मेरो यो प्रश्न पछी निष्ठाको के जवाफ आयो, त्यसले मेरो धेरै प्रश्नहरुको जवाफ दियो| त्यो प्रश्नहरु जुन मेरा मनमा धेरै अघि चिहानको मुर्दा झैँ गाडिएर बसेका छन्| उसले एक एक कुरा बताई, जे भयो हामि बीच र हामि पछी| उ बोल्दै गइ र म सुन्दै| उसले के भनि भनेर म भन्दिन, अपमान हुन्छ उसको हरेक शब्दको | उसको जवाफ उसकै शब्दमा”
“हजुरलाइ थाहाछ है, मलाई ९ क्लास देखि नै महिनावारीको समस्या थियो| कहिले चाहिने भन्दा ढिलो हुने र कहिले हफ्ता दिनमा नै भइदिने| डाक्टरले औसधि दिएका त थिए, औसधि लेकाम गर्दै त थियो तर कहिले असर गर्ने र कहिले असर नगर्ने औसधिले पनि| एस.एल.सी सम्म धेरै समस्या भएन, समस्या त थियो तर आत्तिनु पर्ने समस्या थिएन| सायद थियो पनि होला आत्तिनु पर्ने समस्या तर यता पढाइको थपेदी अनि हजुरको मायाको साथ, समस्या कहिले महसुस नै गरिन भन्दा नि हुन्छ|
एस.एल.सी पछी मेरो पनि बिदा भयो, र कलेजमा स्कुल जति थपेदी पनि नहुने| त्यसपछि हामि झन् नजिक हुन लागेउ,याद छ है हजुरलाई| कहिले कहाँ घुम्न जाने कहिले कहाँ| रात भरि हामि फोन गरेर पनि बस्न सक्थिएउ है| हजुर मेरो मनमा हुनुहुन्थियो र हजुरसंग केहि कुरा लुकाकै थिइन मैले| हजुर त म भन्दा धेरै बुझ्ने हुनु हुन्थियो, म पो बच्चा जस्तो पागल जस्तो थिए| कहिले सोचेर बोल्थिए कहिले नसोचेर| म यति मख्ख थिए बर्तमानमा, भबिस्य सोच्ने फुर्सत नै मिलेको थिएन| मैले फुर्सत नपाएर के भयो र, हजुरले त सोच्दै हुनुहुन्थियो नि हाम्रो भबिस्यको बारेमा| कति खुसि लाग्ने, हजुरसंग भबिस्य कल्पना गर्दा, हजुरले मलाई भबिस्यमा पाउदा| अहिले पनि मुस्कान छरिन्छ त्यो दिन सम्झिदा, हामि कहाँ बस्ने पछी, कहिले बिहे गर्ने, हाम्रो बच्चाको नाम के राख्ने सबै सोच्नु भएको थियो है हजुरले| हाम्रो छोरोलाई भुन्टु भन्ने भन्नु हुन्थियो नि है हजुरले| त्यसैले त हजुरले दिएको टेडी बियरको नाम नै हामीले भुन्टू राखेको थियौ| हजुरले आफ्नु साथि भाइलाई मेरो बारे भन्दा मेरो मन कति प्रसंग हुन्थियो|
यता म हजुरसंग रम्दै थिए तर यता स्वास्थ्यले कहिले साथ दिएन मलाई| समस्या सामान्य होला भनि डाक्टरले महिनावारी सहि समयमा हुने औसधि र उपाय भन्दै हुनुहुन्थियो तर किन हो कहिले ठिक भएन यो समस्या| एकचोटी त झन् कस्तो लाजमर्दो घटना भएको, धन्न मामु जानु भएको थिएन मसंग| म डाक्टरकोमा गएको थिए जचाउनलाइ अनि त्यहाँ नर्सले के सोध्नु भयो थाहाछ? “बोइफ्रेनसंग केहि भएको थियो हो?” भनेर सोध्दा लाजले म भुतुक्क भएको|
हामीले टिभी हेर्ने कुरा कति गर्थियौ है | हजुर म भन्दा ७ बर्ष जेठो, हजुरलाई इच्छा धेरै हुदो हो नि म भन्दा पनि| हजुरले टि.भी हेरौ भन्दा मलाई नाई भन्न कहिले मन लागेन तर आफ्नु उमेर सोचेर फेरी नाई भन्न पुग्थिए| फोनमा, भिडियो अनि च्याटमा इच्छा मेट्न लागेको हामीले| मलाई त केहि आउथिएन, हजुरले सबै सिकाउनु भयो| म भित्र पनि इच्छा नभएको हैन होला तर इच्छा छ भन्ने मलाई थाहा नभएको हुनसक्छ| म भित्रको इच्छा पनि हजुरले नै जगाउनु भयो| हामि नगरकोट गएको याद छ हजुरलाई? मैले टि.भी. हेर्नु पर्छ चस्मा ल्याउनु है भनेको नि याद छ है हजुरलाइ? हामि नगरकोट जानु हफ्ता दिन अघि मेरो महिनावारी भएको थियो, तर नगरकोट पुगेपछि फेरी भयो| हफ्ता दिनमा दुइ पल्ट| नगरकोट पछी कुनै यस्तो पल छैन कि मैले पिडामा बिताइन| हजुरलाइ महसुस हुन दिईन तर हजुरको इच्छा पुरा नभएको मानसिक पिडा पनि महसुस हुदै थियो र पेट दुखेको शारीरिक पिडा पनि|
नगरकोटबाट फर्किएको भोलि पल्ट फेरी जचाउन गयौ हामि तर नया ठाउमा, नया डाक्टरसंग|सामान्य होला सबै कुरा र बिस्तारै ठिक होला भन्ने आश तर ‘सिस्त’ भएको रैछ मेरो पाठेघरमा| धेरै पहिले थाहाहुनु पर्ने हो रे यो तर मैले जचाउने डाक्टरले खै किन थाहापाएन| 3 या 4 महिना अघि थाहापाएको भए औसधिले नै निको हुन्थियो रे तर अहिले केहि ढिलो भएको कुरा पनि थाहाभयो| अहिले पनि औसधिले ठिक नहुने हैन, सम्भावना छ तर न्यून| अझै 3 महिना औसधिमा नै भरपर्ने निर्णय भयो डाक्टरबाट, त्यसपछि चाही अप्रेसन गर्ने कि नाई भनि निर्णय गर्ने कुरा भएको थियो| अहिलेको मुख्य समस्या भनेको महिनावारि हैन ‘सिस्त’ भयो, औसधिले नभए भने अप्रेसन गर्नु पर्ने| अप्रेसन ठुलो हैन, ‘सिस्त’ निको पनि हुने अप्रेसन पछी|
हजुरले विचार गर्नु भएको थियो कि नाई म केहि परिवर्तन हुदै गएको थिए| केहि मोटाएको थिए शारीरिक रुपमा अनि मेरो स्वभावमा पन्नी परिवर्तन आएको थियो| हाम्रो बोलचाल पहिले भन्दा कम हुदै गएको थियो, मैले जानी जानी हजुरसंग टाढा हुदै गए| हाम्रो अन्तिम भेट याद छ हजुरलाई? त्यो बेला पनि म हजुरसँग धेरै बोलेको थिइन, यति कुरा भन्न मन थियो हजुरलाई तर आफुलाई निकै मुश्किलले सम्हाले मैले| त्यो रात आएर म यति रोए घरमा, म कस्ती रैछु, हजुरलाई कहिले खुसि दिन सकिन भनि| म आफै भित्र पिल्सिएर बसेकी थिए, मनमा कति कुरा थियो भन्नु पर्ने तर भन्न सकेकी थिइन, कति कुरा ब्यक्त गर्नु थियो तर कहिले गर्न नै सकिन, अनि बिस्तारै त्यो कुराहरुले मलाई नै खान लाग्यो र नानाथरि कुरा सोच्न लागे| हजुरलाई ‘सिस्त’को बारेमा भनौ कि नाई भनि भनेर सोच्न सकिन| हजुरले के सोच्नु हुन्छ भनि झन् सोच्न लागे म|” निष्ठाले यति भनिसक्दा पनि मैले एक शब्द बोलेको थिइन तर अब नबोली बस्न सकिन त्यसैले उसलाई यति मै रोके|
“अनि जाबो यति कुरा भए किन नभनेको त?” उसको लागि जाबो थिएन होला तर कुनै पनि सम्बन्धको अन्त्य यस्तो कुराले हुन्छ भने यो कुरा जाबो नै हो|
