Health insurance? Loose weight?
दुइ बर्ष पछी फेरी पनि काठमान्डौ फर्की जादै छु, सात दिनको लागि| अफिसमा बिदाको लागि भन्न बाकि छ, त्यो अहिलेको लागि प्राथमिकता हैन, बिदा पाउछु भनेर कुनै दुइ मत छैन| दुइ बर्षमा मुस्किलले २ हफ्ता बिदा लिएको छु मैले, बिदाको लागि नाई भन्ने कुनै ठाउ नै छैन| प्रतिक्षाको बिदा चाही मैले नै स्विकृत गरे| “बिरामी छु” भनेर प्रतिक्षालाइ बिदा लिन लगाए उसको लागि र आफुले घर जाने भनि उल्लेख गरे| हामी नगरकोट जाने हो दुइ बजे भनि भन्न लगाए| प्रतिक्षाले त्यो कुरा शोभालाई भनि र काठमान्डौ जाने सबै तैयारी सुरु भयो|
११ बजेको फ्लाइटको टिकेट बुक गरे र सलिन भाइलाई फोन गरे| यती राति भएपनि उसले फोन चाही उठायो अनि केहि रिसायो पनि| कुनै बेला यस्तो थियो, उसंग दिन दिनै भेट हुन्थियो र आज दुइ वर्ष पछी फोन गर्दैछु|
“भाइ औसधि चाहियो|” मैले यति मात्र भनेको थिए उसले सबै बुझ्यो, कुन औसधि पनि भन्नु परेन मैले|
“कहिले लाई दाइ?” सलिन भाइको यति मात्र प्रश्न, गर्भपतन गर्ने औषधि जुन बेला पनि हुन्न नि सलिनसंग| उसले पनि कहीबाट ल्याउने हो|
“भोलि बिहान ११:३० बजे, एयरपोर्टमा|” मेरो फ्लाइट ११ बजेको, फ्लाइटको समय हेरफेर नभए भने चाही मैले समय जोखेर भनेको जस्तै ठ्याक्क हुन्छ|
“हुन्छ दाइ| पापा पनि चाहिन्छ?” भाइ भनेको यस्तो हुनुपर्छ, जति पछी बोल्दा पनि सम्बन्धको न्यानोपन जहिले उस्तै हुन्छ| दिन दिनै भाइसँग चुरोट र पापामा रमाएको याद आयो|
“चाहिन्न भाइ, बरु एक जनालाइ तिम्रो नम्बर दिन्छु| उसले तिमीलाई एउटा चाबी दिन्छ, त्यो पनि लिदै आउ है|” साथि भाइहरु यस्ता बनाएको छु, केहि कुरा पनि हुन्न भन्दैनन् उनिहरुले| मैले केहि निर्णय लिनु अघि उनीहरुले हुन्छ भन्छन् किन भन्दैनन् भनि सोच्नै पर्दैन| पहिले निर्णय लिन्छु र उनिहरुलाई यसो गर्नु पर्यो भन्छु र उनीहरुले अहिले सम्म नाई भनेको याद नै छैन| सलिन भाइले हुन्छ भन्दै फोन राख्यो|
सलिन भाइलाई कसले के को चाबी दिन्छ भन्दै सोच्नु भएको होला है? बिस्तारमा बिस्तारै सबै भन्छु| यो कार्यको लागि पहिले पनि म नगरकोट नै गएको थिए, नगरकोट जस्तो विस्वासिलो ठाउ भेटिन| नगरकोट जानलाई कि त बाइक कि त ट्याक्सीमा जानु पर्छ, बाइकमा 4 जना मतलब दुइटा बाइक लानु पर्ने| शोभाको प्रेमी संग बाइक छ कि नाई थाहा छैन मलाइ| अनि उपाय के भन्दा, पंकजको कार छ, त्यहि कारको चाबी चाही सलिन भाइलाई ल्याउ भनेको| सलिन भाइलाई चाबी ल्याउ त भने तर पंकजसंग कार माग्न बाकि छ| मैले अघिनै भने नि,साथिहरुले नै भन्दैनन् मलाई, आज पनि त्यस्तै हुनु पर्ने हो| पंकजलाइ फोन गरे, उ अहिले सम्म पनि उठेकै छ भनेर चाही ढुक्क छु म|
“ पन्कजे, कहाँ छस्?” साथि सोल्टीबाट सुरु भएको हाम्रो मित्रता, अहिले नाम लिएर त त म म गरिन्छ, घनिष्ट हुनु यसलाई नै भन्छन सायद|
“घरमा| किन र?” जहिले के छ सोध्ने मान्छेले कहाँ छस् भनि सोध्दा, उ एकछिन अचम्मित नै पर्यो| एकछिन सोचेर जवाफ दियो|
“ओछ्यानमा छस् कि उभी रहको छस् कहिँ?” मेरो यो प्रश्न सुनेर उ झन् अक बक्क भयो होला, मैले चाहेको त्यहि नै हो|
“के भन्छ जा*, के कुरा हो सिधै भन न|” अकबक्क त हैन तर उसलाई रिस भने उठेछ, उसले बुझी सक्यो म केहि उत्पत्यांग कुरा भन्छु भनि|
“म भोलि काठमाण्डौ आउदैछु|” मैले यति भने, उसले पत्याएना सुरुमा| टिकेट नै पठाउनु पर्यो इमेलमा, अनि मात्र उसले पत्यायो| म काठमाण्डौ आउदैछु थाहा पाएर उ जति खुसि भयो, मानौ राजा दशरथ खुसि हुदै थिए राम फर्किदा| उसलाई एक एक कुरा भने, म किन आउन लागेको र के के गर्ने भनि| उस्ले भोलि एयरपोर्टमा गाडी पुर्याइदिने भयो र एयरपोर्टमा नै चाबी दिने भयो सलिन भाइलाई| अब पालो अभिलाइ फोन गर्ने|
“ओइ *** को पोइ! के छ खबर तेरो|” अभिलाइ जहिले एउटा केटीको नाम लिदै जिसकाउने हामीले| उसलाई त्यो केरी मन पर्दैन, त्यसैले जिस्काउन झन् मजा आउने|
“तेरो टाउको| धेरै दिन पछी फोन गरिस्|” अभिले मजाकलाइ मजाक जस्तै लिन सक्छ नत्र उसंग ठट्टा किन गर्थिए मैले|
“म भोलि काठमाण्डौ आउदैछु, **** संग भेट्न मन छ|” फेरी पनि त्यहि केटीको नाम लिएर जिस्काउन लागे अभिलाई| जिस्किदै भनेको छु काठमाण्डौ आउने कुरा, उसले पत्याउदैन भनेर म ढुक्क छु|
“ बल्ल त सफा हुदै थियो काठमाण्डौ| अब त आउने फेरी?” उसले मौका पायो मलाई गिज्याउने| उसले पनि त्यो मौकाको भरपुर फाइदा उठायो|
“अह, ठिक कुरा गरिस्| त हुदा हुदै काठमाण्डौ कसरि सफा होस्|” मिलोस् या नमिलोस् तर उसलाई उल्टै जिस्काउन लागे| एकछिन लाग्यो अनि मात्र म काठमाण्डौ आउदै छु भनि उसले मान्यो| गाह्रो काम ,निकै गाह्रो|
बुवा आमालाई केहि भनिन, सिधै गएर भेट्दा उहाहरुको मुहारको मुस्कान छुटाउन मन छैन मलाई| रातारात नै यति काम सके| बिहान उठ्ने बित्तिकै, चाहिने लुगा जति झोलामा हाले र बुवा मामुको लागि केहि किन्न भनि बजार तिर निक्लिए| बुवा मामुको लागि पनि केहि कपडा किनेर झोलामा हाले| प्रतिक्षा र म, पहिलो पल्ट हो यति लामो यात्राको लागि हिडेको| दुरी बेसी छ यो यात्राको तर समय कति पनि नलाग्ने|
सजिलै पुगियो काठमाण्डौ र सलिन भाइ पनि मलाई पर्खेर बसेको थियो| उसलाई पनि धेरै पछी भेटियो, उ पनि खुसि र म पनि| एउटा सानो थैली ल्याएको थियो उसले आफुसंग,त्यसमै थियो औषधि र गाडीको चाबी| थैली दिएर सलिन भाइ छुट्टियो, पर्सि भेट्ने बाचा सहित| कमलपोखरीमा खाजा खान रोकियौ, त्यसपछि सिधै नगरकोट| हामि जाने होटेल अलि भित्र थियो र बाटो अलि कच्ची, मलाई केहि असर परेन, बाकिको थाहा भएन मलाई| होटेलको गेट अगाडी पुगेर कार रोकियो हाम्रो…
Shopping? Christmas? New Year? Buy here
