Homeरचनानविन नेपाल

नविन नेपाल

.

नवीन नेपालमा नेपालीहरु नाकाबन्दीमा न्याकिए!

सहिदका सबै सपनाहरू सतीप्रथा सरि सकिए!

जलदैछन जनता, जातिवादको जालिम जन्जिरमा!

मेतिदैछ मानवता,मर्दैछन मानिस महलदेखी मन्दिरमा !

अलझिएको अवस्थामा,ओलिको आगमनले, आशा आयो!

उखाडेन उस्ले,उपनि उस्तै,उस्लेपनी उखानमै उडायो!

तानिएकोछु तनावमा,तेर्सिएकोछ तान्दव तक्दिरमा!

मौलाउदैछ मनोमानि,मिसिएर मोह  माया मस्तिष्कमा !

बिनासकारी बिपरित बुद्धि,बेच्दैछ्न वन बनाउदै बन्जर!

खेल्दैछन खूनमा,खोपदै खानदानलाईनै खन्जर!

दृस्टीभ्रष्ट दाजुभाइ,देशलाईनै दान देलान दानवको दैलोमा!

पापी प्रकृति,पहिलेनै पुरेउ पाखाको पहिरोमा!

भएन भनेर,भयानक भुइचालोले भत्काएउ  भविस्य!

अनबिग्य अहिले,आयो अन्त्य, आफ्नै अनुहार अदृश्य!

भएन भय भातमाराहरुलाई,भर्दैछन भाडो भ्रष्टाचारले!

सहेर सकिदैन , सल्काउनुपर्छ सबैलाई,सोच्दैछ्न संसारले!!

Previous article
Next article

Latest Posts