Part 44

“कसैले थाहा नपाउने गरि बुझ है|” मलाई जे डर छ उसलाई पनि त्यहि छ,उसलाई हुन्छ भनि फोन राखे र आफु खोज्न लागे गुगलमा| यति राति कहिँ फोन गर्ने कुरा पनि भएन,त्यसैले भेटे जति नम्बर सबै सेव गरेर राखे,भोलि फोन गर्छु भनि| बिस्वास्लाई नसुत्नु फोन गर्छु भनि पर्खाएर राखेको भुसुक्कै भुलेछु,उहाले गुड नाइट भनि मेसेज पठाउदा याद आयो| 
याद पनि कसरि गर्नु, म ब्यस्त थिए अरु केहि कार्यमा, अनि अहिले पनि ब्यस्त नै छु|तर जति ब्यस्त भएपनि मैले गर्न सक्ने भनेको गुगलबाट नम्बर खोजेर निकाल्ने बाहेक केहि हैन,यो काम म बिस्वाससंग बोल्दा बोल्दै पनि गर्न सक्छु नि| फोन लगाए उहालाई, उहाको एउटा बानि चाही अचम्मको छ,उहा कुन बेला सुत्नु हुन्छ थाहा नै छैन मलाई, बेलुका १ बजे फोन मेसेज गर्दा पनि रिप्लाई आएकै हुन्छ,बिहान ५ बजे गर्दा पनि| उहा सुत्नु त हुन्छ नि भन्ने प्रश्न पनि आउछ कुनै बेला त| उहासंग फेरी सामान्य रुपमा कुरा सुरु भयो,म बोल्दै उहासंग थिए तर ध्यान अरु तिर थियो, मनमा शोभा थि र आखा अगाडी उ रुदै गरेको दृश्य|
मैले जीवनमा थुप्रै गल्तिहरु गरेकी छु र म यो कुरालाई स्वीकार्छु| शोभाको पनि यो एउटा गल्ति नै थियो र अब यसलाई सच्याउने कसरि भनि केन्द्रित थिए म| मैले अघि भने नि,गल्ति धेरै गरेकी छु जीवनमा,मैले शोभाको यो अवस्थाको बारेमा बिस्वासलाई भने,रोक्ने सकिन आफुलाई,उहासंग केहि उपाय छ कि भन्ने भएर भनेको हो कि मैले उहालाई भन्न मन लागेर थाहाछैन,तर मलाई उहालाई भन्नु गल्ति जस्तो लागेन|
“शोभा प्रेगनेन्ट छे|” यति बाहेको केहि भन्न नै जानिन मैले| त्यसैले होला उहाले बिस्वास गर्नु भएन सुरुमा,हासेर पन्छाउनु भयो|
“साच्ची भनेको हो,म यस्तो कुरामा जिस्किन्छु होला हजुरसंग?” यस बाहेक केहि भन्न सकिन मैले उहालाई जस्ले गर्दा यो कुरामा पत्त्यार लागोस्| उहाले यति सजिलै पत्त्याउनु हुन्न जस्तो लागेको थियो तर कुरा केहि फरक भयो|
“फ्याल्ने होला हैन?” उहाले त्यो कुरा पत्त्याउनु मात्र भएको हैन ,हाम्रो निर्णय पनि उहालाई मज्जाले थाहा थियो|
“हो,कसरि थाहापाउनु भयो?” आज मेरो नाम प्रश्न कुमारी राखिदिए हुन्छ कसैले|
“धेरैले यहि गर्छन्| कति दिन भयो?” मेरो प्रश्न जति सामान्य थियो,उहाको जवाफ पनि त्यत्तिकै सामान्य| अब प्रश्न सोध्ने काम उहाको,मैले शोभालाई केरेको जसरि नै उहाले मलाई केर्न लाग्नु भयो|
“२३ दिन भयो|” शोभाले मलाई जे भनेकी थि,म पनि उहालाई त्यहि दोहोर्याउदै गए|
“त्यसो भए औषधिबाट नै मिल्छ|” उहाले यति भन्दा,मेरो खुसीको सिमा रहेन,भगवान नै भेटे जस्तो लाग्यो|
“हजुरलाई थाहाछ यसको बारेमा? कहाँ पाइन्छ?” धेरै आश बोकेर गरिएको प्रश्न हो यो|
“मेरी स्टोप्समा हुन्छ त|” त्यो सबै आशमाथि उहाले पानि हालिदिनु भयो| उहाले यो दिएको जवाफ मैले अघिनै गुगलमा भेटेको थिए,तर त्यो ठाउ जान मिल्दैन भनेर शोभाले मलाई अघिनै भनेकी छेथि
“त्यहाँ जान मिल्दैन,अरु केहि उपाय सोच्नु पर्ने छ|” बिस्वाससंग केहि कुरा लुकाउन नै मन लागेन|
“अरु केहि सोचेको छस् त?” प्रश्न सोध्ने काम कहिले मेरो र अहिले चाही उहाको|
“नाई त्यहि सोच्दै हो ए ठाउ खोज्दै पनि|” एक एक कुरा उहा सामु राख्दैछु|
“ढिलो गर्नु हुन्न,सकेसम्म भोलि पर्सि मै सक्या यो काम|जति ढिलो त्यति गाह्रो हुन्छ र बल्झिन्छ पनि|” उहाले भनेको कुरामा कुनै दुइमत छैन तर छिटो भनेर मात्र हुन्छ,आफुलाई यसबारे केहि थाहा नै छैन|
“हामीलाई केहि थाहाछैन नि त|कहा गर्ने,के गर्ने,कति लाग्छ|कसरी सक्याउनु छिटो?” अचानक म आफै रुन लागे|
“मलाइ थाहाछ,औषधिकको नाम र तरिकाहरु|औषधि बाहिर त्यसै किन्न पाइन्न,मैले मान्छे चिनेको छु| भोलि त्यसले काठमान्डौमा शोभालाई औषधि दिदा हुन्छ?” मैले यो कुरा तेस्रो पल्ट भन्दै छु,जीवनमा मैले धेरै गल्तिहरु गरेकी छु,तर शोभाको बारेमा बिस्वासलाई भन्नुलाई मेरो मनले गल्ति भनि मान्दैन,यहि कारण हो,सबै जुक्ति उहाले नै दिनु भयो|
“अनि पैसा कति लाग्छ? के के गर्नु पर्छ?” म ढुक्क भए यो प्रश्नको उत्तर आउछ उहाबाट|
“पैसाको कुरा छोड,औसधि मिलाउने काम मेरो भयो| तर एक दुइ दिन सम्म शोभालाई गाह्रो हुन्छ,घरमा मिल्दैन होला| २ ३को बिदा लिएर कहिँ जान भन्|” बिस्वासलाई सबै कुरा थाहारैछ यसबारे तर कसरि| अहिले यो सोच्ने समय हैन, यो कुराहरु म शोभाले एक एक गरि मेसेज गर्दैछु,उ पनि म जस्तै खुसि हुदै छे| उसले औषधिको नाम सोधी र बिस्वासले मलाई जे भन्नु भएको थियो,मैले उहालाई त्यहि नाम भने, “Mife**** र Miso****”| केहि खतरा छ यो निर्णयमा तर 3 हफ्ताको पेटमा केहि नहुने पनि भन्नु भयो बिस्वासले| शोभाले मलाई काठमाण्डौ आइज भनेर जिद्दी गर्न लागि,मैले हुन्छ पनि भन्न सकिन र हुन्न पनि| आखिर उसलाई पनि कोहि चाहिएको होला छेउमा जसले यस्तो बेलामा उसलाई सान्तोना दिन सकोस्|
“शोभाले मलाई पनि बोलाउदै छे,के गर्नु म?” बिस्वास्लाई नै सोधे,उहाले भन्दा कसैले राम्रो उत्तर दिन सक्दैन यो प्रश्नको|
“हुन्छ त जा,उसलाई एक जना भए झन् सजिलो हुन्छ,अफिसमा म मिलाउछु|” उहाले यति सहयोग गर्दै हुनहुन्छ जसको कल्पना नै गर्न गाह्रो भयो मलाई,कहिँ अस्ति जस्तै सपना त हैन भनि आफैलाई चिमाटे र हैन रैछ सपना|
“मलाई पनि केहि थाहाछैन,हजुर पनि हिड्नुस् म संग|” उहाले यति धेरै सहयोग गर्नु भयो तर मलाई पुगेन,अझै एउटा अर्को सहयोग माग्न पुगे| तर यो कुरामा उहाले नाई भन्नु हुन्छ भनेर म ढुक्क छु|

Previous article
Next article

Latest Posts