भगवानले पनि सोच्नु हुन्छ होला,यो प्रतिक्षाको जीवन किन यस्तो सामान्य भएको अहिले| केहि मोड ल्याउनु पर्यो,केहि चहल पहल हुनु पर्यो,अनि त्यसपछि लाग्नु हुन्छ मेरो जीवनमा एउटा मोड ल्याउन|
भाटभटेनीको बाहिर बसेर आइसक्रिमको स्वाद लिदै थियौ, बिस्वासलाई में गेट बाट भित्र पस्दै गरेको देखे, बिस्वासले चाही अहिले सम्म देख्नु भएको थिएन हामीलाई| बिस्वासले हामीलाई नदेखे जसरि नै बुवा आमाले पनि बिस्वासलाई नदेख्नु होस् भनि सोच्दै थिए, मामुले भनि हाल्नु भयो “उ तेरो सर हैन?”| बिस्वास आफ्नै धुनमा हुनु हुन्थियो,उहाले हामीलाई नदेखे पनि मामुले उहालाई देखेपछी,मैले बिस्वासलाई बोलाउन नै पर्यो|
“बाबुको काम छ भनेको हैन,अनि कसरि भाटभटेनीमा?” अनेकौ बहाना बनाएर बिस्वासलाइ पठाएकी थिए मैले,फेरी यहाँ आएर भेट भयो अनि त्यसमाथि मामुको प्रश्न| बिस्वास अक्बकिनु भयो र उहा जसरि म पनि अक्बकिए, न उहालाई केहि भन्न आयो न मलाइ|
“यहि घरको लागि सामान किन्ने काम थियो मामु|” म केहि बोल्न सकेकी थिन,धन्न बिस्वासले एउटा भएपनि बहाना सोच्नु भयो|
“बाबुलाई पनि आइसक्रिम ल्याइदेन|” मामुले मलाइ हेर्दै यति भन्नु भयो, म अहिले सम्म पनि बोल्न सकेकी थिन,आइसक्रिम लिन गए मामुले भने जसरि नै| आइसक्रिम लिएर आए र एकछिन बिस्वास फेरी हामि संग बसेर गफ गर्न लाग्नु भयो,गफ मामुले गर्दै हुनुहुन्थियो, बिस्वास सुन्दै मात्र हो|
“मामु म जान्छु है अहिले, घर गएर खाना पकाउनु छ|” बिस्वासले यति भनि बिदा लिन खोज्नु भयो, बिस्वासले यति नभनेको भए मामुले गफ गरेर मुभि पनि छुटाउनु हुन्थियो होला|
“किन नि बाबुले खाना पकाउने, आमालाई सन्चो छैन हो?” जान्छु भनेको मान्छेलाइ सिधै जान नदिएर कति प्रश्न सोधेर अड्काएको हो के मामुले पनि|
“आमा बाबा काठमाण्डौको घरमा बस्नु हुन्छ,म यहाँ एक्लै हो|” अब बिस्वाससंग प्रश्नको जवाफ दिने बाहेक अरु केहि विकल्प पनि थिएन|
“अनि एक्लैलाइ के खाना पकाउनु हुन्छ बाबु,आज हाम्रैमा खाना हिड्नुस|” मामुले मेरो साटो एक वाक्यमा खाइदिनु भयो, बिस्वास्लाई घर आउने निमन्त्रणा पो गर्नु भयो, सायद मैले केहि प्रतिबाद गर्नु पर्थियो होला तर म झस्किएको थिए र सामान्य अवस्थामा आउन बाकि नै थियो|
“हामि मुभि हेर्न जादै छौ मामु, हजुरले के कुरा गरेको|” म चाहिने भन्दा धेरै रुखो भए, अरु भएको भए चित्त दुखाउथिए होला तर विश्वासले बुझ्नु हुन्छ म किन यस्तो रुखो भएको भनेर|
“त्यसो भए पहिले बाबु हामि संगै फ्लिम हेर्न हिड्नुस अनि त्यसपछि खाना खानलाइ हाम्रो घर|” म बहान खोजेर सबै कुरा पन्छाउन खोज्दै छु,मामु भने एकहोरो मेरो हरेक बहानालाई विफल पार्दै हुनु हुन्छ|
मामुले यति भनेपछि बुवाले पनि मामुको हो मा हो थप्नु भयो,त्यसपछि न बिस्वासको केहि लाग्यो न मेरो नै| तर बिस्वासलाई भित्र भित्र रिस पक्कै पनि उठेको हुनु पर्छ, केहि अप्ठ्यारो पनि लागेको हुनु पर्छ र केहि संकोच पनि होला मनमा | यी सबै भावना मुहारमा देखाउन नसकेपनि,बिस्वासको मन भित्र चाही पक्कै पनि छापिएको हुनु पर्छ| भाट भटेनी पछी हामि सिधै सिनेमा हल गयौ, टिकेट पहिले बुक गरेको थिएनौ,भाग्यवस चार वटा सिट नै संगै र राम्रो स्थानमा पाइयो| टिकेट लिएर मामु बाबा सिट तिर जानु भयो,अनि म र बिश्वास भने पप्कर्ण र चिसो लिन गयौ|
“हजुरलाई कस्तो अप्ठेरो लागेको होला यसरि आउदा|” बिस्वासको मनमा के छ बुझ्न मन लाग्यो,त्यसैले मामु बाबालाई भित्र पठाएर,म बिस्वास संग पप्कर्ण र चिसो लिन आएको, एकछिन भएपनि गफ हुन्छ भनि|
“के को अप्ठेरो, बिहे अगाडी नै मेजमानी पाउदै छु सासु-सुसुरा बाट|” मैले के के सोचे थिए,उहाले नराम्रो लागेर गालि नै गर्नु हुन्छ कि मानेको थिए तर उहा ठिक बिपरित खुसि पो हुनुहुन्छ|
“खुब जान्नु भएको छ है हजुरले| हुन्न भन्नु पर्दैन मामुले जाउ भन्दा?” बिस्वास रिसाउनु भएको छैन थाहापाएपछी,म आफै रिसाएको जस्तो गर्न लागे|
“लाटी, तैले सुनिनस्,मैले कति नाई भने? मेरो केहि लाग्यो?लागेन नि|” म रिसाएको जस्तो गरि नाटक गर्दै थिए तर बिस्वास चाही साच्चिकै रिसाउन लाग्नु भयो|
“ह्या जिस्केको के,हजुर पनि केहि नबुझ्ने|” माहोल सामान्य बनाउने काम मेरै त हो नि,अनि सफल पनि भए|
गफ गर्दै अनि जिस्किदै,चिसो र पप्कर्ण लिएर हामि पनि भित्र पसेउ,सिट खोज्दै बुवा मामु निर पनि पुगेउ, अब चाही बिस्वासको माया लागेर आयो| चारवटा सिट मध्ये मामु बाबा बिचको दुइ सिटमा बस्नु भएको थियो,म गएर मामुको छेउमा बसे अनि बिस्वास गएर बाबाको छेउमा| बिचार बिस्वास, पुरै फ्लिम भरि कोहि बोल्ने साथि पनि भएन,बुवासँग खासै के नै बोल्नु हुन्छ होला बोलि हाले पनि| यता मामु भने म संग गफ गर्दै हुनु हुन्थियो,उहाले के बोल्दै हुनु हुन्छ मलाई केहि ध्यान छैन,मेरो ध्यान बिश्वास तिर थियो, मामुको हरेक वाक्य पछि “अह,उम्म” बाहेक केहि बोल्नु नै परेन मैले|
रमाउन हामि चारजना नै आएको हो,बिस्वास्लाई कसरि एक्लो पार्नु, मोबाइल निकालेर बिस्वास्लाई मेसेज गर्न लागे| ल अभ चाही मनमा शान्ति आयो,बिस्वास पनि रमाउदै हुनुहुन्छ भनि| मुभि बुवा आमा दुबैलाई मन परेछ,मलाई कथाबस्तु केहि थाहा छैन मुभिको,बिस्वाससंग मेसेजमा रमाउन नै ब्यस्त थिए म| यति राति गाडी पाउने कुरै हुन्न,बुवाले टुक-टुक बोलाउन लाग्नु भएको थियो तर त्यो पनि भेटिएन|
“मेरो बाइकमा 3 खेप गरेर जाउ न त |” बिस्वासले जुक्ति अनि बहाना,ठाउको ठाउ सृजना गर्नु हुन्छ, मानौ पहिले देखि के हुन्छ भनि भान हुनेगर्छ उहालाई|
“तिन खेप गर्नु पर्दैन,तिमि अनि म घर जाउ,अनि मेरो बाइक पनि लिदै आउ|” बिस्वासको कुरा सुन थियो भने बुवाले त्यसमा सुगन्ध थप्नु भयो|
म अनि मामु सिनेमा हालको परिसर भित्र गयौ,बिस्वासको बाइक पछाडी बसेर बुवा र बिस्वास घर जानु भयो, अनि एकछिन पछी बुवा आफ्नो बाइक लिदै आउनु भयो,अनि बिस्वास पनि आफ्नो बाइकमा हुनु हुन्थियो|
