नुवारणको नाम भने याद छैन,बुवा आमाले राखिदिएको नाम “निकेत” नै हो तर यो नाम आफ्नु कानले सुन्न नपाएको पनि कति भयो कति| घरमा आमा-बाबाले गोरु बाहेक केहि भनेको याद छैन, साथीहरुको मुखमै बोका झुन्डिएको थियो, स्कुलमा सरले उल्लु भनेर नै बोलाउनु हुन्थियो, बच्चा बेला चक चके भएकोले हजुरबुवाले बादर नै भन्नु भयो, कुकुर पुजाको बेला जिस्केर कुकुर नि भन्न छुटाएका भने थिएनन् र उनीले पनि बडो मज्जाको पारामा गधा भन्थिन् | धन्न नया SIM लिदा आफ्नै नाम लेख्नु पर्छ नत्र आफ्नै नाम भुल्ने थिए होला मैले |
बेग्लै मिठास थियो उनको त्यो गधा भन्ने शैलीमा पनि | बुवाले jahile नारायण गोपालको “केहि मिठो बात गर” सुन्दा झर्को मानि सोच्थिए “ह्या कति एउटा मात्र गीत सुनेको होला” तर आज म आफै त्यो ठाउमा छु कि उसले भन्ने गधा शब्द म लगातार जति दिन पनि सुन्न सक्छु | खुसि हुदा पनि गधा भन्छे,रिसाउदा पनि, जिस्केर भनोस या गिज्याएर तर उनले भन्ने हरेक गधा शब्दमा माया भने उत्तिकै नै थियो | उनीले गधा भन्दा कहिले काही मैले पनि ठट्यौली पारामा भन्थे “ मोरी, त्यत्रो नि छैन हौ “ र उनि लजाउदै भन्थी “छ्या लाज पचेको मान्छे “| मनै त हो जवाफ फर्कौउदै मैले भन्थीए “अभ मान्छे भए म ?गधा हैन ?”
धेरै किस्सा छन्,लेख्दै गयो भने पाना पुग्दैन कि भन्ने डर तर भनेकै बेला एउटा अझै भन्न मन लागि गयो | नुहाउन पसेको थिए, त्यत्तिकै बेला उसले फोन गरेकी थि र फोन भने कोठाको बिस्तरामा थियो र बुवा छेउ मै | बुवाले फोन उठाएर हेल्लो भन्न नपाउदै,उसले आफ्नु मुख फोडेर भनि हालिन् “ओइ गधा के गर्दै छौ ?” र बुवा पनि निकै मजासिलो मान्छे,हास्दै भन्नु भएछ “गधा बोल्दै छु, मेरो छोरा पाजी भने नुहाउदै छ |” यति भएपछी के चाहिन्छ र, एक हफ्ता गधा नै भनिन उसले |
दुध दिने भैसीलाइ पनि बुढो भएपछी म:म: बनाउछन,सबै समयको खेल पो हो | त्यसरी नि हामि बीच पनि समयले ठुलो खेल खेल्यो र जति मज्जाले जिस्केर गधा भन्थी उसले ,त्यतिकै नमज्जाले सच्चिक्कै जिबन भर यादको भार बोक्न बाध्य बनाएर छाडेर गई |
