Money is not everything but it’s an evil thing.
म स्वीकार्छु पैसा सबै थोक हैन तर यसको असतित्वलाई कसरि नकार्नु र मैले | पैसाले किन्न नसक्ने कुरा धेरै छन् यहाँ र पैसामै बिक्ने कुरा धेरै छन् यहाँ | पैसाले हो सबै कुरा किन्न असम्भव छन् तर त्यहि पैसाको अवाभले असक्क्षम् धेरै छन् यहाँ | धेरै धारणा आउला पैसा हुदा यस्तो हुन्छ र नहुदा यस्तो, त्यस मध्य कति तथ्य होला र कति बकम्फुसे | पैसा हुदा के हुन्छ थाहाछैन मलाई किन कि पैसासंग संसारिक बस्तु दाज्ने गरि पैसा कमाउन अहिले सम्म सकेको छैन मैले | त्यहि पनि पैसाको अहम्कार मनमा सजाएर संसार नै आफ्नु भनि हिड्ने पनि नदेखेको हैन मैले | पैसा नहुदा के हुन्छ? मैले भने यो कुरालाई पनि नजिक बाट नियालेको भने छैन तर केहि कुरा बोध छ मलाई पनि |
त्यहि दाइजोको पैसाको अबाभले कति बालिकाको यो संसारमा आउन नपाइ हत्या हुन्छ, पैसाले नै त गर्दा होला बिहान गएको बुवा कहिले घर फर्किदैन| पैसाकै लोभले खाडी गएको युवा काठको बाकसमा फर्किन्छ, तर काठको बाकसमा फर्किनु पनि भाग्य हो, लास फर्काउने पैसा नभई त्यहि कति लास कुहिन्छन् | चेली बेटीको अस्मिता बेचिनु पछाडी पनि पैसा नै छ, रात भर सडक अगाडी सुत्नुमा पनि पैसाकै दोष छ, सिमाना बेचिदा पनि नेतालाई चुप त्यहि पैसाले त गर्ने हो | मण्डपमा हवन गरेर कन्यादान गरिएकी केटि, केहि महिना पछी हवसको प्यास मेटिए पछी,उसकै शरीरमा पेट्रोल छर्किएर दनदनि हवनको आगो लगाउने हातलाई पनि पैसाले रोक्न भने अबस्य सक्थियो | पैसा भए पल्लो घरको भाइले ६ बर्सको उमेर मै बेला बेला हात जोड्ने र बेला बेला चोर्ने काम गर्थिएन होला | पैसा भएको भए छोरा प्राइवेट स्कुल र छोरी सरकारी स्कुल जानु पर्थेन होला, पैसाले नै होला आमालाई एक छाक भएपछी अर्को छाक भोक लाग्दैन | प्रचण्ड घाममा निधारबाट टप-टपी पसिना चुहिने गरि ७ किमी हिडेर बुवा घर आउनु हुन्छ त्यहि १५ रुपीया बचोस भनेर | पैसा नभएर साथि हराएको देखेको छु, त्यहि पैसा नभएर कतिलाई रोधनमा कराएको देखेको छू, पैसाको कमीले धर्म बेचिएको देखेको छु, पैसाको कमीले नै किताब ठेलामा फेकिएको देखेको छु , पैसा भएको भए मान्छे चम्चा बन्नु पर्थेन होला, पैसा भएको भए ऋणीहरु मर्नु पर्थेन होला, पैसाको कमीले त होला उसले मन्दिर फोड्नु परेको,पैसाको कमीले त होला उसले ६ वर्ष देखिको सम्बन्ध तोड्नु परेको |
