Part 56

उसले मलाई बोल्न पनि दिएकी थिइन अनि आफुले चाही अचानक वाकी| वाके पनि धन्न होसमा थिइ उ, उसलाई कुल्ला गरेर ल्याएर फेरी ओछ्यानमा राखे| मेरो टिसर्ट भरि उसको भमिट, टिसर्ट खोलेर एक कुना फ्यालेको मात्र के थिए हिजोको घटना फेरी दोहोरिने क्रममा छ| हैन कहाँबाट आयो प्रतिक्षासंग यति बल, अघि सम्म आफुलाई आफैले थेग्न सकेको थिइन उसले, अहिले मलाई तानेर आफ्नु जिउमाथि पुर्याई|

उसको ओठ र मेरो ओठ संगै हुन केहि समय नै लागेन, मलाई आफुमाथि तानेर एकछिन सम्म मेरो आखाँमा नियालि सकेपछी, उसले आफ्नो ओठ मेरो ओठसंग जोडी| कस्तो निरङ्कुश उनि, मेरो इजाजत बिना मेरो ओठलाई कैद गरि आफ्नु ओठको कारागारमा| कैद जहिले पिडादायी नहुने रैछ| उसको ओठ बीच आफ्नो ओठ कैद हुदा,  मलाई पिडा हैन आनन्द आउदैछ|  उसको ओठको कैदमा कहिले मेरो माथिलो ओठ भने कहिले तल्लो ओठ| एक पल्टमा एउटा मात्र ओठ कैद हुने उसको दुइ ओठ बीच, अर्को ओठ आफ्नो पालि कुरेर बस्न लाग्यो|

“अहिले सम्म कहिले प्रतिक्षालाइ आफुबाट पर राख्दै थिइस्| अनि आज फेरी प्रतिक्षाको सातमा रमाउदै छस्? अहिले सम्म को मिहिनेत चाही नाटक?” मन भित्रबाट एउटा अवाज आयो| अनि सोच्न लागे, आखिर किन म प्रतिक्षाको साथमा यसरि रमाउदैछु जब कि उसलाई त आफु नजिक आउन नदिनु मेरो उदेश्य थियो|उसको साथमा रमाउने चाहना छ तर त्यो चाहनामा डर छ, त्यो डर जसले मलाई कसैलाइ बिस्वास गर्न दिदैन|

आफ्नै मनको कैदी हुदै गए पनि प्रतिक्षाको अंगालोबाट आफुलाई अनि प्रतिक्षाको ओठ बीचबाट आफ्नो ओठलाई मुक्त गर्ने प्रयास गरे तर विफल रहयो प्रयास| मेरो प्रयासलाइ प्रतिक्षाले एक पल्टमै दबाई र समाप्त गरिदि|  अझै धेरै बल लगाएर, मेरो ज्यानलाई थप अठ्याई आफ्नो अंगालोमा र मेरो ओठलाइ निचोर्नलागि आफ्नो ओठले|

मन, शरीर, मस्तिस्क र आत्मा सबै मेरै काबुमा छ भन्ने झुठो संसारमा बाचिरहेको रैछु म| आफ्नै मन र मस्तिस्क कुन बेला अरुको गुलाम भइदिन्छ पत्तो नहुने, अनि आफु चाही जहिले भ्रममा|  म पनि चुम्न लागे प्रतिक्षालाइ| उसको रस भरिएको ओठलाई चुस्न लागे, जति चुसे पनि उसको ओठको रस कहिले नरित्तिने| मेरो हत्केलाहरु प्रतिक्षाको शरीरको भुभागीय भ्रमणमा लागे|उसको घातिको समथर भूभागबाट मेरो हात बिस्तारै उसको छातीको पहाडी भूभागमा पुग्यो| एकपछि अर्को टाकुराको भ्रमणमा लग्यो हात मेरो| एक्लो यात्रा गाह्रो हुन्छ, हातको सहयात्री ओठ भइदियो र ओठ पनि भ्रमणमा तत्पर भयो| ओठ पछी उनको मुहारको एक एक अंग चुमी भ्यायो ओठले| मुहार पछी घाति हुदै प्रतिक्षाको शरीरको अरु बिभिन्न भूभागको भ्रमण गर्यो ओठले|

यो यात्रालाई छेकबार गर्न खोज्ने कपडालाइ उहिले हामीले बहिस्कार गरिसकेको थिएउ| लुगाले शरीर छोप्ने मात्र हैन ताप पनि दिन्छ तर कपडा बिनाको शरीरलाई अर्को नान्गिएको शरीरले झन् धेरै ताप दिने रैछ| प्रतिक्षाको सासमा पनि ताप थियो र उसको शरीरमा पनि| भावना उहिले नान्गिएका थिए र अहिले आएर शरीर| प्रतिक्षाको शरीरको हरेको भूभागको सतहबाट भ्रमण गरिसके मैले, अब बाकि थियो गहिराइणा पुग्ने| तर सकिन मैले, मनले दिएन| निष्ठाको आखा मुहार अगाडी आइदियो| निष्ठाको मुहार संगै पुराना प्रश्नहरु र सधै ताजा रहेको याद पनि आइदियो म अघि| रोकिए म अचानक, प्रतिक्षा पनि चकित ,आखिर के भयो मलाई भनि|

प्रतिक्षा मेरो हात र ओठको स्पर्शले सिथिल भइसकेकी थिइ र उसको पकड खुकुलो भइसकेको छ| आफुलाई उसको अन्गालोबाट निकाल्न खोज्दै उठ्न खोजे म तर प्रतिक्षाको पकड फेरी बलियो भएर आयो र उसले फेरी पनि मलाई आफ्नो अन्गालोमा कसी|

“के भयो?” गन्तब्यमा पुग्न मात्र केहि पल बाकि थियो र मैले बिचमै यात्रा छोड्न खोजे,प्रतिक्षाको मनमा यो प्रश्न त्यसैले उब्जिएको हो|

“हामि यो गलत गर्दै छौ|” धेरै पल्ट मैले प्रतिक्षालाइ आफुभन्दा पर राख्न खोजेको हो मैले र सफल पनि भएको थिए| खै किन आज मैले आफैमा काबु पाउन सकिन, त्यसैले यहाँ सम्म पुगेउ हामि| ढिलो भए पनि मैले फेरी काबु पाए आफूमाथि र भबिस्यको आत्मग्लानी रोक्नलाई फेरी पनि प्रतिक्षालाइ हाम्रो सम्बन्धको अस्तित्व नरहेको बताउन खोजे| धेरै प्रयास गरे मैल हाम्रो यात्रा यहि टुंग्याऊन, धेरै नै प्रयास तर प्रयास म एक्लोको मात्र रहयो| प्रतिक्षा लाई यो यात्रालाइ निरन्तरता दिनु छ र अन्तिममा हामी मायाको गहिराइ सम्म पुगेउ|

उस्ले निस्फिक्री भएर आफुलाई म मा समर्पण गरि र मेरो मनमा रहेका केहि प्रश्न र दोधारहरु मेट्न सहयोग पनि गर्यो उसको यो स्वभावले|  प्रतिक्षाको अन्गालोमा नै रहेर निन्द्रा नगरीमा पुगे| बिहान आखा खुल्दा प्रतिक्षा मेरो अन्गालोमा थिइ र उसको शिर मेरो छातीमा| उसको टाउको आफ्नो छातीबाट पर लगे र उसलाई ओछ्यानमा नै छाडेर म तैयार भएर कोठाबाट निक्लिए| एक कप कफी र दुइ खिल्ली चुरोट पछी म नगरकोटको बजार तिर लागे| हिजो जे भयो प्रतिक्षासंग, यो मेरो जीवनको दोस्रो पल्ट हो| निष्ठासंगको शारीरिक रुपमा एक हुदा गर्नु परेको गर्भपतनबाट मैले केहि पाठ सिकीसकेको छु| त्यहि कारणले प्रतिक्षाको लागि “आइ पिल” लिन नगरकोट बजार पुगेको हो म|

आइ-पिल लिएर होटेल फर्किए, सबै जना उठिसकेका रैछन| प्रतिक्षालाइ औषधि दिदै सबै चिज सम्झाए| हिजो हामि बीच जे भयो, त्यो हामि बीच नै सिमित छ| शोभा र संजोकलाइ यस बारे केहि थाहाछैन र थाहा हुनुपर्ने पनि हैन| खाना पछी सबै तैयार भयौ काठमाण्डौ फर्कनलाइ| शोभा र सन्जोक खुसि हुने कारण छ उनीहरुसंग तर उनीहरु भन्दा प्रतिक्षा धेरै खुसि छे| उसले किन यो निर्णय हतारमा अली जस्तो मान्दै छ मेरो मनले| प्रतिक्षा मेरो माया हो कि हैन थाहाछैन तर उनि मेरो जिम्मेवारी चाही पक्कै हो| उसले केहि नसोची आफुलाई समर्पित गरि मेरो सामु, मेरो केहि त जिम्मेवारी हुनुपर्छ नि उसको लागि|

गौशलामा राम्रो होटेल छ, त्यहि बस्ने भयौ हामि| हामीमा म र प्रतिक्षा मात्र पर्छौ| मैले दुइटा कोठा लिने भन्दा प्रतिक्षाले एउटा कोठा लिने भन्दै जिद्दी गर्न लागि र मेरो केहि लागेन| म नुहाएर फ्रेस भए र प्रतिक्षालाइ पनि तैयार हुन लगाए| अब हामि कहाँ जाने मलाई मात्र थाहाछ|  प्रतिक्षाले सोध्दै थिइ कहाँ जाने भनि तर उसलाई मैले सजिलै बताइन| हामि जान लागेको ठाउ …

Previous article
Next article

Latest Posts