Part 46

“कसले भन्यो ट्याक्सीमा जानी भनेर|” उहाले यति भन्दै,अघिजो थैली बाट एउटा साचो निकाल्नु भयो र म के पक्का भए,उहाले बाइक पनि मिलाउनु भएको रैछ| कस्तो सबै कुरा पहुच भएको मान्छे उहा,जति बुझ्दै गयो त्यति कम लाग्ने|

हजुरहरुलाई दिक्क लागिसक्यो होला मैले त्यहि कुरा बारमबार दोहोरयाउदा तर उसलाई अहिले सम्म मैले अलिकति मात्र चिनेकी रैछु| उहाले त्यो अघि देखाको चाबी बाइकको हैन कारको रैछ| उहालाई बुझ्न असमर्थ भए म,उहालाई गाडी पनि चलाउन आउछ? मलाई यो कुरा किन अहिले सम्म थाहाछैन? सायद अहिले सम्म केहि मौका नै परेको थिएन उहाले भन्नु पर्ने कि उहालाई गाडी पनि चलाउन आउछ भनि|

“हजुरलाई गाडी पनि चलाउन आउछ?” मन भित्रको आस्चर्यतालाई मन भित्र नै कैद गर्न सकिन, त्यो प्रश्न बनि मेरो ओठमा आइपुग्यो|

“तलाई के लाग्छ,त्यो अघिको पिलेन कसले चलाएर काठमान्डौ सम्म ल्याएको?” मेरो प्रश्नको उत्तर उहाले अलि भिन्न पाराले दिनु भयो| फेरी उहाले त्यो पिलेन भन्ने शब्द भन्ने पार अझै भिन्न थियो|

“औषधि आयो है,अब मेडिकल जाउ हामि,त्यहा गएर प्याड अनि टिस्यु पेपर हरु लिनु पर्छ|” टिस्यु पेपर त बुझे तर प्याड चाही किन भन्नु भएको उहाले|

“किन नि,किन चाहियो?” उहा संग प्रश्न गर्न र जिद्दी गर्न,अब मैले केहि सोच्नै पर्दैन|

“रगत बग्छ त्यसैले|” उहाले दिएको जवाफ ठिक हो तर उहालाई कसरि थाहा भयो यो सबै कुरा? कुन औसधि चाहिन्छ,त्यो कहाँ पाइन्छ,त्यो खाएपछि के हुन्छ उहालाइ एक एक थाहा छ,सामान्य मान्छेलाइ यो सबै कसरि थाहा हुन्छ के| यसै बीच उहाले मेडिकल अघि लगेर कार रोक्नु भयो र हामि दुवै निक्लिएउ कारबाट|

“दाइ ह्विस्पर र टिस्यु पेपर दिनुस् न|” प्याड माग्न उहालाई गाह्रो हुन्छ जस्तो लाग्यो र मेडिकलमा आफै मागे प्याड|

“एउटा हैन, प्याड ५ वटा राख्दिनु,अनि टिस्यु पेपर पनि|” मेडिकलको दाइले कागज बेरेर प्लास्टिकको झोला एउटा प्याड हाल्दै गर्दा बिस्वासले यति भन्नु भयो| ५ वटा प्याड भन्दा त्यो मेडिकलको दाइ पनि म जस्ती छक्क पर्नु भयो| यति सबै संग एक बोतल पानि लिएर हामि कार तिर लागेउ र त्यसपछि पशुपति र त्यहाँ गएर शोभा अनि संजोक दुबैलाई देखे|

“उ शोभा उही हो|” शोभालाई देखाउदै मैले बिस्वास र शोभाको परिचय गराए| शोभा र बिस्वास्लाई एक अर्कासंग भेटाउने रहर मलाइ पहिले देखि थियो तर कहिले सोचेको थिन उनीहरु यसरि एक अर्कासंग भेटिन्छन जहा रहर हैन परिस्थिति हुन्छ मुख्य कारक|

त्यहि बसेर एकछिन सम्म गफ भयो हामि चारै जनाको| बिस्वासले एक एक गरि सबै कुरा भन्न लाग्यो शोभालाई, बिस्वासले शोभालाई सान्तोना संगै मनसित रुपबाट पनि बलियो बनाउदै थियो मानौ शोभाले खेइ गरेकै छैन भनि| लेखक भएर होला,उहाको हरेक शब्दको गहिराइ र त्यो शब्दले बोकेको भार निकै गह थियो| उहाले औसधि खाएपछि के के हुन्छ,सबै भन्नु भयो र पटकै पिछे अत्तालिनु हुन्न् भन्न छुटाउनु भएन|उहा नभएको भए त हाम्रो बिजोग नै हुने रैछ|

त्यहाबाट लागेउ हामि नगरकोट तिर| मनमा खुसि पनि थियो र चिन्ता पनि,कहिँ कतै शोभालाई केहि भयो भनि भनेर| म बिस्वाससंग आगाडी बसेकी थिए र शोभा अनि संजोक पछाडी| शोभा र संजोक एक अर्का संग गफ गर्दै थिए,उनीहरु बीच हड्डी हुन मन लागेन| त्यसैले म बेला बेला बिस्वास संग बोल्न लागे भने बेला बेला आफु संग|

“अगाडी कमलविनायकमा रोक्छु है म,त्यहा खाजा अनि चिया खाउ,अनि त्यहाँ बाट सिधै नगरकोट|” बिस्वासले यति भनेको ५ मिनेट पछी नै उहाले एउटा रेस्टुरेन्ट अघि रोक्नु भयो कार,रेस्टुरेन्टको नाम नै राम्रो लाग्यो मलइ,नाम “पोन्ड स्टेसन रेस्ट्रो” थियो | त्यहाँ लगभग हामि १ घण्टा बसेउ होला र त्यहा बाट नगरकोट पुग्न अर्को २ घण्टा लाग्यो| नगरकोट पहिले पनि गएकी थिए म,तर उहाले कार अलि भित्र लग्दै हुनहुन्छ,अलि सुनसान बाटो तिर| सायद कुनै गोप्य ठाउ होला जहा हामीलाई यो कार्य सम्पन्न गर्न केहि बाधा हुन्न्|

Previous article
Next article

Latest Posts