बेलुका अफिस पछी पशुपति जाने योजना सहित म अफिसको लागि निक्लिए,आज अफिसको पहिलो दिन| पहिलो दिन भन्ने बित्तिकै बिस्वासको याद आउने, उहा त हो मेरो साथि पहिलो दिनको|
गाडीबाट झरिसकेपछी लगभग ५ मिनेट लाग्ने रैछ अफिस सम्म पुग्न| काठमाण्डौ, एकदम भिड हुने ठाउ जस्तो लाग्थियो मलाइ, खासै भिड देखिन, देखे त केहि मान्छेहरु जो आफैमा ब्यस्त थिए सायद ब्यस्त थिए आफ्नु सपनाहरु पच्छ्याउनमा| अनि अर्को कुरा, धुलो चाही धेरै नै रैछ, कुहिरो लागेको हो भनेर झुक्किए एकपल्ट| ५ ६ महिना यहा बसे भने त, मेरो छातीमा बिस्वासको लागि माया भन्दा बेसी काठमाण्डौको धुलो हुन्छ होला|
५ मिनेटको यस्तै सोच बीच अफिस पुगे, अफिस भित्र हैन अफिस परिसरमा पुगे| यहाँ सम्म सजिलै पुगे तर अब एक एक पाइला सार्न गाह्रो हुदै छ, लाग्दैछ कसैले मेरो एक एक खुट्टामा १० केजीको ढक राखिदिएको छ,तर भन्ने हो भने मेरो मन भित्र उम्रिएको डर,उत्सुकता,अन्योलता जोख्ने भए त्यसको बजन धेरै हुन्छ,सायद त्यसैले पाइला सार्न गाह्रो भएको होला|
अफिसको ढोका बाया हातले ठेल्दै भित्र पसे, पहिलो पल्ट हो
अफिसमा पसेको,केहि अप्ठेरो अबस्य लागेको छ | इन्टरभ्यु पनि
फोन बाट नै लिइएको थियो मेरो,इन्टरभ्युको लागि यहाँ आउनु परेको थिएन| भित्र पस्ने बित्तिकै रिसेप्सनमा
एकजना देखे,त्यहाँ गइ आफ्नु परिचय दिए र
त्यस्पछी त्यहाबाट म बस्ने ठाउ मलाई देखाइयो र अफिसमा काम गर्न चाहिने समानहरु जस्तै ल्यापटप ,माउसहरु दिइयो मलाइ| नया अफिस,पहिलो दिन मोबाइल चलाएर बस्ने कुरा पनि हुन्न,त्यसैले आउनु अघिनै बिस्वास्लाई
मेसेज गरेकी थिए,अफिसमा चाही ल्यापटप अन गरे|
कस्तो मुर्दारहरु रैछन,ल्यापटपमा केहि छैन त, सबै कुरा आफै डाउनलोड गरेर हाल्नु पर्ने भयो,मलाई सबैभन्दा अल्छी लाग्ने कामहरु मध्य यो पनि एक हो| एक घण्टा लाग्यो आफुलाई चाहिने जति उपयुक्त कुराहरु हाल्नलाइ, त्यसबीच मेरो छेउमा अरु मान्छेहरु पनि आइसकेका छन्, उनीहरु चाही सामान्य गफ सुरु भयो, तर नाम बाहेक उनीहरुले भनेको केहि कुरा पनि याद छैन मलाइ| एकछिन पछी सबै जना संग बिस्तारै चिनजान हुदै गयो,मैले जति गाह्रो हुन्छ सोचे थिए त्यसको एक प्रतिशत पनि गाह्रो भएन| चिया देखि खाना खान, संगै जान भनि बोलाउन आउने मान्छे बनि सकेका थिए, फेरी गफ हे भनेकै चिया र खानको बेला हुने|
बिहानको चियाको समयमा, कसैले चिया लिए भने कसैले कफी,मैले के लिए भनि रहनु पर्दैन होला, कफी सकिएपछी चुरोट चाहिने आफुलाई| नया ठाउ,कसैलाई भन्न पनि अप्ठेरो लाग्यो, भन्नु पनि कसरि, चुरोटको तल्तल हुन थाल्यो, भोलिबाट केहि सोच्नु पर्छ यसको लागि पनि| कफी पछी सिधै आफ्नु ठाउमा गएर फेरी काम गर्न लागे,सुरुकै दिन भएपनि काम चाही थियो, नया काममा भिज्न केहि गाह्रो भयो तर भिजिसकेपछी गाह्रो भन्ने शब्दले बसाइ सार्नु पर्यो|
“तिमि चुरोट तान्छौ नि है?” सकाइपमा यस्तो मेसेज देख्दा मेरो सात्तोपुत्त्लो उड्न मात्र बाकि थियो, मेसेज थियो त्यहि अफिसको भर्खरै बनेको केटि साथीबाट| हैन उसले त्यतिकै तुक लगाएर भनेकी हो कि उसलाई साच्चिकै थाहाछ मैले चुरोट तान्छु भनेर,थाहा भए कसरि थाहा भयो?
“किन र?” हो कि हैन भनेर जवाफ नै फर्काउन सकिन, उसले प्रश्न गरेको थि मैले पनि प्रश्न नै गरे|
“मलाइ त्यस्तै लाग्यो,तिम्रो ओठ पनि हल्का कालो देखिन्छन अनि लुगाबाट पनि चुरोट अलि अलि आउछ गन्ध|” मतलब म चुरोट खान्छु भनेर घरमा पनि थाहा पाइसक्नु भयो,अरुले पनि थाहा पाए,तनाब भएर आयो एक्कासी|
“तिमि पनि तान्छौ र?” के प्रश्न गरेको होला मैले, त्यो प्रश्नको बिचमा “पनि” किन लगाएको होला मैले, त्यो पनि प्रयोग गर्नुको मतलब म पनि चुरोट खान्छु हो|
“त्यसैले त तिमीलाई सोधेको,जाम उठ|” उसले यति भन्दा कसम भगवान भेटे जस्तो लाग्यो, अफिस नया थियो तर एकैदिनमा नया जस्तो रहेन|
संगै चुरोटको लागि जाने साथि भनेपछि उ यत्तिकै पनि अरु भन्दा मिल्ने साथि बन्न पुगी,पहिलो दिनको लागि भएपनि| उसको नाम चाही ज्ञानु हो, उसले गर्दा पहिलो दिन अफिसको बारेमा थाहा पाउन निकै नै सजिलो भयो, उसले अफिसको एउटा एउटा घटना, मान्छे र काम गर्ने तरिकाको बारेमा बताउदै गइ मलाई| फोनमा बोल्न नमिले पनि बिस्वासलाई एक एक कुरा भन्न लागे एस.एम.एस बाट|
अफिसपछी कहा जाने भनि पहिले नै निधो भइसकेको थियो बिहानै| बहिनीलाइ फोन गरे, उ पनि भर्खर निक्लिन लागेकी रैछ, गाडी चढेर गौशला पुगे र बहिनि मलाई पर्खेर बसेकी थि|
