खाजा पनि सकियो र तिन पनि बज्यो,बिस्वासले मलाई अफिस अगाडी छोड्नु भयो र म बाबा आमालाई पर्खिन लागे| बुवा आमा नआउने बेला सम्म बिस्वास पनि म संगै बस्नु भयो| बिस्वास र मेरो कुरा के भएको थियो भने, बाबा-मामुलाई देख्ने बित्तिकै, बिस्वास आफ्नु बाइक तिर जानु हुन्छ र म मामु बाबा तिर,यति भएपछी मामु बाबाले बिस्वासलाई देख्नु हुन्न भनेर पक्का थिए म| भाग्य खराब भएको मान्छेको नोकिया ३३१० पनि फुट्छ रे, म पनि त्यहि मान्छेहरु मध्य एक हु| अघि देखि त्यति कुरा मिलाएको थिए बिस्वास संग, तर उहा संग गफको सुरमा बुवा मामु छेउमा आएपछि मात्र चाल पाए,एकछिन अक्बकिए, मामु बाबालाई के भन्नु भनि, केहि त भन्नै पर्नी थियो|
“मामु,उहा मेरो अफिसको सर|” बिस्वासको एउटा बानि चाही निकै मन पर्छ मलाई,निकै नै| सानुलाई माया अनि ठुलालाइ सम्मान दिन कहिले पछी पर्नु हुन्न,मैले यति वाक्य भनेको मात्र के थिए, बुवा आमालाई नमस्ते भन्न भ्याइसक्नु भएको थियो बिस्वासले|
“विश्वास भनेको बाबु नै हो?” लौ,आमालाई नाम कसरि थाहा भयो,मैले आमालाई नाम त के मान्छेको बारेमा पनि भनेको थिन| सोच्न लागे,आमाले नाम कसरि थाहा पाउनु भयो भनि, खोज्न लागे,त्यो पल जसमा मैले झुकेर बिस्वासको नाम भनेको थिए कि भनेर, भुसको थुप्रोमा सियो कहिँ भेटिन सकिन्छ र ,सकिन्न| त्यसरी नै मैले थाहा नै पाउन सकिन,आखिर आमाले कसरि थाहा पाउनु भयो बिस्वासको नाम| शोभाले पक्कै भन्दिन अनि शोभा बाहेक अरु कसैले भन्नलाई उनीहरुलाई पनि थाहा हुनु पर्यो नि| ए सच्चि मामालाई भनेको थिए बिस्वासको बारेमा,मामाले कुरा चुवाउनु भएछ मामु अगाडी, मामाले मामुलाइ भन्नु हुन्छ भनेर सोचेकी पनि थिन मैले| के थाहा त मलाइ,त्यस्तो पक्का देखिने छतबाट पनि पानि चुहिन्छ भनेर|
“हजुर मामु, मेरो नाम बिस्वास हो|” अरु साथि भएको भए मामुलाई अन्टि भनि सम्बोधन गर्थिए होला तर बिस्वास अलि भिन्न, मामुलाइ मामु नै भन्नु भयो| पछी गएर पनि मामु नै भन्नु पर्ने हो,अहिलेबाट बानि बसाल्दै हुनु हुन्छ|
मामु र बाबा दुवै बिस्वाससंग बोल्न थाल्नु भयो, मेरो काम चाही उहा हरुको गफ सुनेर बस्ने मात्र भयो,के के कुरा गर्नु भएको फेरी| अफिसमा बिस्वास के काम गर्नु हुन्छ,बिस्वाससंग अरु को को काम गर्छ,बिस्वास कहाँ बस्ने,कोसँग बस्ने,सबै कुरा सोधेर भ्याउनु भयो| बिस्वास के सोच्दै हुनुहुन्छ होला यसरि बोल्नु पर्दा,मलाई त अप्ठेरो लागि सक्यो बिस्वासलाइ कति अप्ठेरो लाग्दै हो|
“अबेला भएन हामीलाई? जाने हैन?” सहन सकिन उहाहरु यसरि बोलेको, उहाहरु गफ गर्दा गर्दै मैले बिचमा रोके उहाहरुलाई|
“बाबु पनि हामि संगै हिड्नु न|” मैले बिस्वासको बारेमा मामुलाई केहि पनि भनेको थिन,अहिले पनि बिस्वाससंग छुट्ट्याउन खोज्दै थिए, झन् मामुले संगै जाउ रे| हैन आफ्नै छोरी कुनै केटा संग बोलेर बसेकी छे,गालि गर्नु छाडेर संगै जाउ रे|
“हैन सरको काम छ रे|सरको मिल्दैन|” फेरी बिस्वासको पनि भर लाग्दैन मलाई, कहिँ हुन्छ भनि हाल्नु भयो भने,त्यसैले आफै जवाफ दिए बिस्वासले केहि बोल्नु अघिनै| मैले यति भनेपछि बिस्वासले पनि सहमति जनाउनु भयो|
अनि त्यसपछि बिस्वास र हामि छुट्टीएउ,बिस्वास बाइक लिएर क्याफे जानु भयो होला सायद,जान्छु भन्नु हुन्थियो| म चाही मामु बाबा संग, खाजा खानलाई रेस्टुरेन्ट तिर गए| जहिले बाबाले हामीलाई यसरि घुमाउन लाग्ने पहिले, अनि रेस्टुरेन्टको बिल पनि बाबाले दिनु हुन्थियो तर आज मैले बाबालाई तिर दीइन बिल| मैले आफै सक्छु भनेर जताउन खोजेकी हैन तर अब बुवाले गर्नु गरि सक्नु भयो मेरो लागि,अब बालो मेरो हो| संसारको सारा खुसि, जुन बिक्रिमा छन्,किन्न सक्छु बुवा आमाको लागि|
आमालाई उहिले देखि एउटा ब्याग अनि बुवालाई जुत्ता उपहार दिन्छु भनेर सोचेको थिए| त्यसैले हामि तिन जना भाटभटेनी तिर लागेउ| बुवाले नाई भन्दा भन्दै पनि बुवालाइ एउटा कालो रंगको जुत्ता लिए र आमाले चाही धेरै छानी सकेपछी मात्र एउटा ब्याग मन पराउनु भयो| आफ्नु लागि केहि चकलेट पनि लिए अनि अरु पनि घरको लागि केहि लिएउ हामीले| हाम्रो मुभि ६ बजेको थियो, त्यसैले हामि संग समय पर्याप्त छ, भाटभटेनीको अघि बसेर आइसक्रिम खादै बसेउ हामि| मेरो हातमा भएको बटर स्कत्च आइसक्रिम भन्दा मिठास, बाबा आमाको अनुहारमा छाएको खुसिमा थियो मिठास| म त्यहि मिठासको आनन्द लिएर बसेकी छु अहिले तर मेरो जीवन हो यो,केहि कुरा सामान्य हुन्न,एकछिन एकछिनमा मोड आउछ|
भगवानले पनि सोच्नु हुन्छ होला,यो प्रतिक्षाको जीवन किन यस्तो सामान्य भएको अहिले| केहि मोड ल्याउनु पर्यो,केहि चहल पहल हुनु पर्यो,अनि त्यसपछि लाग्नु हुन्छ मेरो जीवनमा एउटा मोड ल्याउन|
