सबै सम्बन्धको गन्तब्य हुदैन, अनि कुनै सम्बन्धको गन्तब्य भएपनि तिनीहरु कहिले गन्तब्यमा टुंगिदैन| सबै सम्बन्धको गन्तब्य फरक हुन्छ, सबै सम्बन्धको गन्तब्य बिहे हुदैन र बिहे नै पनि सबै सम्बन्धको अन्तिम गन्तब्य पनि हैन| हो यो लेख त्यस्तै एउटा सम्बन्धको हो, जसको गन्तब्य बिहे हैन| भन्नु पर्दा यो सम्बन्धको गन्तब्य के हो, न उसलाई थाहाछ न मलाइ नै| यो हाम्रो सम्बन्ध, यो समाजले कहिले बुझ्दैन| नबुझेपछि हाम्रो सम्बन्धलाई यो समाजले अपनाउने कुरा परको हो| समाज गलत हो कि हामि दुइ, यो मैले कहिले जान्न नै खोजिन| जानेर पनि केहि हुन्छ लाग्दैन, समाजलाई गल्ति तुल्याएर मलाई खुसि हुनु छैन र आफु गल्ति छु साबित भएपनि, म यो सम्बन्धलाइ त्याग्न सक्दिन| त्यसैले यो सम्बन्धलाई नाम नै दिन सकिन मैले, खोज्दै छु नाम यो सम्बन्धको, एकदिन त कसो नभेटिएला|
उ पनि बैबाहिक सम्बन्धमा गासिएकी छे र म पनि| हामि आ-आफ्नु बैबाहिक जीवनमा खुसि पनि छौ| उसको प्रेम बिबाह भएको, अनि मेरो पनि| बिहे पनि राजि खुसि नै भएको हो, आखिर आफ्नु प्रेम जोडीसंग बिहे हुदा को पो खुसि हुन्न र| यो भयो हाम्रो आ-आफ्नो सम्बन्धको कुरा| अब कुरा गर्छु हाम्रो सम्बन्धको, त्यो सम्बन्ध जसको गन्तब्य पनि खोज्दै छु म| पहिलो बोलचाल याद नै छैन, याद गर्न निकै प्रयास पनि गरे तर खोइ मानसपटलको कुनै कुनामा लुकेर बसेको होला तर अहिले मेरो सामु आउन नै मानेन| पहिलो पटक हैन त्यसपछिको ४ ५ पटकको बोलचाल पनि याद गर्न खोजे तर सकेर पनि सकिन| बिदेस, अनि घरबाट पर, कोहि नेपाली देखिएभने पनि पछी सम्म याद हुन्छ तर यो उनीसंग म फेसबुकमा बोलेको तर याद छैन| मैले भन्न भुले होला,| म अहिले सिड्नीमा छु अनि उनि पनि| मेरो श्रीमती अहिले नेपालमा छिन् र उनको श्रीमान क्यानडामा| फेसबुकमा उनिसंग बोलेको पुरानो मेसेज खोजेको पनि हो मैले तर भेटिन, सायद हटाए होला|
कलेज 3 हफ्ताको बिदा, दशैं नै भने हुन्छ यो बेलालाइ| कलेजको फि देखि अरु खर्छ बटुल्ने बेला नै यहि हो| १२ घण्टा ग्यास स्टेसनमा काम गरेर घर फर्किदा दुइटा बियर पनि लिए, भोलि बेलुका मात्र काम भएकोले थकान मेट्ने बहाना खोजेको मात्र हो| थाकेको जिउलाइ दुइ बोतल बियर उपयुक्त हुन्छ| जहिले सुत्न मध्यरात कट्ने यहाँ, नेपाल हुदा मात्र हो ९ बजे ओछ्यान च्याप्नु पर्ने| बियर सकिने बेलासम्म नशाले झुम्म भइसकेको थिए, जिउ पनि त्यस्तै थाकेको तर आखाँमा निन्द्रा भने छैन| “अहिले सम्म सुत्नु भएको छैन?”, यहि बेला उनको मेसेज आयो, हो यो उनको पहिलो मेसेज जुन मलाई मज्जाले याद छ| त्यो रात कुन बेला कट्यो र सुर्य कुन बेला उडायो, केहि अत्तोपत्तो नै भएन| सामान्य गफगाफबाट सुरु भएको बार्तालाप, बिस्तारै परिवार तिर मोडियो अनि थाहाभयो उ बिबाहित रैछे| हामि दुवै परिवार अनि जीवनको अर्को भागसंग पर बस्दै रैछौं| हाम्रो सम्बन्ध हो यहिँबाट सुरु भयो, केहि भावना उसले मेरो बुझी र मैले केहि उसको भावना बुझे र च्याटबाट सुरु भएको कुरा मेसेन्जर कलमा परिणत भयो अनि अडियो कल भिडियो कालमा| शरीर भोको दुबैको, भिडियोमा नै केहि प्यासहरु मेटियो| होला हामीले अरु कसैलाई धोका दिदैछौ तर हामि एक अर्कासंग चाही इमान्दार भयौ|
यस्तै कहिँ रात बितायौ, तर भेट अहिले सम्म भएक छैन| कफीको लागि भेट्ने भनियो तर कहिले उसको मिलेन कहिले मेरो| कफीको प्लान सफल नभएपछी, लन्चको प्लान बन्यो, यो पनि कहिले सफल भएन| कल र च्याटमा जति कुरा भएपनि, साच्चिकै भेटेर हामि त्यो उचाईसम्म पुग्ने कुरा कहिले नै गरेनौ| मन दुबैलाई हुदो हो तर ब्यक्त गर्न कसैले चाहेन| कफी,लन्च र डिनर सबै प्लान असफल भएपछि, सायद अब भेट्ने अरु कुनै बहाना भएन र यहि बेला मैले उसलाई प्रस्ताभ राखे, के हामि एक रात संगै बिताउन सक्छौ भनि| सुरुमा उसले हुन्छ भन्न मानिन तर दुवै हुन्छ भन्ने सहमतिमा पुगेउ र शनिबारको दिन सिड्नी जुमा भेट्ने भइयो| शनिबारको पर्खाई दुबैलाई उत्तिकै हुदो हो र शनिबार पनि आयो| एकछिनको घुमघाम अनि लन्च, त्यसपछि हामि दुवै मेरो कोठामा पुगेउ| मन संगै शरीर पनि साटियो तर मनमा एउटा प्रश्न आयो| यो हाम्रो सम्बन्ध ठिक छ कि गलत? के हामीले एक अर्कासंग इमान्दार भएर अरुलाई ढोका दिदै छौ? आखिर यो सम्बन्धलाई के नाम दिउँ म?
