दिउसो भरि अफिसमा गोरु जोतिए झैँ जोतिए पछी, घडीमा सुइले कुन बेला ५ छुन्छ र घर जाउ भन्दै पर्खेर बसेको थिए | ५ पनि बज्यो र म पनि निक्लिए अफिसबाट| ५ बजे निक्लिएर के गर्नु,घर पुग्नलाई २ घण्टा भन्दा बेसी लाग्ने साझको बेला,त्यो नि जम्मा १८ कि.मी. लाई| भन्ने बिर्सेछु, मेरो अफिस बल्खुमा छ र मेरो घर सुर्यविनायक भक्तपुरमा | एउटा पछी अर्को गर्दै ४ ५ वटा गाडी छोडे, कुनै गाडी अलि खालि खालि आउछ कि भनेर तर एक पछी अर्को गाडी झन् भिड हुदै आउदै थियो | नेताहरु कुर्सिको लागि लड्छन्, जनता भने उभिने ठाउको लागि | बिडम्बना नै यस्तै छ ,दोष पनि कतिलाई लगाउनु | आधा घण्टा त्यहि बस बिसौनी मै बित्यो,अत्ति भयो लाग्यो र त्यो घुइचो बीच आफु पनि एक भए र बस भित्र छिरे| आफ्नै जिउ गुन्द्रुक कोचे जसरि कोच्चीएको थियो,अभ यो पछाडी बोक्ने झोला र यस भित्रको ल्यापटप घाडो भयो | ए साच्ची म Software Company मा काम गर्छु र ल्यापटप मेरो ज्यान हो भन्नै बिर्सेछु, बेला बेला कुरा भन्न बिर्सिने नराम्रो बानि छ के मेरो |
गाडी भित्र मान्छेको घुइचो र बाटोमा गाडीको,बरोबर थियो |फेरी गाडीको गति नेपालको विकासको गति भन्दा न्यून थियो | त्यसै भनेको हो त २ घण्टा लाग्छ घर पुग्न भनेर, जाममा नफसे भने त खाको नपच्ने स्थितिमा पुगिसकेको थिए म | जति गाडी अगाडी बढ्छ, अगाडी उभिएको मान्छे त्यति पछाडी पुग्दै जान्छन् | ग्वार्को सम्म पुग्दा गाडी भित्रको घुइचो केहि कम चाही भईसकेको थियो तर मान्छे भने अझै पनि निकै थिए| एउटा हातले बसको छठसंग जोडिएको दंदी समाउदै थिए भने अर्कोले सिट | त्यतिकैमा driver दाइले झ्याप्प ब्रेक लगाउनु भयो र सिटमा रहेको मेरो हातले,त्यहि सिटमा रहेको एक युबतिको कपाल तानियो | उनीले रिसाएर हेरिन् म तिर तर म भने आफ्नो जिउ संगै झोला सम्हाल्न ब्यस्त थिए |
मेरो यति बिजोग देखेपछी उसको रिस पनि मर्यो क्यारे,त्यसैले हास्दै भनिन् “ झोला मलाई दिनुस ,म राखिदिन्छु |” त्यति मिठो स्वरमा भनिन्,उनीले झोला त् के मुटु नै मागेको भए पनि निकालेर दिन्थिए होला| आफ्नु झोला दिदा उसको हातको स्पर्श पनि पाए,कस्तो कोमल हात! उनको हात कोमल र बात नरम | यति भएपछी सिधै उनको मोहिनी जालमा फसे म |उनि पनि बेला बेला हेरेर हासी दिन्थिन र म भने लाज र खुसीको मिश्रणले गदगद हुदै थिए |
उनि पनि बेला बेला हेरेर हासी दिन्थिन् र म भने लाज र खुसीको मिश्रणले गदगद हुदै थिए | एकछिन आखाले नै मनको धुनलाई एक अर्का बीच ओसार्दै थियो |
“कहाँ सम्म जानु हुन्छ हजुर“ यसै त मोहिनी लागेको थियो,उसले यति भनेपछि मेरो मुटुको गति त्यो बाइक भन्दा तिब्र भयो जसमा कुनै केटाले पछाडी केटि राखेर कुदाउछ|
“सुर्यविनायक, आफु नि?” तपाई कि तिमि? उनीलाई के भनेर सम्बोधन गरु भनेर दोधारमा पर्दा पर्दै “आफु” भन्ने शब्द पुक्लुक्क आयो दिमागमा र त्यसकै प्रयोगको सहयोगले मेरो पहिलो वाक्य पुरा भयो|
भिड र हो-हल्ला बीच पनि उसको स्वर प्रस्टै सुन्न सक्थिए मैले,पक्कै मैले उसको ओठ पढेको हुनु पर्छ अथवा मन | एकछिन अझै केहि गफ भयो र अगाडिको भिडले मलाई अलि अलि गरि क्रमिक रुपमा पछी पछी ठेल्दै लग्यो र मेरो मुटु भन्दा प्यारो ल्यापटप र भर्खरै मुटु जोडिन लागेको मान्छेलाई मन नभई नभई छोडेर ठेलिदै अन्तिम सिटमा पुगे |ग्वार्को हुदा बसको बिचमा उभिएको मान्छे, कोटेश्वर पुग्दा नपुग्दै अन्तिम तिर पुगे | कोटेश्वरमा मान्छेको एक हुल निक्लिए बसबाट तर फेरी अर्को हुल छिर्यो पनि | त्यतिकैमा मैले पनि अन्तिम सिट पाए र सोचे यहाँ त सिट पाए,उनको मुटुमा पनि सिट ओगट्न पाए | बसको सिट पाएनी मैले आफ्नु झोला भने उसंग मागिन,एक त घुइचोमा कसरि माग्नु अर्को कुरा उ झर्ने STATION म झर्ने STATION भन्दा २-३ STATION पर थियो |
थकित म बसेको केहि बेरमै झप्प निदाएछु र सुर्यविनायकमा पुगेपछि बिउझिए सिधै| बस आधि खालि भैसकेको थियो सधै जस्तै र म पनि झर्नलाई अगाडी गए| उ बसेको सिटमा पुगे झोला लिन भनेर,सिट खालि छ र त्यहाँ कोहि पनि छैन | एकछिन उल्लि बिल्ली भए र सोधे बसको भाइलाइ “यहाँ बसेको ओठमा कोठी भएको केटि खोइ?” फेरी पनि भन्न बिर्सेछु उसको ओठमा कोठी पनि थियो जसले उसको सुन्दरतालाई झन् निखार्दै थियो त्यो कोठीले|
“त्यो दिदि त गठ्ठाघरमा नै झर्नु भयो त |” त्यो भाइले यति भन्ने बितिकै मेरो मुखबाट अर्को प्रश्न आयो “अनि झोला थियो नि उ संग,त्यो नि ?”
“त्यो पनि लिएर जानु भयो नि ,कहाँ आफ्नु झोला छोडेर जान्छ र कसैले !“
मुटु दिएको थिए आफ्नु ,फिर्तामा उनको मुटु पाउने आशमा | उनीले भनी मुटु भन्दा प्यारो ल्यापटप लगिन् नमिठो धोका र अनुभव दिएर |
THE END
