म: “५ जना साथिको समुह हाम्रो, +२ पढ्ने बेला पनि संगै नै थियौ हामि| अरु साथि बने तर यस्तो मिल्ने साथि सायद कहिले बन्दैनन्| हामि बीच केहि पनि लुकेको छैन| एक अर्कालाई हामि आफ्नो हरेक बात बताउथियौ| तर… यसरि भन्दा मजा आउदैन| अन्त्यको भाग सुरुमा भनेर हुन्छ र, म सुरु देखि भन्छु है|
फोनबाट केटि मन परेको अघि भर्खर भने है मैले| यस्तो चेते नि, कहिले केटि बारे सोच्दै सोचिन| केटीको बारे सोचिन भन्दा पनि मायाको बारे चाही सोचिन| जिन्दगिमा जे गरे पनि तर माया गर्दिन सोचेको थिए| फोनमा बोलेर मात्र, नभेटेर पनि कोहिसंग माया बस्छ भनि मलाई के थाहा| साथिहरुले पनि कति केटि मिलाइदिन खोजे, अनि मैले पनि कति केटि भेटे तर… तर मायाको लागि हैन, शरीरको तृष्णा मेट्न| हुन्छ नि, कहिले अरुसंग मायाको भावना नै आएन| मात्र त्यो फोनमा बोल्ने केटीको अनुहार एक पल्ट हेर्न पाए पनि हुन्थियो नि| यसरि नै प्लस टु सकियो| माया कोहिसंग बसेन तर थुतुनो ट मुतुनो धेरैसंग जोडियो| मेरो शब्द चयन राम्रो छैन है सर|
प्लस टु भनौ कि आइ.कम, त्यो सकिएको केहि महिना रमाइलो भयो| रिजल्ट आउन केहि समय लाग्ने| बुवासंग झुठ बोल्यो र कहिले के को लागि र कहिले के को लागि भन्दै पैसा मगायो| बुवा सोझो भन्ने कि बुझ्ने, भने जति पठाईदिनु हुन्थियो| प्लस तु पछी चाही के गर्ने निधो गर्न मलाई मुक्सिल हुदै थियो| कसैले यो पढ भन्ने अनि कसैले त्यो पढ भन्ने, मान्छे पिछे सुझाब भिन्न| ५ साथि मध्य दुइ साथि पढ्न भनि इन्डिया गए| यति हत्तारमा गए दुइ जना, के भन्नु| भेट्न पनि पाइएन|
उपत्यकामा हामि तिन साथि मात्र थियौ: म, बिनोद, कुमार| कुमारले इन्जिनियरिंग पढ्छु भनि पहिले नै सोचेको थियो, बिनोद अमेरिका जाने सोचमा थियो| म मात्र गोबरल्याठ, जसलाई केहि थाहा थिएन| गाउ फर्किएर जाउ भने बुबाको ब्यपारमा सामेल हुनुपर्ने| उपत्यका बस्नलाइ पढ्नु पर्ने| पढ्न मन नभएको हैन तर के पढ्नु? के पढ्ने थाहा भएको भए पनि सजिलो हुन्थियो| एक्लो हुदै थिए जीवनमा, बिनोद र कुमारले यो कुरा बखुबी बुझेका थिए| एउटा केटिसंग चिनजान गराइदिए| एकदमै च्वाक र सेक्सी| भेटेको दिनमा नै उसको गाला तोकेर, ओठ चुसेर,आह… इच्छाएको पुरा हुन्छ, बिछौना तताउन धेरै दिन लागेन तर पनि मन भने सातिएको थिएन|
बिनोदको भिसा लाग्यो| उ बाहिर जानु अघि, हामि कहिँ रात संगै बिताउने सल्लाह भयो| धुलिखेल जाने भइयो| बिनोद र कुमारको केटि थिए, मतलब मेरो जस्तो केटि हैन| माया बसेको, मैले भाउजु भन्नु पर्ने खाले| जोडी जोडी जाने सल्लाह भयो| प्रेम जोडी नभए पनि, यौन जोडी थियो मेरो| ३ जोडी धुलिखेल पुगियो| रक्सि, चुरोट, मासु अनि गफ यहि त हो नि| मध्य रात यसरि नै भयो| ३ जना साथि, अन्तिम पल्ट भेटिदै थियो| अन्तिम पल्ट मतलब, कति बर्ष नभेटिने हो यसरी संगै| रक्सिको मातमा गफ झनै धेरै हुने| आगो ताप्दै, आगोमा मासु पोल्दै, एक एक पेग लगाउनुको मजा बेग्लै| पानि नपरेको भए यसरी नै बिहानी हुन्थियो| पानिलाई दोष के दिनु, रक्सिले पनि आफ्नो आफ्नो कोठा जान बाध्य बनायो|
केहि बेर अघि साथिको गफमा भिजेका थियौ| जब जोडी जोडी कोठा पुगेउ, यौनमा भिज्न लागेउ| केटिसंग एउटा बन्द कोठामा के के कसरि हुन्छ, हजुरलै भनि राख्नु पर्दैन होला सर| खात भाच्चिने गरि हल्लिएपछी, शरीरको सबै तागत खुलित भयो| यौन एउटा फुल हो भने, एकछिनमा सुन्दरता मेटिने रैछ, अनि शरीर ओइलाउने त्यसपछि| उनि निदाईन्, मलाई निन्द्रा लागेको छैन| पानि रोकिएको जस्तो भएको थियो, छतमा पुगे| चुरोट सल्काएर बसेको थिए, म अनि चुरोट| तेस्रो व्यक्तिको आगमन भयो|
कुमारको गर्लफ्रेन्ड| एकछिन गफ भयो तर औनी उदास थिइन्| उनले भनेको हैन, उनको आवाजबाट थाहा हुन्थियो| एकछिन केरे अनि उनले सुनाइन् सबै| कुमार र उनको केहि दिन देखि कुरा मिलेको थिएन| कुमारलाइ थाहा थिएन कि उनि यो सम्बन्धमा खुसि थिइन भनि| आफ्नो साथिको माया लाग्यो| उसले जसलाई माया गर्थियो, उनि नै त्यो सम्बन्धमा अखुसी थिइन| गफ हुदै थियो र रक्सिको मात| उनलाई सम्झाउदै थिए, धेरै सम्झाए छु क्यारे| हामि एक अर्कालाइ चुम्न लागेउ| आफ्नै साथिको गर्लफ्रेन्डसंग यस्तो गर्नु सहि कि गलत भनि सोच्न सक्ने शक्ति रक्सिले उहिले बर्बाद गरिदिएको थियो| अनि त्यसमाथि यौनको नशा, एक अर्कामा समर्पण भएर नै बित्यो त्यो रात|
यो राज, त्यो रात संगै पखालियो र कहाँ बग्यो बग्यो| कुमारलाइ केहि थाह छैन र मैले भन्ने हिम्मत पनि गरेको छैन| केहि हफ्ता पछी उनीहरु दुवै छुट्टिए| कारण के हो थाहा छैन तर कारण म चाही थिइन| त्यसैले यो गित सुन्यो कि त्यो पल याद आउछ| गल्ति हजार हुन्छन, यहाँ होश हराएको बेला| हाहाहा|”
मैले आफ्नो जीवनको एउटा पल सुनाए| अब पालो सुरेन्द्र जी को थियो| चुरोट सल्काउदै उहाले आफ्नो कहानी सुरु गर्नु भयो|
सुरेन्द्र : “म
