म: “ म पनि ११ मा थिए| बच्चै देखि काठमाण्डौ नै बसेको हो| मतलब स्कुल काठमाण्डौमा पढेको| एस.एल.सी. सम्म होस्टेल| होस्टेल निया घर जस्तो भएको थियो| असारमा गर्मीको बिदा, दशैं बेला, अनि होलिको बेला, म घर जाने भनेको यहि बेला मात्र थियो| घरमा साथि पनि धेरै थिएनन्| घरबाट किच किच गरेर दिमाग नखाने हो भने, म घर पनि जान्थिन होला| सबै काठमाण्डौ नै भएको थियो| बच्चै देखि संगै पढेको साथि, संगै चकचक गर्ने साथि, संगै पहिलो पटक क्लास बन्क गरेको साथि, सबै काठमाण्डौमा नै थिए| काठमाण्डौ हैन होस्टेलमा थिए|
साथि हैन परिवार नै थिए| जब सुख दुख सबै उनीहरुलाइ थाहा हुन्छ, उनिहअरुसंग लुकेको केहि छैन, मनको बात बुझ्दिने उनीहरु नै थिए, पहिलो चुरोट देखि पहिलो बियरको बोतल उनीहरुसंग नै समातेको थिए, बदमासी गरे पछी सरको लठ्ठीले हाम्रो चाकमा पनि संगै चुम्थियो अनि रातो दाम बस्थियो| जब यो सबै संगै हुन्थियो भने, कलेज पनि संगै पढ्ने भइयो| हाम्रो ग्रुपमा ५ जना थिए| ५ जना नै तिनकुनेको एउटा कलेजमा भर्ना भयौ| सबै राम्रै नै चल्दै थियो| होस्टेलको जीवन राम्रो नै थियो तर होस्टेल बाहिरको जीवन चाही स्वर्ग नै थियो| १२ बर्ष होस्टेलको संसारमा बाचे पछि, केहि नया सुरुवात भयो मेरो जीवनमा|
५ जना साथि, काठमाण्डौमा एउटा फ्ल्याट लिएर बस्न लागेउ| कहिले किताब किन्ने बहाना, कहिले परिक्षाको बहाना, कहिले कलेजको भ्रमण भनि झुठ बोल्ने कहिले ट्युसन पढ्न भनि| यसरि नै बुवाको गोजी रित्त्याउन खप्पिस भएको थिए| काठमान्डौ बस्न हजुरले १००० रुपेले कसरि पुर्याउनु भयो मलाई त अचम्म लाग्यो| ढाटेर नै, महिनाको ८ ९ हजार मगाउथिए घरबाट| यसरि नै चल्दै थियो जीवनमा| साथी छन्, पढाइ पनि राम्रै हुदै थियो, अब जीवनमा एउटा मात्र कमि थियो| कोहि माया गर्ने मान्छेको|
बिक्की भन्ने एउटा साथि, हरेक हफ्ता फ्ल्याटमा केटि ल्याउने, अनि उसको लागि भए पनि हामि फ्लिम हेर्न जानु पर्ने| उसलाई पनि एकदिन यसरि नै फ्लिम हेर्न पठाउने मन थियो| साथीले जहिले देब्रे हात भन्दा दाहिने हात ठुलो भयो भनि जिस्काउने, उनिहरुलाइ जवाफ दिनु थियो| यहाँ सम्म भन्थिए कि, बिहे पछी तेरो केटीले बच्चा पाउछे तर बाउ त हुन्नस्| यो भन्ने सबैलाइ चुपी लगाउनु थियो| उनीहरुले जिस्केर भनेका थिए तर मन पोल्ने बेला बेला| त्यसैले पनि, जसरी भए पनि लब गर्नु थियो मलाई|
दुइ तिन जना केटिलाइ, कलेजको केटीलाइ साथि बनाएर, उनीहरुलाइ प्रेम प्रस्ताभ नराखेको हैन तर भाग्यले साथ दिएन| “एउटा बाइक भएपछी, गधाले नि केटि पत्त्याउन सक्छ|” जब साथिहरुले सुझाव दिए, घरमा घुर्की लगाएर भएपनि बाइक किनेर नै छाडे| बाइक पाए तर बाइक पछाडी मेरो कम्मर समाती मलाई अंगालेर बस्ने कोहि पाइन| मेरो बाइक, साथिहरुले केटि राखेर हिड्न लागे| आगो मैले बाले, ताप्दै साथी थिए| अब चाही बेइज्जत हुन मात्र बाकि थियो| अहिले जस्तो फेसबुकहरु त्यो जमानामा हुन्थियो भने त, म पनि श्री कृष्ण हुन्थिए| अहिले पनि 50 पुग्न लाग्यो| हाहाहा|
त्यो बेला मोबाइल भनेको भर्खर भर्खर मात्र आएको थियो| सबै साथि मध्य मसंग मात्र मोबाइल थियो| अहिले पो कहिले फ्री मेसेज कहिले फ्री कल अफर आउछ| पहिले त फोन उठाएको पनि पैसा लाग्थियो| जिस्किएको हैन, फोन उठाएको साच्चिकै पैसा काटथियो| फोन उठाउन पनि दुइ पल्ट सोच्नु पर्थियो| मोबाइल छ, बाइक छ तर भाग्य छैन| नत्र गर्लफ्रेन्ड मेरो पनि बन्नु पर्ने थियो| नोकिया मोबाइल थियो, साथिहरुले यसमा पनि जिस्काउन छाडेनन्| “ नो-किया नो-किया” भन्दै जिस्काउन लागे|
रातको ११ बजे, मोबाइल बज्छ मेरो| फोन उठाउनु कि नाइँ भयो| फोन उठाए| कहिँ केहि जरुरि परेर कसैले फोन गरेको हैन नि भनि|
“हेल्लो, प्रनिल हो?”
“हैन”
“सरि, रंग नम्बर|”
यति भनेर उनले फोन राखिन्| को बोलेको थाहा छैन तर आवाज मिठो थियो| भोलि पल्ट पनि यसरि नै फोन आयो र यहि प्रश्न गरियो| तेस्रो दिन, दिउसो मेसेज आयो, फेरी पनि यस्तै नै भयो| यहाँबाट हाम्रो बोलचाल सुरु भएको, मित्रता अघि बढ्यो| त्यो नम्बर उनको हैन उनको बुवाको रैछ| त्यसैले फोन कहिले न उठाउने उनले, पैसा काटियो भने बुवालाइ थाहा हुन्छ भनि| उनिसंग बोल्नु पर्यो भने मैले दुइटा रिचार्ज कार्ड किन्नु पर्थियो, एउटा आफुलाइ एउटा उनलाई| घरमा थप झुठ बोल्न लागे, थप पैसा मगाउनको लागि| यसरि नै बोलचाल अघि बढ्दै थियो| मोबाइलमा पैसा पानि सरि बगाउन लागेको थिए| मलाई उनि मन परेको थियो, उनलाई पो के लाग्थियो|
यति भइसक्दा पनि साथीलाई केहि भनेको थिइन मैले| एकदिन भेट्ने सल्लाह भयो| बसन्तपुरमा दिउसो दुइ बजे, उनि र म| शनिबारको दिन, चित्तिक्क परेर, ट्रली बस चढे तिनकुनेबाट| बसन्तपुर पुग्दा मेसेज आयो उनको “मेरो मोबाइलमा ब्यालेन्स छैन|” २०० को रिचार्ज किनेर उसलाई मेसेज गरे| एक घण्टा पर्खीए तर उनि आइनन्| फोन गरे फोन उठ्दैन| सायद थाहा पाइन होलि भनेर एकछिन पर्खीए तर बेलुका ५ बज्दा पनि उनि आइन| फोन गर्छु, फोन अफ| पर्खेर बसे तर उनि आइन, क्या क्या बोर भयो|
भोलि पल्ट फोन गर्दा मेरोबाट फोन नलाग्ने| ल्याण्डलाइन बाट फोन गर्दा उनले उठाई तर मेरो आवाज सुन्ने बित्तिकै फोन राखी| त्यहि सकियो सुरु नभएको सम्बन्ध|”
मेरो कहानी सकिएपछी दुवै हास्न लागेउ| थप केहि गफ हुदै नै थियो, त्यत्तिकैमा गल्ति हजार हुन्छन गित बज्यो| हामीले एक अर्काको अनुहार हेरेउ र थोरै मुस्कुरायौ| मतलब दुवैको केहि काण्ड छ, रौसि पिएको बेला|
म: “हजुरले सुरु गर्ने कि म गरौ सर|”
सुरेन्द्र: “हजुर नै गर्नु न|”
म: “५ जना
