Part 94

आमाको आसुले कम्जोर तुल्याउन लाग्यो मलाइ, घुडालाइ शरीरको भार थेग्न हम्मे हम्मे हुदै गयो, यो हात फैलाएर आमालाई कसेर अंगालोमा हाल्न मन थियो तर मेरो हातहरु कुनै स्पर्श महसुस गर्न काबिल नै थिएनन्| काम गर्न योग्य भनेको आखा रहेछ, आखाँ आमाको आशु देखेर रसाएर आए, आशु संगै म भित्र बल पनि आयो, हातले सुरुमा  आफ्नो आशु पुछे अनि त्यसपछि आमाको,अनि आमालाई त्यहि छेउको बेन्चमा लगेर राख्दै आमालाई अन्गालोमा कसे|

आमा त्यहाँ बस्नु भयो भने आमा अझै पटक पटक म अघि टुटेर रुनु हुन्थियो भन्ने बुवाले बुझिसक्नु भएको थियो, त्यसैले मलाइ र बिस्वासलाई छाडेर आमा र बुवा घर जानु भयो| अघि मेरो छेउमा आएर आमा बस्नु भएको थियो,अहीले ठिक त्यहि स्थानमा बिस्वास हुनहुन्छ,म बिस्वासको काधमा सिर हालेर रुन लागे,तर मन भित्र भित्रै| काठमाण्डौ जान मलाई पनि गाह्रो हुदैछ, एयरपोर्टमा बसेर बुटवलमा बिताएको सबै पल आखा अगाडी आउन लागे, झन् गाह्रो बनाउदै गयो मलाइ, अघि सम्म जान गाह्रो हुदै थियो तर अब समय ढिलो बितेको महसुस गर्न लागे म, जति धेरै यहाँ बस्यो त्यति गाह्रो हुन्छ पक्का थिए म, जानलाइ पो गाह्रो हो,पुगेसी त बानि बसी हाल्छ नि| भने नि मैले,मेरो जीवन कहिले सामान्य रहन दिनु हुन् भगवानले,यहाँ एक एक पल काट्न गाह्रो रहेको समयमा,फ्लाइट दुइ घण्टा पछिलाई सर्यो|

मनले धेरै प्रश्न गर्न लाग्यो मलाइ| म काठमाण्डौ जादै चाही किन छु? मेरो काठमान्डौ जाने निर्णय सहि कि गलत? मैले काठमाण्डौ जाने निर्णय किन लिए? यो निर्णयबाट मैले के पाए? आफैले आफैलाई सोधेको प्रश्नको उत्तर दिन केहि भएपनि गाह्रो भयो मलाइ, यो सबै प्रश्नको उत्तर दिन त दिए तर सबै उत्तरले निस्कर्ष के निकाल्यो भने,म मुर्ख हो,मुर्ख हैन महा मुर्ख,पट मुर्ख| बिस्वाससंग पर हुनलाइ काठमाण्डौ जाने निर्णय गरेको तर अहिले बिस्वास नै मेरो सबै थोक हो,उहालाई छाडेर जान मन छैन| कस्ती मुर्ख म, बिस्वास संग पर हुदा म आफ्नै परिवार संग पनि पर हुन्छु किन सोचिन मैले, बिस्वास संग पर हुन खोज्दा म आफै संग पनि पर हुन्छु किन सोचिन मैले| सुगौली सन्धि जस्तै भए मेरो यो निर्णय,न आफुलाई राम्रो गर्यो न मेरो वरपरकोलाइ|

“मलाइ जान मन नै छैन|मैले किन जाने निर्णय लिए खै|”

“जान मन छैन रे! निर्णय लिनु अघि सोच्नु पर्छ,लिईसकेपछि हैन|”

“म किन जहिले गल्ति निर्णय लिन्छु?”

“निर्णय सहि वा गलत हुन्न के| तैले जे निर्णय लिइस्,अब त्यो गलत भएपनि कसरि सहि हुन्छ त्यो सोच|”

“हजुर पनि आउनु न काठमाण्डौ, उतै खोज्नु न एउटा जागिर|”

“मन मरिसक्यो त्यो ठाउबाट, जे बाट भागेर यहा आएको छु त फेरी त्यहि धसाउन नखोज न|”

“मेरो लागि भएपनि आउनु न, म बिना बस्न सक्नु हुन्छ यहा?”

“सक्न त सक्दिन तर कोशिस गर्छु|”

“अनि हजुरको कोशिश भएन भने?”

“फेरी अर्को कोशिश गर्छु,जव सम्म सफल हुन्न कोशिश गरि रहन्छु|”

यसतै अनेकौ गफ बीच मेरो फ्लाइटको समय पनि भयो र अनि बिस्वासलाई एक अन्तिम पल्ट अंगालोमा हालेर छुट्टीए उहाबाट| छुट्टिन गाह्रो मलाइ मात्र हैन उहालाई पनि हुदै थियो, फरक यति छ  मेरो पिडा मेरो मनमा झ्लकिन्छ भने
उहाले आफ्नु मन भित्र नै यो पीडालाई दफ्नाएर राख्नु भएको छ|  ३५ मिनेटको फ्लाइट पनि मलाई ३५ दिने फ्लाइट जस्तो महसुस हुदै गयो, मौसम बाहिर सफा थियो तर  मेरो मनमा चाही हावा हुरी चल्दै छ,मेरो जग बिनाको निर्णयलाई उखलेर लग्न तात्पर छ यो हावाहुरी तर बिस्वासले भने जसरि नै बलियो हुन खोजे म| हावा यति माथि उड्दै छु म तर पनि स्वतन्त्र भने हुन सकेकी छैन,अहिले पनि बन्धि नै छु आफ्नु मनको|

यसै बीच काठमाण्डौ पुगे, आज आउन लागेको भनेर एक जनालाई मात्र भनेकी थिए मैले, बहिनीलाइ मात्र भनेकी थिए| उ एयरपोर्टमा लिन आइ र

Previous article
Next article

Latest Posts