कोठा पुगेको एकछिन पछी एउटा भाइ आयो,हातमा एउटा किस्ती लिएर,किस्तीमा थियो एउटा बोतल,केहि बरफको टुक्राहरू र दुइटा गिलास| यो समयमा बिश्वास बाथरुममा हुनु हुन्थियो,भाइले उसंग ल्याएको किस्ती अनि त्यसमा भएको सबै सामान,टेबुलमा राखेर फर्कियो| भाइ कोठाबाट निक्लिनु र बिश्वास बाथरुमबाट निक्लिनु लगभग एकैपल्ट भयो|
“चुरोट ल्याएन छ?” भाइले ल्याएको किस्तीमा चुरोट चाही थिएन,बिस्वासले चुरोट पनि भन्नु भएको रैछ नत्र यो प्रश्न त आउथिएन उहाबाट| आफुले नदेखेको भनि जवाफ फर्काए र उहाले फेरी पनि रिसेप्सनमा फोन गरि चुरोट भन्नु भयो|बिस्वासले त्यो किस्ती भुइमा लगेर राख्नु भयो र आफु पनि भुइमै बस्नु भयो, पलंगमा अडेस लागेर| म पलंग माथि र उहा भुइँमा,यो कसरि हुन दिन सक्छु मैले,म पनि उहाकै छेउमा गएर बसे| उहाले त्यो रक्सीको बोतल खोल्नु भयो र दुवै गिलासमा उत्तिकै रक्सि हाल्नु भयो,यो पनि एउटा कला नै हुनुपर्छ| उहाले गिलासमा रक्सि हाल्ने बित्तिकै एउटा गिलास मैले हातमा लिगे र आफ्नु ओठ तिर पुर्याउन लागे|
“पख के गरेको? ढल्छेस् यो पाराले|” हैन मैले के गरे,त्यस्तो केहि गरेको जस्तो लाग्दैन, अनायसै कराउने के बिस्वास पनि| “किन के भो र|” यो मेरो प्रश्न स्वाभाविक थियो,र उहाको उत्तर आएपछि म आफै माथि हास्ने लागे,मलाइ साच्चिकै केहि थाहा रैनरैछ| Whiskey त्यसै खाना नहुने रैछ,त्यसै खाएपछि निट भन्दो रैछ,निट खादा चाडै नसा लाग्ने र वाक्ने हुदो रैछ,मलाइ केहि थाहा थिएन| यहि रक्सीमा हाल्न पो उहाले बरफको टुक्रा मगाउनु भएको रैछ,मैले त पानिलाइ चिसो बनाउन होला भनि सोचिरा|उहालाई धेरै कुराको ज्ञान भएको हो कि म चाही लाटी भएको,यो कुराको जवाफ बिस्तारै खोज्दै गरम्ला, अहिलेको समय भनेको मापसेको हो|
उहाको छेउमा थिए,गफ संगै गिलासमा रक्सी थपिदै गयो, रात संगै कोठामा मन्ध अध्यारो अनि हामि बीच प्रेमको प्रकाश छरिदै गयो.बाहिर चन्द्रमा आधि थियो र हामि भित्र पुरा हुदै थियौ| बिस्तारै नसा चढ्दै गएपछि उहाको छातीलाइ कुन बेला सिरानी बनाइसकेछु , मेरो हातलाई त्यो नसिलो रक्सीको गिलासको स्पर्श आनन्दीय लाग्न छाडिसके छ,अब यो मेरो हातलाई उहाको हात स्पर्शले मात्र आनन्द दिन्छ| म बिस्वाससंग नजिकिनु अघि यस्तो थिन,अहिले सम्म यस्तो कहिले हुन्थेन,कसैको स्पर्श खोज्दै भौतारिन्थेन यो मन,कसैको अवाभ महसुस गर्दैन थियो यो मनले ,कसैलाई आफु छेउमा चाहनथिएन यो शरीरले, कसैले आफ्नु शरीर संग खेल्दै गरेको कल्पना कहिले गरेको याद चाहिं यस अघि तर बिस्वास छेउमा हुदा खै मलाई के हुन्छ थाहाछैन| उहाको एउटा स्पर्शले म आफुलाइ उहा सामु समर्पण गर्न तैयार हुन्छु| उहा नजिक हुदा,उहाको त्यो सासको न्यानोपन,जाडो महिनामा सिरकले त्यति न्यानोपन महसुस गराउन सफल हुदैन| उहाले आफ्नु नाङ्गो हातले मेरो शरीरको कुनै भागमा छुदा पुरै जिउ नै सिरिङ्ग भएर आउछ,शरीरको कुनै यस्तो ठाउ छैन जहाँ काडा उम्रिदैन र खुसीको अलग्गै तरंग फैलिन्छ एक एक अंगमा| सायद उहाको हरेक स्पर्ष र मायामा जादु छ जसले मलाई मोहनी लगाउदै छ|
मेरो ओठलाई त्यो गिलास चुम्न पुग्यो,मेरा यी ओठले उहाको ओठलाइ चुम्न खोज्दै छ,म यसको इक्षा पुरा कसरि नगरु| एक अर्काको ओठबाट सुरु भएको यात्रा,शरीरको एक एक अंगको यात्रामा हिडे ओठ हरु,कुनै यस्तो ठाउ छैन हाम्रो शरीरमा जहा हाम्रो ओठ पुगेका छैनन्,मैले भने नि कुनै भाग बाकि नै छैन| ओठले आफ्नु कर्तब्य पुरा गरे,अब बाकि छ हाम्रो मायाको सवारीलाई गन्तब्यमा पुर्याउन, गन्तव्यमा पुग्नलाई पहिले सवारी चालु हुनुपर्छ,र सवारी चालु हुन चाबीको भूमिका गहन हुन्छ|
“मैले हिजो पनि भनेको थिए,तैले हत्तारिएर निर्णय लिदै छस्|” थाहाछैन उहाको दिमागमा फेरी के आयो,हिजो पनि यस्तै गर्नु भएको थियो र आज पनि| आखिर उहालाई के कुराको डर छ ,यो चाही अनुसन्धानको बिषय हो तैले अहिले को समय अनुसन्धानको थिएन,हाम्रो प्रेम कथाले अरु केहि माग्दै थियो|
“मेरो लागि हजुर सबै कुरा हो,मैले हजुरलाई आजै जवाफ दिनुस् भोलि जवाफ दिनुस् भनेकी छैन| यो मेरो निर्णय हो, हजुरको निर्णय हजुरलाई जहिले मन लाग्छ त्यो बेला भन्नुस| हजुरको निर्णयमा मेरो पुरै समर्थन हुनेछ,चाहे त्यो निर्णय मेरो मनमा फुल रोप्ने होस् या छुरा|” यति भनिसकेपछि उहाले अझै केहि जवाफ फर्काउनुहुन्छ थाहाछ तर मलाई त्यो रोक्नु छ| त्यसैले उहाको बोल्ने ओठलाई आफ्न्नु ओठले बन्धक बनाए र उहालाई आफ्नु बन्धक|उहासंग बिताएको हरेक एउटा पल मेरो प्रेम पुस्तिकाको एउटा नया पाना हो,जुन द्रुत गतिमा भरिदै जादैछ|
उहा कुन बेला उठ्नु भयो थाहाछैन ,म ८ बजे उठ्दा उहा झ्याल छेउको कुर्चीमा बसेर कफी र चुरोटको साथमा रमाउदै हुनुहुन्थियो|
