“त्यसो भए प्रकाश नि? मलाई माया गर्दा गर्दै कसरि उसंग सम्बन्धमा बाधिन पुगिस्?” एक पछी अर्को गरि निष्ठालाई प्रश्न गर्न लागे|
“म पागल हो के| प्रकाशसंग म बोलेको धेरै भएको नि छैन| म चितवन हुदा उहालाई भेटेको, त्यो पनि संयोगले| कुरा खासै हुन्थिएन हामि बीच| भर्खर भर्खर हजुरसंग म पर भएको थिए, आफैलाई गाह्रो हुन्थियो| त्यो बेला प्रकाशसंग झन् धेरै कुरा हुन लाग्यो, उसले मलाई भावनात्मक रुपमा सहारा दिनु भयो| त्यसपछि म आफु pregnant भएको थाहापाए| त्यसपछि बल्ल हजुर र म बीच चितवनमा भएको एक एक कुरा याद आयो र के गर्ने भनि सोच्न लागे|
आफैले धेरै कोशिश गरे, हजुरलाई फोन नगरी आफैले स्थिति सामान्य बनाउन तर सकिन| हो त्यहि बेला हो मैले हजुरलाई फोन गरेर हस्पिटलमा भेट्न आएको| हजुरलाई हस्पिटलमा त्यो हालतमा देख्दा, आफु pregnant भएको भन्न दिएन मेरो आत्माले| आखिर हजुरलाई छोड्नु मेरो बाध्यता भनौ कि मेरो गल्ति, तर हजुरलाई यो ठाउमा पुर्याउन पनि मैले नै पुर्याएको हो| त्यसैले हजुरलाई पहिले जस्तो बनाउनको लागि म लागि परे| सुरुमा हजुरलाई हस्पिटलबाट डिस्चार्ज गराउनु थियो, त्यो नि भयो र हजुरलाई आफु pregnant भएको भने|
यति भइसक्दा पनि एउटा कुरा कहिले बदलिएन, मेरो माया हजुरको लागि अनि हजुरको माया मेरो लागि| नगरकोटमा होस् या ओम हस्पिटलमा, हजुरको आखामा मेरो लागि माया उत्तिनै देखे| तर त्यो बेला पनि हजुरलाई मेरो स्वास्थ्यको बारे भन्ने आट आएन| हजुर अहिले सम्म मेरो लागि नै पर्खेर बसेको जस्तो लाग्यो, तर म यो हुन दिन्न चाहनथिन| अब मैले त्यस्तो के गर्न सक्छु जसले गर्दा हजुरले मलाई बिर्सिनु हुन्छ भनि सोच्न लागे| अनि त्यहि बेला प्रकाशबाट प्रेम प्रस्ताभ आयो र दिमागमा एउटा उपाय पनि|
म अरुसंग कुनै सम्बन्धमा छु भनि थाहा पाए पछी हजुरले मलाई बिर्सिनु हुन्छ कि भन्ने आश आयो| त्यसैले आफ्नु लागि हैन, प्रकाशको लागि हैन, हजुरको लागि भनि प्रकाशलाइ हुन्छ भने| अनि यो सबै कुरा हजुरलाई सुनाए मैले नया बर्षको दिन| हेर्नुस् त कस्तो पागल म, एकजनाको जिन्दगि बदल्न अरुको जिन्दगिसंग खेल्न तैयार भए म| प्रकाशले मलाई साचो माया गर्छ जस्तो लाग्न थाल्यो तर म भित्र उसको लागि भावना थिएन तर बिस्तारै भावना बिकाश हुन लाग्यो| एक जुनीमा दुइजनाको मुटु तोडेर मलाई जीवनभरिको लागि जल्नु थिएन|
भन्छन नि पाप धुरीबाट कराउछ, आफुले अरुलाई जे गर्यो त्यो आफुसंग हुन्छ, संसार गोलो छ र सबै आफुले गरेको काम आफु निर फिर्ता आउछ| हो म संग त्यहि भयो, प्रकाशसंग बिस्तारै भबिस्य देख्न सुरु गरेको मात्र के थिए सबै कुरा बदलियो| प्रकाशले त मलाई ढोका दिदै रैछ| यो थाहापाउदा फेरी पनि म रुन लागे, हजुरको मुटु दुखाएको बापत मैले यो भोग्नु परेको जस्तो लाग्यो| सजाय भए भोग्न तैयार छु म तर पश्चाताप गर्नु थियो| लाग्यो हजुरलाई थाहाहुनुपर्छ हाम्रो सम्बन्धको अन्त्यको कारण के हो भनि| त्यसैले आज फोन गरेको हजुरलाई|” निष्ठाले यति भने पछी मेरो मनमा अब कुनै प्रश्न छैन, सबै प्रश्नको जवाफ पाए मैले| धन्यबाद निष्ठालाई, ढिलो भएपनि सबै कुरा भनीदिएकोमा|
“पागल नै होस् त| पहिले भनेको भए अहिले हामि केहि अलग हुन्थियौ नि| बिना कारण आफुलाई पनि गाह्रो बनाइस अनि मलाई पनि| तर जे हुन्छ राम्रोको लागि हुन्छ, हेरत त यति बुझ्ने भइस् र म पनि नया जीवनमा छु|” अब निष्ठासंग न कुनै रिस छ न कुनै गुनासो , मनमा रहेको सबै भावनाहरु केहि वाक्यको सहयोगमा राखे निष्ठा सामु|
“ म जहिले यस्तै त हो| बरु हजुरको के हुदै छ भन्नु?” अघि सम्म हामि दुवै केहि गम्भीर कुराकानिमा थियौ र अहिले स्थिति बेग्लै छ| उसको रुन्चे स्वर पनि फेरिएको छ, सायद उसको मन हलुको भएको हुदो हो|
“मेरो के भन्नु, म अन्तिम पल्ट बुटवल आएको भनेको थिए नि तलाई, त्यसपछि म काठमान्डौ फर्किन| धन्यवाद तलाई, तैले त्यो दिन मलाई नसम्झाएको भए सायद म आजको ठाउमा हुन्थिन| आज म जे छु तैले गर्दाछु….” निष्ठालाइ म बुटवल आएपछी के के गरे भनि एक एक कुरा बताउन लागे|
“अनि कुनै नया सम्बन्ध?” निष्ठाले यो प्रश्न गर्छे भनि मेरो दिमागले सोच्न भ्याएको थिएन, अरु केहि सोच्दै थिए तयसैले नि होला|
“तलाई लाग्छ हामि बीच जे भयो , त्यसपछि म कसैलाई बिस्वास गर्छु होला| चाहेर पनि अरु कसैलाई विश्वास गरि नया सम्बन्ध सुरु गर्ने इच्छा पनि आएन र आट पनि|” निष्ठासंग लुकाउनु पर्ने कुरा केहि छैन, तयसैले मनमा केहि नराखी सबै कुरा बताए उसलाई|
आजको दिन यसरि नै बित्यो, थप केहि गफ अनि केहि पुराना दिनको सम्झना| यता मेरो मन पनि हलुको र उता उसको पनि| मन हलुको गरेर सुत्नुको मज्जा……..
