बुझ्न गाह्रो भयो अभ मलाई,सर जो संग यति मज्जाले बोल्ने हो कि म नया मान्छे भएर हो| तर यो धेरै बेर सोच्ने फुर्सद भएन मलाइ,आखिर काम निकै थियो तर एउटा कुरा चाही थियो मनमा बिस्वासले कुन बेला मेरो छेउको किताब हेर्नु हुन्छ र सोध्नु हुन्छ “तिमी पनि उपन्यास हरु पढ्छौ?” र म “अह,मलाई पढ्न अत्तिनै मनपर्छ|” र जवाफमा बिस्वासले फर्काउनु हुन्छ “म पनि लेख्छु नि|”
बिस्वास आउनु भयो र मेरो छेउमा बस्नु भयो,अनि आफ्नु ल्यापटप निकालेर अन गर्नु भयो| उहाको ल्यापटपको लक-स्क्रिनमा मेरो आखा गयो,लक-स्क्रिनमा भएको फोटोले मेरो आखा तान्यो भनुम|लक-स्क्रिन पुरै कालो थियो र बिचमा ठुलो अक्षरमा लेखिएको थियो,”माया र याद कहिले शुन्य भएन|” यो एउटा वाक्यमा कति गहिराइ थियो,म त्यो निहाल्न लागे, आखिर एउटा वाक्यले कति धेरै कुराको बयान गर्दै थियो| त्यो वाक्य छोटो थियो तर त्यसको अर्थ निकै लामो| सायद मैले धेरै बुझेकी हुन सक्छु, मैले धेरै नै अर्थ निकालेकी हुन सक्छु,मेरो लागि त्यो वाक्य मात्र नभएर एउटा उपन्यास नै थियो जसको व्याख्या गर्न म बाध्य भए|
कति सरल तरिकाले लेखिएको थियो, “माया र याद कहिले शुन्य भएन|” साच्चिकै हो नि,एकपल्ट लगाएको माया कहिले शुन्य हुदैन,र त्यो माया संग जोडिएको याद पनि कहिले शुन्य हुदैन| त्यहि “माया र यादले” नै मान्छेलाई पूर्ण बनाउछ र त्यहि “माया र यादले” मान्छेलाई खालि बनाउछ, तर त्यो “माया र याद” भने कहिले शुन्य हुदैन,एक पल्ट बसेको माया कहिले मर्दैन र त्यो संग जोडिएको याद पनि| त्यहाँ त्यो फोटोमा “शुन्य” अलि बेग्लै तरिकाले लेखिएको थियो,सायद “सुन्ने” भन्न खोजेको होला| अभ त्यहि कुरा अर्को मनले सोच्न लागे, एक तर्फी माया गर्नेको माया होस् या याद जति धेरै भएपनि, त्यो अर्को मान्छेले कहिले सुन्ने भएन र कहिले सुन्दैन पनि,अनि बुझ्दैन पनि| अरु पनि यस्ता धेरै निस्कर्ष निकाल्यो मेरो यो मनले|
“तिमि उपन्यास पढ्छौ?” बल्ल मैले जे सोचे त्यहि भन्नु भयो विश्वासले|
“अह,मलाई पढ्न अत्तिनै मनपर्छ|” यो मेरो जवाफ पहिले देखि तैयार थियो,ठेलाको मोमो जस्तै|
“मलाई सुबिन भट्टराईको उपन्यास एक रत्ति पनि मन पर्दैन|” उहाको यो जवाफ आउछ मैले अपेक्षा पनि गरेको थिन|
“किन नि?” यो बाहेक म संग अरु केहि जवाफ नै भएन|
“उसको लेख मलाई पच्दैन|” कस्तो सजिलै मलाई मन पर्ने लेखकलाइ नराम्रो भन्नु भयो तर मलाई उहाले नराम्रो भन्दा नराम्रो लागेन,किन थाहा छैन| उहाले आफु लेख्छु भनेर चाही मलाई भन्नु भएन,त्यो पनि किन हो थाहाछैन|
काम संगै अरु मान्छेहरु संग पनि बोले अफिसमा,बिस्तारै घुलमिल हुदै गए अरुसंग पनि, हिजो भन्दा केहि धेरै| बिस्वास संग संगै बसेर काम गर्न चाही सजिलो हुने,जे पनि मज्जाले बुझाउन सक्ने एउटा खुबी थियो उहामा,बाकि थियो अभ उहालाई बुझ्न| उहा मेरो लागि एउटा यस्तो पुस्तक हुनु भएको छ,जसको हरेक पाना मलाई बुझ्न मन लागेको छ, आखिर उहा कस्तो खाले मान्छे हो भनेर, सुरुमा रुखो लाग्यो,त्यसपछि मिजासिलो तर फेसबुकमा हेर्दा उहा पीडाको खानि लाग्यो| उहाको बिगत देखि वर्तमान सबै जान्न इक्षुक छु म| घर पुगेसी जहिले,एउटा कुरा मनमा चल्ने, र त्यसकै पक्ष् र बिपक्षमा मेरो मस्तिस्क र मन तर्क गर्न लाग्थिए, आखिर म उहासंग अफिस भन्दा बाहिर पनि जोडिन सक्छु कि नै,उहालाई कहिले काही गुडनाइट भनेर मैले उहाको मोबाइलमा मेसेज पठाउन मिल्छ कि नै, म उहालाई फेसबुकमा रिक्वेस्ट पठाउ कि नाई|
