घट्दै छ सास,लास हुन्छु एकछिनमा,
मर्दै छ आश,नास हुन्छु एकछिनमा,
रोकिदै छ धड्कन,पिडा बढ्ने झन् झन्,
मृत्युको चड्कन,ले मर्दै छस् भन्छन,
मेटिदै छ बन्धन,कसिदै छ गर्धन ,
पीडाको तडपन,ले आखा मेरो बन्द छन् ,
सास अचानक अड्कियो,आखाको नानि पल्टियो,
पिडा झन् बल्झियो,मुटु अभ के चल्थियो ?
बाच्न अझै मन थियो,तर डाक्टरले मर्यो भनि भन्दियो,
खुल्छ कोठाको ढोका,वरीपरि नाता र गोता ,
आखामा आसुको थोपा,फैलियो मृत्युको शोक यहाँ ,
सिन्दुर पुछियो,पोते चुदियो,सेतो उसको बस्त्र,
टुहुरो छोरा,के सोच्दो होला ,आसु उसको अस्त्र,
भाइले दाई गुमायो,दिदिले गुमाइन भाइ,
गरे कोशिस तर रोक्न सकिन मृत्युलाई |
के शरिरसंगै आत्मापनि लास बन्छ,
की नया शरिरमा गएर बास बस्छ,
के यमराजले सबैको साँस लग्छ,
आख़िर के हो मृत्यको ख़ास अर्थ?
अलग्गियो शरीर र आत्मा ,प्राण छैन अब लासमा ,
बल्दैछु चिताको रापमा,पुग्दैछु भगवानको काखमा ,
तर स्वर्ग कि नर्क,यमदुतले कता हो लग्छ?
स्वर्ग को सुख, कि दुख नर्कको?
ती पुराना दिन हरु,तिर्न बाकि रहेका ऋण हरु,
अरुलाई दिएको पिर हरु,अरुलाई गरेको रिस हरु ,
अरुलाई हानेको शब्दको तिर हरू ,अरुको आसुमा सजिएको जितहरु,
मैले मारेका जिब हरु,मैले टुक्राएका दिल हरु,
मैले खोसेका गास हरु ,मैले उजाडेका बास हरु,
मैले बनाएका देह दाश हरु,आज म पापको माझमा छु,
फेरी के हुनेछु अर्को जन्ममा?लेखिन्छ के यो कर्ममा ?
फेरी पनि मेरो मानबको रुप हुन्छ?कि जनावर बनाएर खुन हुन्छ?
कि वृक्ष जस्तै बोलि मेरो चुप हुन्छ?कि आत्मा मेरो आकाशको जुन हुन्छ ?
यहि रोकिन्छ मेरो सोच हरु,चित्रगुप्तले गन्दै छ मेरो दोष हरु,
एकछिन सम्म हिसाब मेरो चल्छ, “यसलाई नर्कमा लैजा “ यमदुतले भन्छ |
