बिस्वासको बाइक पछाडी बसेर बुवा र बिस्वास घर जानु भयो र एकछिन पछी बुवा आफ्नो बाइक लिदै आउनु भयो,अनि बिस्वास पनि आफ्नो बाइकमा हुनु हुन्थियो|
मामु बुवाको बाइकमा अनि म बिस्वासकोमा,यसरि घर पुगियो| बाबाको बाइक अगाडी थियो र हामि बुवाको पछी| सधैको बानि,बिस्वासको कम्मरलाई आफ्नो दुवै हातले अंगालोमा बेर्ने,आज पनि त्यहि नै गरेकी थिए|
“आज चाही यसरि नबस्न, मामु बाबाले देखे भने के सोच्नु हुन्छ|” बिस्वासलाई कस्तो डर लागेको त बाबा मामुले देख्नु हुन्छ भनि|
“मामु बाबाको टाउको पछाडी आखाँ छैन नि त उल्लु|” बिस्वास बिनाकाममा डराउनु भएको,एक त रातको समय,अनि त्यसमाथि बुवा-मामु अगाडी हुनु हुन्थियो,कसरि देख्नु हुन्छ|
“अनि यो लुकिंग ग्लासमा पछाडिको केहि देखिन्न जस्तो लाग्छ तलाई?” बिस्वासले यति भन्ने बित्तिकै मेरो हात उहाको कम्मर बाट हटेर काधमा पुग्यो, धन्न बाबा आमाले देख्नु भएन|
घर पुग्ने बित्तिकै आमा भान्सा तिर जानु भयो, बिस्वास र बुवा बैठक कोठाको सोफामा| आमालाई सघाउन मलाई पनि भान्सा जान मन् थियो तर बिस्वास एक्लै पर्नु हुन्छ भनि बैठक कोठामा नै बसे| आमाले आज दाल भरेको रोटि बनाउनु भएको थियो अनि चुकौनी पनि| मलाई एकदम मन पर्छ तर बिस्वासलाई पो मन पर्ने हो कि नाई|
“बाबुलाई मिठो लागेन होला|” सबै नेपालि आमाले पाउना सामु प्रयोग गर्ने यो वाक्यलाइ रास्ट्रिय वाक्य घोसना गरे हुन्छ|
“हैन मामु मिठो छ तर यो सेतो के हो?” बिस्वास्लाई चुकौनी भनेको के हो भनको थाहा छैन थाहा पाउदा एकछिन अचम्ममा परे म, बुटवलमा बस्ने मान्छेलाइ चुकौनी भनेको थाहा नहुनु भनेको आधा जिन्दगि खेर जानु नै हो|
“चुकौनी हो बाबु, अहिले सम्म चाखेको थिएनौ?” म अनि बिस्वास मात्र भएको भए,बिस्वासको यति मजाले खिल्ली गर्थिए तर मामुले चुकौनी हो भनि सजिलै भन्नु भयो| चुकौनी के हो,कसरि बनाउने पनि सिकाउँन लाग्नु भयो अनि,बिस्वासले पो के सोच्दै हुनु हुन्छ|
पहिलो पल्ट उहाले मेरो परिवारलाई भेट्नु भएको, अनि पहिलो भेटमा नै हामि घुम्न पनि गयौ, घुमिसकेपछी उहा मेरो घर आएर,मेरै परिवार संग भोजन पनि गर्दै हुनु हुन्छ| एकैदिनमा के के गर्न र हुन भ्याएको, कुनै सपना भन्दा कम थिएन| कहिँ सपना नै त हैन भनेर शंका लागेर आफै चिमाटे पनि,हैन रैछ सपना|
“अब म जान्छु है|” जानु अघि बुवा मामुसंग बिदा माग्नु भयो र हेल्मेट बोक्नु भयो|
“यति राति कहा जानु हुन्छ बाबु,आज यतै बस्नु|” हैन आज मामुलाई के भएको, मेरो माया पो बसेको हो बिस्वाससंग,उहाले त आजै ज्वाई जस्तो आदर गर्न लाग्नु भयो त|
“हैन मामु,घर त्यसै खालि छोड्न मिल्दैन,जानै पर्छ म|” यति भनेपछी बिस्वासले पनि बिदा पाउनु भयो|
“मामु,म बाहिरको मेन गेट लगाएर आउछु है अनि सरलाई बाहिर सम्म छोडेर पनि|” यति भन्दै बिस्वासको बाइक सम्म पुर्याउन गए म|
“त्यसै जान लागेको,देजर्ट खै त खाना खाएपछि?” उहाको मायाको मिठासको बानि लागेको,उहालाई त्यसै जान कसरि दिन्थियो यो मनले, म मेन गेट मात्र लागाउन बाहिर पक्कै पनि आएकी हैन|
“पागल, कसैले देख्यो भने,त के भाकी के|” म केटि भएर यति खुल्दै छु,उहा भने केटा भएर पछी हट्दै हुनु हुन्छ,कहिले काही त लाग्छ उहामा केटामा हुने दुइ तीनवटा गुणको चाही कमि नै छ|
“अहिले अध्यारो पनि छ,अनि लुकिंग ग्लासबाट हेर्ने कोहि पनि छैन|” थाहा छ मेरो वाक्य सक्किने बित्तिकै उहाले केहि भन्नु हुन्छ| त्यसैले वाक्य सकिने बित्तिकै आफ्नु ओठ लगेर उहाको ओठमा जोडे अनि उहाको मायाको हरेक पराग सोस्दै गए मैले,मानौ उहा पुष्प अनि म मौरी हु|
घर भित्र पसेको मात्र के थिए,मामुले भनि हाल्नु भयो “केटा राम्रा रैछन,मामाले भनेको जस्तै|” लाजले बोलि फुटेन मेरो, गाला राता भएर आए अनि मुहार चम्किलो तर आवाज चाही खै कता बिलिन भयो|
“तेरो पनि बिहे गर्ने बेला भयो,उसको घरमा थाहा छ कि नाई|” मलाइ लजाउन पुगेकै थिएन,आमाले अर्को वाक्य थप्नु भयो,धन्न यी कुरा गर्दा बुवा सुत्न गइसक्नु भएको थियो,नत्र लजाउनुको सत्ता मेरो हात खुट्टा काप्थिए होला|
“ह्या ममी पनि,जे पायो त्यहि,साथि मात्र हो उहा मेरो|” मामुको सामु अझै केहि बेर बसेको भए मामुले मलाइ अरु प्रश्न गरेर धुरुक्क पार्नु हुन्छ भन्ने थाह छ मलाई,त्यसिले यति भन्ने बित्तिकै आफ्नु कोठा तिर लम्कीए|
