेला कुनै कारण थियो र न अहिले छाड्ने कुनै कारण छ|”

मैले यति भनेपछि उहाले यो बिषयमा केहि बोल्न नै जान्नु भएन| कफी सकेपछी,उहाको बाइकमा हामि हिलपार्क तिर लागेउ|

Previous article
Next article

Latest Posts