मेरो केहि लागेन बिस्वासको अघि, उभिरहेको मान्छे थचक्क बसिदिए भुइमा,त्यसपछि उहाले थप बियर भन्नै पर्यो| उहाले एक बोतल भन्दै हुनुहुन्थियो तर दुइ बोतल बियर नलिएसम्म,म भुइबाट उठ्दै उठिन| दुइ बोतल बियर लिएर लागेउ म अनि बिस्वास मेरो कोठा तिर|
कोठाको चाबी बिस्वाससंगै थियो,बिस्वासले कोठाको ढोका खोल्न लाग्नु भयो तर सक्नु भएन,सक्नु भएन् भन्दा पनि मैले खोल्न दिइन| उहाको काधमा आफ्नु दुइ हात बेरेर यसरि झुन्दिएको थिए,मानौ बासमा झुन्दिएको पिङ्ग,र त्यो माथि रहेको कुनै बालक जस्तै| उहाले केहि बेर कोसिस गर्नु भयो त्यो ढोका खोल्ने तर सक्नु भएन र अन्त्यमा आफ्नु दुवै हातले मेरा दुवै हात आफ्नु काधबाट निकाल्नु भयो र मलाई त्यहि छेउको भित्तामा अडेस लगाइदिनु भयो| मलाई उहासंग रिस उठेर आयो,किन मलाई आफूबाट पर बनाएको उहाले| मुख ठुस्स परेर उभिरहेकी थिए र उहाले ताल्चा पनि खोलेर भ्याउनु भयो,उभ रहेको मान्छे म लडे र थचक्कै बस्न पुगे त्यहि भुइमा| अघि सम्म रिसाएकी मान्छे म, फेरी हास्न लागे | “लडे,हाहा म लडे, बिस्वास म लडे|” यहि शब्दहरु तोडमोड गरि भन्दै र हास्दै थिए म|
बिस्वासले मेरो हात समाई मलाई उठाउन खोज्नु भयो तर मेरो शरीरमा मेरो आफ्नै काबु छैन,उहाले कहाँ सक्नु,थप हासिरहेको पनि थिए,न उहाले उठाउन सक्नु भयो र न म आफै उठ्न सके| अघि सम्म थचक्क बसेर हासिरहेको म,अहिले लडिबुडी गरेर हास्दै छु| बिस्वासलाइ सायद रिस उठ्यो होला, त्यसैले मलाई बाहिर एक्लै छाडेर आफु चाही कोठा भित्र छिर्नु भयो,बियरको झोला लिएर| उहा गएपछि अब उठाउने मान्छे पनि कोहि छैन,आफै उठ्न खोज्दै थिए तर कहाँ सक्नु र| सायद मैले एक पल्ट मात्र प्रयास गरेको थिए,बिस्वास आफै आउनु भयो बाहिर र मलाई उठाउन खोज्नु भयो|
“उठ्दिन म,जान्न म हजुर संग,मलाई कीन एक्लै छाडेर गएको|” बेला बेला हास्ने र बेला बेला रिसाउने,यस्तै हुदै छु म| अहिले चाही रिसाएकी छु म,आखिर एक्लै कसरि छाड्न सक्नु हुन्छ उहाले मलाई कोठाको बाहिर|
“लाटी, बियर भित्र राख्न गएको हो,तलाई एउटा हातले सम्हाल्न गाह्रो भयो त्यसैले|” उहाको कुरा बल्ल बुझे तर झन् रिस उठ्यो मलाई यहाको यति वाक्य सुनेपछि|
“हजुरलाई म भन्दा बियर प्यारो है?” मेरो रिस यहि कुराले उत्पन्न भएको थियो र उहा सामु पोखे|
“मलाई हैन तलाई चाहिएको हो त्यो बियर,कसले ल्याउन लगाएको?” उहा बोल्दै मलाई सम्झाउन पनि खोज्दै हुन्थियो र मलाई उठाउन पनि,तर दुबैकुरा उहाबाट भएन|
“त्यहि पनि हजुरलाई मेरो चिन्ता लागेन हैन,म भन्दा बियरको चिन्ता बेसी लाग्यो?” मलाई थाहाछ म नचाहिने कुरामा निहु खोज्दै छु तर यो निहु खोजेको मैले हैन,म भित्र बगिरहेको बियरले हो|
“बियर बाहिर छाड्यो भने अरुले लग्ला भन्ने डर,तलाई बाहिर छोड्यो भने ढुक्क हुन सक्ने कसैले लादैन भनेर,लगे पनि क्षन भरमै फिर्ता ल्याइदिन्छ भन्ने पनि पक्का|” मलाइ रिस उठिरहेको बेला उहा चाही जिस्किदै मेरो मजाक गर्न लाग्नु भयो| उहाले यति भनेपछि मैले केहि भन्न नै पाइन,उहाले मलाई जुरुक्क बोक्नु भयो र कोठा भित्र लग्नु भयो| उहाको एउटा हातमा मेरो टाउको थियो भने अर्को हातमा मेरो खुट्टाको फिला,म उहालाई हेर्दै थिए र उहा पनि मलाइ| अघिको सबै रिस मर्यो र म उहालाई मुस्कुराउदै हेर्न लागे|
बाहिरबाट जुरुक्क बोकेर उहाले मलाई मेरो ओछ्यानमा राख्नु भयो र सिरक ओढाइदिनु भयो| यति गरेर,मलाइ सुत भन्दै आफ्नु कोठा तिर जान खोज्नु भएको मात्र के थियो,मलाइ याद आयो,बियर ल्याएको छौ हामीले| जिद्दी गर्न लागे म,बियर खाने भनेर,उहाको फेरी पनि केहि लागेन मेरो जिद्दीको अगाडी| एउटा बियरको बोतल लिनु भयो उहाले हातमा र दातले बिर्को खोल्नु भयो त्यस्को,आफ्नु गिलासमा हाल्नु भयो बियर र मेरोमा पनि हाल्न लाग्नु भयो तर मैले मानिन र आफै हाल्ने जिद्दी गर्न लागे| उहाले कति मज्जाले हाल्नु भएको थियो आफ्नु गिलासमा बियर,पुरै माथि सम्म बियर आउने गरि तर मैले के गरे गरे, बियर गिलासको मुनि मात्र छ त्यो पनि अलिकति, बाकि त पुरै फिज नै फिज छ गिलास भरि|
“तलाई आउदैन के,म हाल्दिन्छु भनेको हैन, यता दे|” मेरो ताल देखेर उहालाई कस्तो बिरक्त लाग्दो हो,रिसाएर पनि रिसाउनु सक्नु हुन्न,त्यसैले म संग बियरको बोतल लिन खोज्नु भयो|
“मैले यसरि नै हालेको हो,मलाई फिज खान मन लागेको छ|” यति भन्दै फिजले भरिएको बियरको गिलास लागे आफ्नु ओठमा र खाएको जसरि गरे| त्यो फिजले मेरो ओठ माथि जुँगाको आकार लिन पुग्यो र त्यो देखेर म हास्न लागे र हास्दा हास्दै मुर्छा नै पर्न लागे भने पनि हुन्छ| एकछिन सम्म नै हास्दै थिए तर हास्दा हास्दै..
