“अनि हजुर चाही कस्तो खाले किताब नि?” उहाको हरेक जवाफ पछी मेरो नया प्रश्न थपिन पुग्छ,आज मनमा केहि बाकि नरहने भयो|
“तिमि चित्र भरिएको पुस्तक होउ,अनपढ़ले पनि बुझ्न सक्ने| कोहि खुला पुस्तक जस्तै हुन्छन, चाहनेले सजिलै बुझ्न सक्ने| म चाही शब्द पुस्तक जस्तै छु जस्तो लाग्छ,मिठास कहिँ छैन तर भाव निकै, मेरो केहि अंश बुझ्न सजिलो छ तर म भित्र धेरै भावहरु अझै लुकेका छन्, जुन थाहा पाउने धेरैलाई इक्षा नै हुन्न र खोज्नेले पनि आफै हराउछन् मेरो भाव खोज्दै खोज्दै|” उहाले साच्चिकै आफ्नु बारेमा हुबहु भन्नु भयो तर अलि वजनका साथ| उहाले आफुलाई जस्तो गरि व्याख्या गर्नु भयो,म उहालाई अब त्यस्तै चित्रण गर्दै छु|
“मलाई बुझ्नु छ हजुरको पुस्तकको हरेक पानामा कोरिएको एक एक भावहरु| फेरी आफैले सोधेर हैन,हजुरले आफै भन्नु पर्ने छ| न केहि लुकाउन पाइन्छ न केहि छुटाउन|” अघि सम्म मेरो कार्य भनेको प्रश्न सोध्ने थियो,धेरै पछी प्रश्न नसोधी केहि कुरा राखे उहा सामु|
“सबै थाहा पाएर के गर्छस् र, चाहिने नचाहिने कुरा धेरै छ| तलाई भन्न मिल्ने र छुटाउनै नहुने कुरा सबै भन्छु|” हैन भन्न नमिल्ने कुरा चाही कस्तो हो,उहाले यस्तो भनेपछि,झन् उहाले भन्न नखोजेको कुरा चाही के हो,त्यो चाही थाहा पाउन मन लाग्यो|
“हामि बीच केहि कुरा नलुकाउने भनेर हजुरले आफै भन्नु भएको हैन| अनि त्यो भन्न नमिल्ने कुरा चाही कहा बाट आयो?” आज भने नि मैले,एउटा कुरा पनि मनमा राखेकी छैन मैले,जे आउछ मनमा,उहा सामु राखी हाल्छु|
“मैले मेरो बारेमा सबै भन्छु तर मसंग जोडिएको कोहि यस्ता मान्छेहरु पनि छन्,जसको बारेमा भन्न मलाई मेरो नैतिकताले दिदैन र मेरो मनले पनि दिदैन|” उहाले यति वाक्य भन्दाको आवाज र पारा नै बेग्लै थियो, उहाको आवाज धेरै नरम भएको छ,बुझे मैले उहाको जीवनको केहि यस्ता मोडहरु पनि छन् जहाँ अहिले सम्म कोहि पनि पुगेको छैन|
उहाले आफ्नु अतितको यात्रामा लग्नु भयो मलाई,सुरु भयो उहाको बाल्यकाल देखि| उहाको स्कुले जीवन,स्कुले जीवन संगै सारिका र बर्षाको कुरा| कसरि सारिकसंग सहमतिमा पर हुनु भयो र कसरि मन नहुदा हुदै पनि बर्षा संग पर हुनु भयो| बर्षा र सारिकको महत्व कति छ उहाको जीवनमा र उनिहरु उहाको लागि के हो,सबै एक एक भन्नु भयो मलाई| उहाको साथि अभिको बारेमा पनि भन्न छुटाउनु भएन,मैले चाही झन्डै छुटाएको भन्न| कुरा उहाको बाल्यकालबाट सुरु भएर, +२ सकिएको सम्म भन्नु भयो र यस्तो कुनै पल थिएन जहाँ मलाइ वाक्क लाग्यो| उहा अचानक रोकिनु भयो र उहासंग मेरो कल्पना पनि, म रमाउदै छु उहाको हरेक बितेका पल सुन्दै,उहा थाक्नु भयो जस्तो छ भन्दा भन्दै|
“अनि त्यसपछि के भयो?भन्नु न,किन अचानक रोकिनु भएको?” मेरो यो प्रश्न निकै स्वाभाविक र सामान्य थियो|
“कहाँ सबै एकै दिन सुनेर हुन्छ,बाकि भोलि भन्छु| चिनी पनि धेरै खाएपछि तितो हुन्छ|” उहाले यति भनेपछी म जिद्दी गर्न लागे,नाई अहिले नै सुन्ने भनि| म जिद्दी गर्ने उहा नाई भन्ने|
म उहाको अतित भ्रमणमा यति दुबेछु,आफ्नु फोनमा शोभाको कल वेटिंगमा बसेको चाल नै पाइन| ७ पल्ट फोन गरेकी रैछे उसले,उसको मेसेज आएर हेर्दा थाहापाए| बिस्वास्लाई जे हो त्यहि भनि फोन राखे र शोभालाई फोन गरे|
फोन उठाउने बित्तिकै शोभा रुन लागि, कति सम्जाए तर चुप भइन| के भयो भनि सोध्दा पनि रोएर नै बसी,लगभग १० मिनेट लाग्यो उसलाई चुप लगाउन| १० मिनेट सम्म रुने गरि के आइपर्यो उसलाई जुन मलाई अहिले सम्म थाहाछैन| शोभाको पहिलो वाक्य संगै, मेरो पुरै शरीरमा भूकम्प आयो,आफ्नै कानले एकछिन बिस्वास गर्न अटेर गर्यो तर …
