मन नै बिरक्त भएर आयो र यसै बीच फेसबुकमा एक जना देखे अनलाइन| उबाट केहि सहयोग या उपायको आशा भने छैन तर उसलाई भने सुनाउन मन लाग्यो म काठमाण्डौ आउदै छु भनि| त्यो मान्छेको परिचय मैले दिराख्नु पर्दैन होला सायद| प्रकाशले मलाइ जिन्दगि नबिर्सिने धोका मात्र दिएको थिएन, उसले दिएको धोकाले मैले एउटा नया बहिनि पनि भेटेकी थिए| को बहिनि बुझ्नु भयो? मैले उसको नाम अहिले सम्म खुलाकी छैन र अहिले पनि खुलाउदीन| खुलाउनु पनि किन,जसरि म प्रकाशको पिडित हो, ****** बहिनि पनि म जस्तै पिडित नै हो|
“म काठमाण्डौ आउदै छु नि,मेरो अफिस उतै भयो अब|” उसलाई भन्न मन लाग्यो, पिडा वा तनाव कम गर्न हल गर्ने
मान्छे
नै नचाहिने रैछ,सुनिदिने मान्छे पाएपनि तनाब धेरै
कम हुने रैछ|
“हो र!कहिले आउने?” मेरो कुरा सुनेर उ पनि खुसि भइ,उसको खुसि उसले अहिले बोलेको वाक्यमा दर्शिदै छ|
“अर्को महिना आउन लागेको|” मेरो कुरा सुनेर उ खुसि हुदै थि तर म भित्र चाही खुसि अलि कति पनि थिएन तर उ सामु त्यो कुरा जिकिर नहोस् भनि,उसंग बोल्दा चाही हासी हासी नै बोल्दै थिए|
“हजुर आएपछि भेट्नु पर्छ है यो पालि चाहि,अस्ति आएर पनि नभनी जानु भयो|” अस्ति बिस्वास संग शोभाको लागि काठमाण्डौ गएको बेला पनि बहिनिलाइ भेटेकी थिन मैले, भेट्नु पर्छ भनि सम्झेको थिए तर मौका मिलेको थिएन| भेट्ने इच्छा उसलाई पनि थियो र मलाइ पनि, फेसबुकमा नै यति गफ गरियो कति कुरा र भाव साटियो, भेट्ने इच्छा कसलाई हुन्न र|
“अब काठमाण्डौमा नै बस्ने भएपछी भेट भइहाल्छ नि|” उ कति खुसि भएर भेट्ने हैन भन्दै थि,मैले केहि मिठो जवाफ दिन सक्थिए होला नि,तर म के भाको के|
“हजुर कहा बस्ने हो र काठमान्डौमा?” आज मलाइ जसले पनि यो प्रश्न किन गर्दै छ कि, भगवानले एक रुपी रुपमा मलाइ दवाब दिदै छन् जस्तो महसुस हुने|
“खै,होस्टेलमा बस्छु कि!”बहालमा नबस्ने भएपछी,होस्टेलमा पनि एउटा उपाय हो तर त्यो पनि निधो भइसकेको छैन तर अनुमान सुनाउनमा के जान्छ र मेरो|
“किन होस्टेलमा बस्नु नि,म संग नै बस्नु न|”शोभाले जे भनेकी थिए,यो बहिनीले पनि त्यहि भनि,फरक यति थियो कि शोभाले यो भन्छे भन्ने थाहा थियो तर बहिनीले यो भन्छे भनि कल्पना पनि गरेकि थिन मैले| शोभाले र बहिनिले दुबैले भनेको कुरामा एउटा समानता भने थियो, दुबैले संगै बस्ने भने तर दुवै संग संगै बस्न मलाई मन थिएन|
“कहाँ मिल्छ त्यसरी, तिम्रो मामु हुनु हुन्छ,के भन्छौ घरमा?” बहाना बनाउनु थियो,यहि बहाना बनाए मैले|
“मामुको सरुवा भयो एक हफ्ता अगाडी, म एक्लै बस्छु अहिले घरमा|हजुर आउनु भयो भने,मलाइ पनि साथि हुन्छ कोहि|” उसले यति भनेपछि केहि भएपनि मेरो निर्णय परिवर्तन होला कि होला कि भयो तर भइसकेको भने थिएन|
मैले अरु पनि निकै बहाना बनाउदै गएँ र मेरो हरेक बहानालाइ बहिनीले पन्छाउदै गइ, मेरो एक एक बहानालाइ उसले कुच्चोले कसिंगरलाई बरालेको जस्तै बराल्दै गइ| अन्त्यमा बहिनीले जे चाही त्यहि भयो,म उसंग नै बस्ने भए काठमान्डौमा| एक्लै कोठा लिएर बस्नु भन्दा वा होस्टेलमा बस्नु भन्दा यो पनि निकै ठिक लाग्यो| बुटवलबाट कोहि संग भाग्नलाइ काठमान्डौ जादै थिए,त्यसैले होला एक्लै बस्न मन लागेको तर यो कामना चाही पुरा भएन मेरो तर पनि खुसि छु|
एउटा कुरा सोच्न लाग्यो दिमागले अनि म आफै भित्र भित्र हास्न लागे| संयोग भन्नु कि भगवानले यस्तै लेखेका हुन् मेरो भाबीमा, प्रकाश संग सम्बन्धको अन्त्य हुदा एउटा नया पात्र थपियो मेरो जीवनमा जो एकदम मिल्ने बाहिनि भइ| बिस्वास संगको सम्बन्धबाट भाग्न खोज्दा पनि ठिक यहि दोहोरिदै छ, म फेरी त्यहि बाहिन संग नजिकिदै छु| संयोग त होला सबै|सुत्नु अघि एउटा ठुलो कार्य सम्पन्न भएको जस्तै भयो, अब बुटवल बसुन्जेल अरु केहि सोच्नु नपर्ने भयो, परिवार अनि विश्वासलाइ समय दिन पाउने भए मैले|
रातभर बिस्वाससंग बोलेर सुते, भोलि शनिबार हो,ढिलो उठेपनि हुन्छ,त्यसैले निस्फिक्री भएर बोल्न मिल्यो| भोलि हिलपार्क जाने प्रस्ताभ राख्नु भयो विश्वासले र मैले नकार्न सकिन, अनि भोलि सम्झी सम्झी निदाउन पुगे|
