यस भन्दा अघि, आफैलाई याद छैन कहिले सुनेको थिए रेडियो|कहिले रेडियो नसुनेको मलाई फेरी रेडियो मन पर्न लाग्यो | धेरै कार्यक्रम सुन्दै जादा, एउटा कार्यक्रम भने धेरै मन पर्न लाग्यो| त्यसैले होला बिदा भरि कहिले दिउसोको दुइ बज्छ हुने जहिले | रेडियो सिमरामा, दिसुओ २ बजे जहिले “कल सिमरा” नाम गरेको रुट कार्यक्रम संचालन हुने | नाम सुनेर नै बुझछन मानिसहरुले, कार्यक्रममा के के हुन्छ | २ देखि 3 को समय मा कहिँ पनि नजाने घर छोडेर, अनेकौ मान्छेले फोन गर्थिए त्यो कार्यक्रम तर म भने उनको आवाज मात्र सुन्न ब्याकुल|भन्न बिर्सेछु, कार्यक्रम संचालिकाको स्वर सारै मिठो, जति सुने नि नपुग्ने, मानौ न कुनै नशा थियो उसको आवाजमा| कति पल्ट त्यो कार्यक्रम रेकर्ड गरेर नि राखे र त्यसपछि २ नै पर्खिनु नपर्ने उसको आवाज सुन्नलाई| सुनेर मात्र पुगेन, मनै त हो, अभ बिस्तारै आफुले पनि फोन गर्न लागे त्यो कार्यक्रममा | यस्तै नै थियो बिदाको पलहरु,रेडियोले गर्दा फेरी साइनो जोडिदै थियो यो दुनियासंग | मा फेरी पहिले जस्तै हुदै थिए | अधेरो रात पछि फेरो सुनौलो बिहानी आयो | यहि त होला जिबन |
मेरो दैनिकी फेरी पहिले जस्तै सामान्य र सुन्दर हुन लाग्यो | यसो सोचेर हेर्दा त मान्छेको जिबन र ऋतुहरु एउटै जस्तो लाग्छ मलाई | उनीलाई भेट्नु अघि मेरो जिबन बसन्त ऋतु जस्तै थियो,पुरै सुन्दर र रमणीय | उनी आइन् मेरो जिबनमा जस्तै आयो ग्रिसमा ऋतु, उनको मायाको तापले म पसिना पसिना भए | अभ पालो थियो बर्षा ऋतुको,उनी संगै बेन्चमा बस्दा मेरो लागि मायाको बर्सात भयो र यो केटो चिप्लियो उसको मायामा | उनी संग त्यति नजिक हुनु मेरो लागि कुनै चाडपर्ब आको जस्तै थियो, अर्कै अनुभूति हुने,जिबनमा उमंग र मनमा खुसि थियो,यसरि शरद ऋतु पनि सकियो | बिस्तारै हेमन्त ऋतुको आगमन भयो र हाम्रो सम्बन्ध पनि चिसियो, म यता उस्को मायाको न्यानोको अभाबमा काप्दै थिए,मनमा उसको मायाको किरणको आशा थियो तर उसलाई त बादलले छेकेको थियो |मलाई मात्रै थाहाछ कसरि कटाए मैले हेमन्त भनेर | पिडा झन् बढाउन,शिशिर ऋतु थपियो | जिबन उजाड भयो मेरो,हेर्दै बिरक्त लाग्ने,मरुभूमिसंग नि तुलना गर्न नमिल्ने गरि ,सबै अन्त्य भाको जस्तो,केहि बाकि थिएन म मा | सबै कुराबाट गुज्रियेपछी फेरी मेरो जिबनमा बसन्त को फूल फुल्दै छ,फेरी नया उमंग भरिएको छ जिबनमा,अभ केहि गर्छु भन्ने प्रेरणा लिएर अघि बढ्दै थिए|मैले बुझिसकेको थिए,सक्दिन भनेर छोड्नु भन्दा सकिन भनेर छोड्नु जाति भन्ने कुरा |
स्कुल पनि सुरु भयो,अभ त दैनिकी नै व्यस्तताले ओगटेको हुने | बिहान गाको मान्छे घर फर्किदा पनि बेलुकाको ५-६ बज्थियो | पढाई बाहेक अरु केहि कुरा गर्न र सोच्न समय नै नमिल्ने | घर आएपनि मैले पहिलेनै भने जस्तै गृहकार्य गर्न गोरुझै जोत्तिनु पर्ने | आफ्नु बारेमा त सोच्न फुर्सद थिएन,अरुको बारेमा सोच्ने त कुरै हुन्न | फरक यति थियो,पहिले कहिले काही फर्किदा कुरा हुने गर्थियो एरिकासंग,अहिले बोलचाल भने नाकाबन्दीको नेपाल जस्तै पुरै ठ्प्प | यसले गर्दा मलाई सामान्य अवस्थामा फर्किन धेरैसजिलो भयो | तर एउटा बानि चाही अझै सम्म गाको थिएन,अहिले पनि बेला बेला लुकी लुकी हेर्ने गर्थिए | नानि देखि लागेको बानि पो हो त |
शनिबार चाही कहिले आउँछ हुने मलाई | बिदा हुन्छ भनेर हैन, दिउसो रेडियोमा संचालिका सारिकाको स्वर सुन्न पाइन्छ भन्ने खुसि | उसको नाम पनि उसको आवाज जस्तै राम्रो थियो |स्वर्गीय आनन्द महसुस हुने उसको आवाज सुन्दा | एकदिनको कुरा हो ………
To be continue….
